Thursday, September 17, 2015

डा. के.आई. सिंहको चीन प्रवास : नेपाल र चीनबीच औपचारिक सम्बन्धको सुरुवात-पुस्तक समीक्षा

पुस्तक : डा. के.आई. सिँहको चीन प्रवास (वि.सं. २००८–२०१२), लेखक : डा. भवेश्वर पंगेनी प्रकाशक : एड्रोइट पब्लिसर्स, न्यू दिल्ली । प्रकाशित मिति : २००६ ।
डा. भवेश्वर पंगेनीद्वारा लेखिएको डा. के.आई. सिँहको चीन प्रवास (वि.सं. २००८–२०१२) पुस्तकले भन्न खोजेको मुल कुरा डा. के. आई. सिंह राष्ट्रबादी व्यक्ति थिए भन्ने हो । यसका केही तर्कहरु छन् । पहिलो उनले २००७ सालमा भएको ‘दिल्ली सम्झौता’ को विरोध गरेका थिए । यो सम्झौता नेपालमा नै हुनुपथ्र्यो । जसकारणले डा. सिँहले नेपालमा प्रजातन्त्र आएपछि पनि शसस्त्र विद्रोहलाई कायम राखेका थिए । दोस्रो, स्वतन्त्र भारतले आफ्नो छिमेकी मुलुक नेपालमा सेना परिचालन गरेर उसको स्वतन्त्र अस्तित्वमाथि धावा बोलेकोमा उनको असहमति थियो । २००७ सालको प्रजातन्त्र आएपछि पनि उनले भैरहवा मोर्चाबाट शसस्त्र विद्रोह गरिरहँदा १००० को संख्यामा भारतीय फौज आएर उनलाई नियन्त्रणमा लिई नेपाली सेनालाई बुझाएको थियो । यो कुराबाट उनी भारतको विरोध गरेका थिए । २००८ सालमा उनलाई बन्दी बनाएर राखिएको सिँहदरबार नै कब्जा गरेर फेरि तत्कालिन नेपाली राजनीतिमा सनसनी मच्चाएका थिए । त्यतिबेला भारतीय राजदुतले नेपालमा भारतीय सेना भित्र्याउनुपर्छ भनेर पुनः राजासमक्ष अनुरोध गरेका थिए । त्यसैले उनी नेपालमा फेरि भारतीय सेना भित्रिने डरले ‘बरु’ आफै प्रवासी हुने सोँचले उनी उत्तरतिर लागेका थिए । यो पुस्तक पढेपछि मलाई लागेको कुरा अलि भिन्नै छ । डा. सिंहको यो ‘राष्ट्रवादी’ क्रियाकलापलाई महेन्द्रीय राष्ट्रवादको जग भनेको छु । किनभने यही कारणले नेपालले अन्तर्राष्ट्रिय रुपमा नेपाल र चीनबीच सम्बन्ध स्थापना गर्न मद्दत ग¥यो । चीनबाट फर्केपछि डा. सिँहलाई प्रधानमन्त्री बनाएर राजा महेन्द्रले चीनसँगको सम्बन्धलाई प्रगाढ बनाएका थिए । जुन कालान्तरमा पञ्चायत स्थापना गर्दा काम लाग्यो । भारतीय विरोध हुँदाहुँदै पनि उत्तरी छिमेकीसँगको ‘सुटुक्क’को सम्बन्धबाट राजालाई निर्वाचित सरकार विघटन गर्न हिम्मत बढेको थियो । मैले यो पुस्तकलाई तीन मुख्य रुपले हेरेको छु । पहिलो असफल विद्रोह र चीन प्रवास, दोस्रो भारत र अमेरिकी चासो । र, तेस्रोे नेपालमा उनको लोकप्रियता र फिर्ती प्रक्रिया । असफल विद्रोह र चीन प्रवास किन के.आई. सिंहले दिल्ली संझौताको विरोध गरे ? यो प्रश्नको उत्तर यो पुस्तकमा स्पष्ट छैन । तर दिल्ली सम्झौतालाई अस्वीकार गरेकोमा नेपालमा प्रजातन्त्र आएपछि पनि भारतीय सैनिकको संलग्नतामा गिरफ्तार गरी उनलाई सिंहदरवार भित्र कैद गरिएको थियो । उनी भारतीय सैनिक नेपालमा आएकोमा एकदमै रुष्ट थिए । उनको विचारमा स्वतन्त्र भारतले त्यस्तो कदम उठाउनु राष्ट्रवादी नेपालीको लागि लाजमर्दो विषय थियो । त्यसैले उनलाई भैरहवामा पक्रेपछि उनको इच्छा ‘भारतको भूमि टेक्दिन भन्ने थियो । त्यसैले उनको इच्छा मुताविक पाल्पा, पोखरा हुँदै काठमाडौँ ल्याइएको थियो । हेपाहा प्रवृत्तिले सिँह भारतविरोधी बनेका थिए । त्यसैले उनलाई काठमाडौँमा मान्छेहरु राष्ट्रवादी भन्थे । गणेशमान बीपी, टङ्कप्रसाद आदिले पनि उनलाई यस्तो संज्ञा दिएका छन् । उनी सिंहदरवारमा कैद हुँदा सिँहदरवार नै कब्जा गरे । एक दिन सम्म । तर भारतीय फौज फेरि आउने वा नेपाली फौजसँग भिडन्त हुने भयले उनी त्यहाँबाट भागेर रसुवा हुँदै चीन प्रवासतीर लागेका हुन् । यति नै सहयोगी भन्ने नभएपनि ३० देखि ५० जनासम्मको फौजलाई लिएर उनी काठमाडौँबाट हिँडे । उनले विशाल हिमालय पर्वत देखाउँदै आफ्ना जवानहरुलाई भने ‘हामी ऊ ती हिमालहरुलाई नागेर जानुपर्छ, हिउँको बाटो हुँदै । तिमीहरुमध्ये कोही जान आँट गर्दैनौ भने यहीँ बस् । जानेहरु नेपाल आमालाई सम्झेर हिँड ।’ फौजमा २० वर्षका केदारमान श्रेष्ठ देखि ६० वर्ष पार गरेका खड्गबहादुर गुरुङहरु थिए । भुटेका मकै खाँदै तिब्बती गाउँ छिचोल्दै, हिउँले खाएको ज्यान लिएर लखतरान पर्दै उनीहरु हप्तौँ हिडेर तिब्बतको ल्हसा पुग्छन् । बाटोमा उनीहरुलाई लिन चिनीया सेनाहरु आउँछन् । खुब सम्मानपूर्वक आफ्नो निगरानीमा हप्ता महिना दिन विभिन्न ठाउँहरुमा बसाल्दै ल्हासा हुँदै पेकिङ पु¥याउँछन् । बाटोमा चिनीया सैनिकहरुले उनीहरुको उपचार गर्ने चिनीयाँ भाषा पढाउने, कम्युनिष्ट पार्टीका पुस्तकहरु पढ्न दिने गर्छन । डा. सिँहले चिनीयाँहरुले दिएको सुविधा र सम्मानले आफ्ना जवानहरुमा यतै बस्ने मोह जाग्ने हो कि भनेर उनीहरुलाई बेलाबेलामा नेपालको सम्झना दिलाउने गीत गाउन लगाउने, फर्कनको लागि शारीरिक अभ्यास गराउने काम गरिरहन्थे । पुस्तकमा चीन गएका डा. सिँहका एकजना सहयात्री केदारमान श्रेष्ठलाई उद्धृत गर्दै लेखकले लेख्छन् ः ‘चिनीया सरकारले उनीहरुको सेवामा युवतीहरु खटाउँथ्यो ।’ पेन्टी र ब्रा लगाएका चीनियाँ केटीहरु उनीहरुको विस्तारासम्म जाँदाका अनुभवहरु पनि यो पुस्तकमा उल्लेख गरिएको छ । पछि ती केटीहरुलाई डा. सिँह र साथीहरुको सल्लाहमा फिर्ता बोलाइयो । महिनौँ पछि उनीहरुमध्ये केही चीनको राजधानी पेकिङ् पुगे । त्यहाँ अध्यक्ष माओ र अन्य पदाधिकारीहरुलाई भेटे । त्यहाँ उनीहरुलाई चीनियाँ सेनाको निगरानीमा नजिकैका गाउँहरुमा जान दिइन्थ्यो । सुरुमा त उनीहरुलाई आफू चीनको पुरानो आदिवासी भएको परिचय दिनु भनेर चीनियाँ सरकारले अ¥हाएको थियो । लेखकले के.आईं सिँहले अध्यक्ष माओसँग के कुरा गरे भन्ने स्रोत फेला पार्न सकेका छैनन् । उनका क्रियाकलापबारे पनि धेरै जानकारी छैन । उनीसँग गएका एकजना केदारमान श्रेष्ठको अनुभवलाई मुख्य रुपमा प्रस्तुत गरेको छ । भारत र अमेरिकी चासो उनी प्रवासमा गएपछि भारतमा उनीबारे भारतीय अखवारमा खुबै चर्चा हुने गथ्र्यो (पेज १३६) । अमेरिकामा पनि न्युजवीक, न्यूयोर्क टाइम्सले उनको प्रवासको बारेमा पनि समाचार छापेको छ । उनको साढे तीन वर्षको प्रवासको समयमा भारतीय अखवारले विभिन्न शंका गरेको भेटिन्छ । कतिबेला उनी चीन नै गएका छैनन्, त्यहाँको गृहमन्त्रालयले झुटो बोलेको हो भनिएको छ (पेज १५६) । नेपालको उत्तरी क्षेत्रमा केही घटनाहरु हुँदा भारतीय अखवारहरुले शंकाको भरमा तीब्बतमा बसी नेपालमा खल्बली गरेको समाचार छाप्थे । जुन कुरा होइन भनी सरकारले पनि स्पष्ट गरेको थियो । यसरी भारतीय र अमेरिकी अखवारमा उनको बारेमा चर्चा भएको कुरा यो पुस्तकमा पढ्न सकिन्छ । नेपालमा उनको लोकप्रियता र फिर्ती प्रक्रिया यसबारेमा लामो गन्थन यो पुस्तकमा छ । मातृका प्रसाद कोइराला प्रधानमन्त्री भएको बेलामा यो घटना घटेको थियो । भारतको विरोध गरेर चीन प्रवास गएकोमा त्यतिबेलाको काँग्रेस सरकारले यसलाई कम्युनिष्टहरुको उक्साहटमा यो कार्य गरेको भनी उनीहरुलाई पनि प्रतिवन्ध लगाएको थियो । सिँहदरवार काण्डमा कस्को हात थियो ? भन्ने कुरामा अन्योलजस्तो देखिएको छ । बीपीले उक्साएको हो पनि भनिएको छ । मातृका र बीपीको झगडा भैरहेको बेलामा घटेको घटना भएकाले, त्यहाँ शंका गरिएको हो । तर पँगेनीको विचारमा यो दुवैले गर्दा होइन । डा. सिंहलाई सबै मान्छेले एउटा राष्ट्रवादी व्यक्ति मानेका थिए । भर्खर प्रजातन्त्र आएको सन्दर्भमा खोलिएका विभिन्न संगठनले उनको फिर्तीको लागि कोशिस गरेका छन् । विभिन्न ठाउँबाट काठमाडौँ आएर टुँडिखेलमा दिन विताउनेहरुले पनि उनको नाउँमा संगठन खोलेर विज्ञप्ती, पर्चा निकाल्ने काम गरेका छन् ( पेज २०४) । निर्दोष व्यक्तिलाई थुनेको, थुनुवामध्ये एक जना विद्यार्थी मरेपछि यसले सरकारलाई झन कमजोर पारेको थियो । यसलाई त ‘राष्ट्रवादी’ व्यक्तिलाई नेपाली काँग्रेसले लत्याएको प्रसङ्गसँग जोडिएको छ (पेज १९६) । कम्युनिष्ट पार्टीलाई पनि यसकै बहानामा प्रतिवन्ध लगाएपछि उनीहरुको आन्दोलन पनि डा. सिँह फिर्तीसँग जोडिएको छ । काठमाडौको वुद्धिजीविको विचार पनि सिँह राष्ट्रवादी व्यक्ति हुन र उनलाई सरकारले सम्मानपूर्वक फिर्ता बोलाउनुपर्छ भन्ने नै हो । यो पुस्तकमा सिंहको फिर्तीलाई नरुचाईको बारेमा विस्तारमा कुराहरु छैनन् । खासगरी बीपी त्यसपक्षमा थिए भन्ने प्रसङ्ग भएपनि त्यसबारे विस्तारमा चर्चा छैन । त्यतिबेला नेपाली काँग्रेस सत्तामा भएपनि राजा महेन्द्र नै बलिया थिए । त्यसैले राजासँग नै फिर्ता बोलाउनुपर्छ, उनी राष्ट्रवादी व्यक्ति हुन भन्ने कुरा बुझाउने कोशिस भएको बुझिन्छ । यसै सन्दर्भमा राजाले पनि एउटा टोलीलाई भेट दिएका छन् । जसमा खड्गबहादुर गुरुङकी श्रीमती शशीकला गुरुङ पनि थिइन । उनले २००७ सालको आन्दोलनमा आफ्ना श्रीमानसँगै भारतबाट हतियार भित्र्याउने काम गरेकी थिइन । यी प्रयासका र सरकारका बीचमा भएका छलफलको कारणले डा. के आई सिँहको टोली २०१२ साल भदौमा नेपाल फर्कन्छ । उनलाई काठमाडौमा भव्य स्वागत गरिएको थियो । राजा त्रिभुवन भारत प्रवास पछि नेपाल फर्किदा वा सगरमाथा आरोही तेञ्जिङ्ग शेर्पालाई स्वागत गरिँदाको समयसँग तुलना गरिएको छ । त्यतिबेला मान्छेहरुले नारा लगाएका थिए– राणाको छातीमा गोली हान्ने को ? डा. के. आई. सिँह । दुश्मनको अगाडि शीर नझुकाउने को ? डा. के. आई. सिंह आदि नाराहरु लगाएका थिए । उनलाई स्वागत गर्ने समितिका अध्यक्ष महाकवी लक्ष्मीप्रसाद देवकोटा थिए । त्यसैगरी कवि हृदयचन्द्र सिँह प्रधान पनि थिए । पुस्तकका केही कमजोरी पुस्तक पढ्दा डा. सिंहको ‘भारतको विरोध’ लाई नेपालको राष्ट्रबादी चरित्रसँग हेरिएको हो कि, भन्ने लाग्छ । के. आई. सिँहले भैरहवा मोर्चाबाट राणा विरोधी क्रान्तिमा भाग लिँदा भारतबाटै हतियार लिएर लडेका थिए । उनको पृष्ठभूमी भारतबाटै सुरु भएको थियो । त्यसकारण उनले के कारणले दिल्ली सम्झौताको विरोध गरेका थिए ? यो जानकारी पाउन सकिँदैन । यो पुस्तकमा बीपी र उनी मार्काका कुराहरुलाई स्पष्ट राखिएको छैन । डा. सिँहका दाइना खड्गबहादुर गुरुङकी श्रीमती शशिकला गुरुङले बीपीलाई चीनबाट सिँह फर्काउ आन्दोलनमा सहयोग नगरेको भनी १२ वर्ष ढुंग्रामा राखेको कुकुरको पुच्छर बाँङ्गाको बाँङ्गै भनेर बीपीलाई व्यङ्ग्य गरेकी छिन् । बीपीहरुले किन सहयोग गरेनन् ? विस्तारमा छैन । के. आई. सिंहसँगै चीन गएका केदारमान श्रेष्ठसँगको कुराकानीलाई चीन जाँदाखेरीको वर्णन अन्तर्गत खुब प्रयोग गरिएको छ । चीनबाट फर्किँदाको उनको अनुभवलाई स्थान दिइएको छैन । दोहोरिएका कुराहरु र उनलाई नेपालमा फर्काउन गरिएका कोशिसहरुको बारेमा पढ्न बोरिङ लाग्ने किसिमले चर्चा गरिएको छ । यद्यपि, यो पुस्तक एउटा जाँगरले लेखिएको हो । ढिलै भएपनि केही पात्रहरुसँग कुरा गर्न पाएकाले लेखकले किताबलाई महत्वपूर्ण बनाउन सकेका छन् । अर्को कुरा लेखकले विभिन्न पक्षलाई विभिन्न कोणबाट पुष्टि गर्न खोज्नु प्रसंसनिय पक्ष छ । संभवभएसम्मका उपायहरु यो किताबमा प्रयोग गरिएको छ । मैले पोखराको के.आई. सिंह पुलबारे मात्र सुनेको थिएँ । तर इतिहासका महत्वपूर्ण यी पात्रकोबारेमा जान्न पाएको थिइन । अन्त्यमा डा. के. आई. सिँहको चीन प्रवास नेपाल र चीनबीचको सम्बन्ध बढाउने एउटा बाटो भएको थियो । २०१२ सालमा नेपालले चीनसँग दौत्य सम्बन्ध स्थापना पनि गरेको थियो । यसले केही प्रश्नहरु पनि खडा गरेको छ । के महेन्द्रलाई यसले दीर्घकालिन फाइदा पुगेको थियो ? किनभने भारतले नचाहँदा नचाहँदै पनि उनले २०१७ सालमा पञ्चायतको स्थापना गर्न सके । के गोप्य रुपमा चिनीया पञ्चायत प्रति चिनीया सहयोग जुटाउने जग यही थियो ? यही सोँचले चतुर राजा महेन्द्रले डा. सिँहलाई प्रधानमन्त्री पनि बनाए ।

२७ मंसीर २०६८,
 १३ डिसेम्बर, २०११
 मैतिदेवी, काठमाडौँ, राती ११ बजे ।

नेपाली काँग्रेसको अर्को इतिहास- पुस्तक समीक्षा

इतिहासका धेरै पात्रहरुकोबारेमा जान्न पाएको छैन । ती मध्ये एक हुन् सूर्यप्रसाद उपाध्याय । रामेछाप पुख्र्यौली भएका काठमाडौँका ढुंगेल । नेपाली काँग्रेसको चारतारा मध्ये एक तारा । ती तारा काँग्रेसको झण्डामा अझै छन् । सानै देखि काँग्रेसको सँगतमा रहँदा पनि गाउँतिरका नेताहरुले उनको नाम लिएको मलाई थाहा छैन । बीपी कोइरालाका किताबहरुमा उनको नाउँ सुन्न पाएको पनि हो । तर त्यति ख्याल गरिएन । होला कुनै मान्छे भन्ने भयो । कति काँग्रेसीले त चिन्दा पनि चिन्दैनन होला । उनको बारेमा चिनोजान गराउने पुस्तक निस्केको छ – प्रजातान्त्रिक आन्दोलनका बहुआयामिक व्यक्तित्व : सूर्यप्रसाद उपाध्याय (२०६८) । उनलाई चिने जानेका व्यक्तिले यसमा सम्झनाहरु लेखेका छन् । नेपाली पाठकहरुले बीपी कोइरालाको जेल जर्नल, आत्मवृत्तान्त, गणेशमानका जीवनी, कृष्णप्रसादको मेरो म, गिरिजाप्रसादको पुस्तक पढिसके । यो त्यसैको निरन्तरतामा आएको हो । तर यो उनीसँग रहँदा बस्दाका सम्झनाहरुको संगालो हो । यो पुस्तकको मुल आशय चाहिँ सूर्यप्रसाद मेलमिलापका प्रणेता हुन भन्ने हो ।
राणाजीहरुसँग असन्तुष्ट दुई शक्ति थिए । एउटा प्रजातन्त्र काँग्रेस र अर्को राष्ट्रिय काँग्रेस । प्रजातन्त्र काँग्रेसमा राणाजी, शाहजीहरु पनि थिए । सुवर्णशमसेर, महेशविक्रम शाह सूर्यप्रसाद आदि थिए । अर्को राष्ट्रिय काँग्रेस जसमा बीपी, गणेशमान, कृष्णप्रसाद आदि थिए । यी दुई पृष्ठभूमिबाट आएका मान्छेको उद्देश्य समान, राणाको विरोध गर्नु थियो । जस्ले नेपाली काँग्रेस गठन भएको थियो । एकिकृत काँग्रेसको गठनपछि, फरक पृष्ठभूमिबाट आएका एकले अर्कालाई शंका गर्थे । बीपीले सुवर्णशमसेर र सूर्यप्रसादको समुहलाई र त्यसैगरी सुवर्ण सूर्यवाबूले बीपी गणेशमानको समुहलाई । राजा महेन्द्र, सुवर्ण र सूर्यवाबुलाई नजिक ठान्थे । काँग्रेसमा सुवर्ण र सूर्यप्रसादको प्रभाव होस भन्ने चाहन्थे । ०१५ सालको चुनाव अघि महेन्द्रले बीपीलाई भन्दा अघि सुवर्णसम्सेरलाई चुनाव गराउने चिफ मिनिस्टर (प्रधानमन्त्री सरह, २०६२/६३ पछि खिलराज रेग्मी मन्त्रीपरिषदको अध्यक्ष भएजस्तै) बनाएका थिए । यो कुरा बीपीलाई मन परेको थिएन । यो समयमा भारतको नजिक राजा हुनुपर्छ, काँग्रेस भन्दा । किनभने त्रिभुवन राणालाई हटाउन भारत पुगेका थिए । अर्कोतर्फ सूर्यवाबुहरु पनि भारतिय स्वतन्त्रता संग्राममा किदवाई (भारतीय स्वतन्त्रता आन्दोलनका नेता) मार्फत नेहरुसँग नजिक थिए, भने बीपी साना सोसलिस्ट पार्टीको नजिक हुनुहुन्थ्यो । यो कुरा यो पुस्तक र आत्मवृत्तान्तमा पनि छ । यो पुस्तकका लेखकहरुले बीपी र सुवर्णशमसेरको बारेमा धेरै प्रसङ्ग कोट्याएका छन् । यसबाट सुरु सुरुमा पञ्चायतमा के भइरहेको थियो बुझ्न सकिन्छ । प्रजातन्त्र र पञ्चायतबीचको ट्रान्जिसनको बारेमा बुझ्न सकिन्छ । यो पुस्तक अनुसार बीपीले सूर्यप्रसादलाई सधैँ शंकाले हेर्थे । उनले ०१५ सालमा सूवर्ण र सूर्यप्रसादलाई हराउन चाहेका थिए । काठमाडौँ र रामेछाप २ ठाउँबाट सुर्यप्रसादले हारेपनि । तर सुवर्णलाई भने हराउन सकेनन् । राजा महेन्द्र बीपीलाई चाहँदैनथे, मन पराउँदैनथे । बीपी पनि महेन्द्रसँग झुक्न खोज्दैनथे । यी दुई शक्तिबीचको टकरावबाट २०१७ सालको ट्रान्जिसन आएको हो । यो पुस्तकका लेखकहरुको तर्क छ । पञ्चायत सुरुभएपछि पनि प्रजातन्त्र आउन सक्थ्यो । राजा र काँग्रेस मिलेर जानसक्थे । राजाले त्यो आश बीपीबाट खोजेका पनि थिए । तर बीपी अडिग भए । राजा र बीपी बीचमा मध्यस्तता गर्नसक्ने व्यक्ति सुर्यप्रसाद थिए । उनले त्यो प्रयास ०१८ सालदेखि नै गरेका हुन् । त्यही हुनाले राजाले सूर्यप्रसादलाई ०१७ सालको कु पछि तुरुन्तै छोडे । सुवर्ण भारत पसे । गिरिजाप्रसादलाई ०२२ सालमा पनि छोडे । पछि, सूर्यप्रसादको पहलमा बीपीलाई पनि छोडे । सूर्यप्रसाद पञ्चायतलाई सुधारेर प्रजातन्त्र ल्याउन चाहन्थे । तर बीपीको अडानले राजा र काँग्रेस मिलेर प्रजातन्त्र आउन सकेन । त्यसैले बीपीले उनलाई कहिले राणाको, कहिले भारतको, कहिले राजाको भन्थे । फेरिपनि, बीपीले जे जे भनेपनि सबै कुराको कारण थियो । सूर्यप्रसादले राणाकालमा शिक्षा इन्सपेक्टरको जागिर खाएका थिए । राणालाई सुधार गर्दै प्रजातन्त्र ल्याउनुपर्छ भन्ने सोँच विफल भएपछि, जागिर छोडेर राणाको विरोधमा सुवर्ण सम्सेरसँग मिलेर शसस्त्र क्रान्ति गरेका थिए । २००८ सालमा मातृका र बीपीबीच विवाद हुँदा र काँग्रेस टुक्रिँदा पनि सूर्यप्रसादले बीपीको साथ दिएका थिए । उनी भारतीय स्वतन्त्रता संग्राममा नेहरुसँग सम्बन्ध बढाएका मान्छे थिए । २०१७ सालपछि उनी वरिष्ठ नेताहरुमा सबैभन्दा पहिला रिहा भए । पञ्चायतका ठूलठूला पदहरुलाई स्वीकार गरेनन् । तर सानो पद उनले स्वीकारेका थिए । पञ्चायतको किसान संगठनको सदस्य । जनमतसंग्रहमा उनी र बीपीको मेल नहुँदा पञ्चायतले बाजी मारेको थियो । त्यसैले सूर्यप्रसाद ००७ साल, २०१७ साल देखि २०३७ सालसम्मका एक महत्वपूर्ण द्रष्टा हुन् । यो इतिहासको किनारै किनार हिँडेका साक्षी हुन् । यो पुस्तकका लेखकहरुको तर्क छ : सुर्यप्रसाद जोसँग नजिक होउन, जोसुकैसँग सम्बन्ध बढाउन खोजेपनि उनले सधैँ मेलमिलापको पक्षको राजनीति गरेका थिए । राणालाई पनि सुधारेर प्रजातन्त्र ल्याउन खोजेका थिए । राजा र बीपी बीचको लामो ‘शीतयुद्ध’ मा पनि मिलाउन खोज्ने व्यक्ति थिए । यो पहल उनले २०१८ सालदेखि नै गरेका थिए । बीपीले आत्मवृत्तान्तमा लेखेका छन्, “एक दिन गणेशमानले मलाई झपारे, सूर्यप्रसाद हामीलाई रिहा गर्न कति कोशिस गरिरहेका छन्, तपाइँ भने सधै शंका गर्ने ?” यो पुस्तकमा लेखकहरुले सूर्यप्रसादको विद्वताको प्रसंशा गरेका छन् । लेनिन पढेर संगठन गर्न सिक भनेर कम्युनिष्ट नेताहरुलाई उनैले लेनिनका किताब सिफारिस गरेको कुरा विष्णुबहादुर मानन्धरले बताएका छन् । उनको लाइब्रेरीको प्रसंसा गरेका छन् । भारत र अमेरिकाबाट निस्कने प्रसिद्ध म्यागेजिनहरु उनको लाइब्रेरीमा आउँथ्यो । लोकराज बराल लगायतका व्यक्तिले उनको लाइब्रेरीबाट किताब किनेर पढेको प्रसङ्ग छ । लेखकहरुले उनी विद्वान हुनुका खासै महत्वपूर्ण तर्क दिएका छैनन् । बीपी कोइराला पनि उनैका कुरालाई उदाहरण बनाएर भाषण गर्थे । टङ्कप्रसाद आचार्य, डिल्लीरमण रेग्मी भन्दा विद्वतामा अब्बल थिए । बस् लेखकहरुको तर्क यहि छ । उनको कुटनीतिक क्षमताको पनि प्रशंशा गरेका छन् । खासगरी भारतसँगको सम्बन्धको बारेमा । भारतको इतिहासमा लामो इतिहास बोकेको धेरैजसो सत्तामा रहेको भारतीय काँग्रेसको नजिक बीपीहरु चाहिँ पुग्न सकेनन् । सानातिना समाजबादी दलहरुसँग मात्र आफ्नो हेमप्रेम बढाउन सके । सूर्यप्रसाद भारतको सत्ताधारीसँग नजिक हुन सके । त्यसैले पनि ०१५ सालमा २ ठाउँबाट हार्दापनि गृहमन्त्री हुनसके । उनी पटना युनिभर्सिटीमा पढ्दा, उनका गुरुमार्फत भारतीय स्वतन्त्रता संग्रामका रफि अहमद किदवाईसँग उनको राम्रोसम्बन्ध थियो । उनैबाट नेहरु, तथा गान्धी परिवारसँग उनको सम्बन्ध राम्रो बन्दै गयो । नेपालमा भारतीय दुतावासले उनको सम्मान गर्थ्यो । राजदुतहरु उनको घरमा आउँथे । रमेशप्रसाद ढुंगेलले यो प्रसङ्ग उल्लेख गरेका छन् । उनकाअनुसार जवाहरलाल नेहरु युनिभर्सिटीमा पिएचडीको निम्ति उनी काकामार्फत सूर्यप्रसादकहाँ गएका थिए । सूर्यप्रसादकहाँ भारतीय राजदुत आइरहन्थे । सूर्यप्रसादले भनेर रमेश ढुंगेलले जेएनयुमा पिएचडी गर्न पनि पाएका थिए । तर विभिन्न कारणले उनी गएनन् । मतलव सूर्यप्रसादलाई भारतीय सँस्थापन पक्षले धेरैपछिसम्म पनि मान्यता राख्थ्यो । यता बीपीको सम्बन्ध चाहिँ भारतीय संस्थापन पक्षसँग भएन । विपक्षी पार्टीका जयप्रकाश नारायण आदिसँग भयो । यसले गर्दा पनि हुनसक्छ, बीपीले सूर्यप्रसादलाई भारतको नजिक, राजाको नजिकको भनेर शंका गर्ने कारण पनि यहि थियो । तर सूर्यप्रसादलाई मान्छेहरु राम्रो कुटनीति गर्नसक्ने व्यक्तित्वको रुपमा चिन्थे । देश भित्र पनि उनी सुधार गर्दै प्रजातन्त्रमा देशलाई लैजाने सोँच भएका व्यक्तिको रुपमा चिनिन्थे । त्यसकारण सत्ताको नजिकै रहेका थिए । ०१७ सालमा राजाले सैनिक कु गरेपछि पनि थोरै समय जेल बसे । बीपीले शंका गरे । तर उनले जेलबाहिर बसेर थुप्रै काँग्रेसीलाई छुटाउने प्रयास गरे । यसमध्ये गिरिजाप्रसाद पनि हुन् । बीपी गणेशमानलाई पनि उनैले जेलबाट छुटाउन पहल गरेका हुन् । तर बीपीले उनलाई शंका गर्न छोडेनन् । लेखकहरुको भनाई छ, २०१८ सालबाट नै उनले मेलमिलापको नीति लिएका हुन् । तर बीपीले नमान्दा त्यो संभव भएन । लोकराज बराल लेख्छन : "जेलजर्नल लेख्दा राजा मान्दिन भन्ने, आत्मवृत्तान्त लेख्दा राजासँग घाँटी जोडिएको छ भन्ने बीपीले सूर्यप्रसादलाई सधैँ अर्घेलो देखे । राजाबादी भयो भने । बीपीको अर्घेल्याइँले नेपालमा प्रजातन्त्र सँस्थागत हुन सकेन ।" सुवर्णसम्सेरले पार्टीलाई पालेका थिए । सूर्यप्रसादले कार्यकर्तालाई । उनीकहाँ ठूला नेता देखि धेरै कार्यकर्ता जाने । कार्यकर्तालाई गर्जो टार्न पैसा पनि दिने गर्थे सूर्यप्रसाद । भनेजति पैसा नपाए कार्यकर्ता रिसाएर पनि हिड्ने । तर बीपीले त्यहाँ पनि शंका गर्ने कहाँबाट आयो यति धेरै पैसा ? उनीहरुको आशंका थियो भारतीय संस्थापनले दिन्छ कि ? लेखकहरुले भन्छन ः भारतीय संस्थापनसँग उनको सम्बन्ध हुनु नराम्रो थिएन । उनको कुटनीतिक दक्षताको कारण त्यो भएको थियो । पदको लोभ लालचले होइन । यो पुस्तक र सूर्यप्रसादको जीवनको प्रयास अहिले पनि सान्दर्भिक छ । नेपाल दुई ठूला छिमेकीको बीचमा रहेको मुलुक भएकाले यहाँ सधैँ ‘मेलमिलाप’ को राजनीति हुनुपर्छ भन्ने हो । एकले अर्कालाई अर्घेल्याइँ गर्दा कसैलाई पनि फाइदा हुँदैन भन्ने कुरा यो किताबले देखाउँछ । २००७ सालमा प्रजातन्त्र आउँदा पनि सँस्थागत हुन नसक्नुमा एकले अर्काको सम्मान गर्न नसक्नु नै नेपाली इतिहासको दोष देखिएको छ । मेलमिलापको नीति नै नेपालको मुल नीति हुनुपर्छ, त्यसैले यो पुस्तक नेपाली राजनीतिमा महत्वपूर्ण छ ।

मंसीर २१, २०६८ मैतिदेवी, काठमाडौँ ।

पश्चिमको डायरी

यो डायरी म्यागेजिन सम्बन्धि हो । नेपालको पश्चिमी जिल्लाहरु बाँके, वर्दिया कैलाली र कञ्चनपुरमा गरिएका म्यागेजिनकारिताको अभ्यासबारे यसमा संस्मरणात्मक अनुभवहरु लेखिएको छ । सिमित समयमा खोजि गरिएका म्यागेजिन र ‘ल्याण्डक्रुजर कुराकानी’ का आधारमा यो छोटो लेख तयार पारिएको हो । नेपालमा २०४७ सालपछि म्यागेजिन पत्रकारिताको अभ्यास निकै बढ्दो छ । झण्डै २५०० म्यागेजिनहरु काठमाडौबाट प्रकाशित भएको अवस्थामा काठमाडौँ बाहिर पनि म्यागेजिनकारिताको अभ्यास भएको हुनसक्छ । त्यसैले नेपालको पश्चिमी क्षेत्रमा प्रकाशित भएका म्यागेजिनको बारेमा यी क्षेत्रहरुमा प्रकाशित भइरहेका, बन्द भएका म्यागेजिनहरुको के कस्तो अवस्था छ भन्ने जान्न यो लेख लेखिएको हो । नेपालको पश्चिमी जिल्लाहरुमा काठमाडौँमा जस्तै विभिन्न उद्देश्यले म्यागेजिनहरु प्रकाशित गरिएको छ । २२ फेव्रुअरी देखि २८ फेबु्रअरी २०१० सम्म उल्लेखित ४ जिल्लामा खोजि गरिएका र संकलन गरिएका म्यागेजिनहरुको संख्या १६ छ र यस अवधिमा खोजी गरिएका जर्नलको संख्या ६ वटा छ । तर यो पूर्ण होइन । मुलतः भाषिक म्यागेजिन, शैक्षिक म्यागेजिन र पर्यटनलाई ध्यानमा राखेर निकालिएका म्यागेजिनको अभ्यास यी क्षेत्रहरुमा गरिएको छ । पश्चिम क्षेत्रमा जर्नल निकाल्ने परम्परा पूर्वी नेपालको तुलनामा कमजोर छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेका आंगिक क्याम्पसहरुमा जर्नल निकाल्ने गरिन्छ । सामुदायिक क्याम्पसहरुमा भने जर्नल निकाल्ने परम्पराको सुरुवात नै भइसकेको छैन । नीजि स्तरमा खोलिएका क्याम्पसहरुले फाट्टफुट्ट जर्नल निकालेका छन् । सूदुर पश्चिममा दुईवटा आंगिक क्याम्पस छन् । एउटा डोटी र अर्को डडेलधुरामा । कञ्चनपुरमा रहेको सिद्धनाथ बहुमुखी क्याम्पस सामुदायिक क्याम्पस हो । सुदूर पश्चिमको मैदानी क्षेत्रमा आंगिक क्याम्पस छैन । नेपालगंजको आंगिक क्याम्पसमा भने दुईवटा जर्नल निकालिएको छ । एउटा विद्यार्थीको तर्फबाट द भ्वाइस अफ इसा र शिक्षकको तर्फबाट भ्वाइस । दुवै आर्थिक जर्नल हुन् । द भ्वाइस अफ इसामा लेखिएका विषयवस्तुहरु विद्यार्थीहरुले लेखेका छैनन् । धेरैजसो शिक्षकहरुले नै लेखेका छन् । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका प्राध्यापक चक्र बमका अनुसार सरकारी पूर्ण स्वामित्वमा रहेका क्याम्पसहरुमा वढुवा र पिएचडीको लागि शिक्षकहरुले यस्तो किसिमको प्रयास गरेको पाइन्छ । आन्तरिक वढुवा भनेको रिडरबाट प्रोफेसरमा बढुवा हुनु हो । म्यागेजिन सुदूर पश्चिमको कञ्चनपुर र कैलालीमा म्यागेजिनको अभ्यास त्यति धेरै भएको पाइएन । जति नेपालको पूर्वमा पाइयो । पूर्वमा झण्डै ५० वटा म्यागेजिन निकालेको अनुमान गर्न सकिन्थ्यो भने मध्य पश्चिम र सुदूर पश्चिममा २५ वटा म्यागेजिनको अनुमान गर्न सकिन्छ । सुदूर पश्चिममा डोटेली भाषा साहित्यको संरक्षण अभियानमा लागेका केही म्यागेजिनहरु विगत १५ वर्ष देखि निरन्तर चलिरहेका छन् । गुगुल्डी त्यसको उदाहरण हो । यसले डोटेली भाषामा गीत, गजल, कथा कविता अन्तर्वार्ता, लेख आदि विषयहरुमा कलम चलाएको छ । यसका सम्पादक विरेन्द्र बहादुर चन्दले आफू शिक्षक पेशाबाट निवृत्त भएपछि डोटेली भाषा साहित्यको संरक्षणको निम्ति यो पत्रिका चलाएका हुन् । यो पत्रिकामा मुलतः उनको आफ्नै लगानी रहेको छ । त्यसबाहेक चिनारी भन्ने म्यागेजिन पनि डोटेली भाषा साहित्यमा नै कलम चलाउने म्यागेजिन हो । सुदूर पश्चिमको जनसंख्याको वनोटलाई हेर्दा त्यहाँ पूर्वी नेपालबाट बसाइँसराइँ गरेका नेपालीको जनसँख्या पनि उल्लेखनिय छ । नेपालगञ्जबाट निस्केको म्यागेजिन मध्य नेपाल दर्पण, अनुशिलन मुख्य हुन् । अनुशिलन म्यागेजिन झण्डै १२ महिना मात्र निस्क्यो । एनपिआईको तालिम लिएका जनक नेपाल, रामजी शर्मा, निवेदन वैद्य आदिको सक्रियतामा यो पत्रिका निस्केको थियो । खास गरि तालिमलाई प्रयोग गर्ने हिसावबाट यो पत्रिका निस्केको हो । त्यस्तै बर्दियाबाट निस्कने बर्दिया मञ्च पनि काठमाडौमा पत्रकारिता पढिरहेका व्यक्तिहरुले निकालेका थिए ।

पूर्वको डायरी

यो डायरी म्यागेजिन सम्बन्धि हो । नेपालको पूर्वी जिल्लाहरु मोरङ, सिरहा, सर्लाही, सुनसरी, झापा, इलाममा गरिएका म्यागेजिनकारिताको अभ्यासबारे यसमा संस्मरणात्मक अनुभवहरु लेखिएको छ । सिमित समयमा खोजि गरिएका म्यागेजिन र ‘ल्याण्डक्रुजर कुराकानी’ का आधारमा यो छोटो लेख तयार पारिएको हो । नेपालमा २०४७ सालपछि म्यागेजिन पत्रकारिताको अभ्यास निकै बढ्दो छ । झण्डै २५०० म्यागेजिनहरु काठमाडौबाट प्रकाशित भएको अवस्थामा काठमाडौँ बाहिर पनि म्यागेजिनकारिताको अभ्यास भएको हुनसक्छ । त्यसैले नेपालको पूर्वी क्षेत्रमा प्रकाशित भएका म्यागेजिनको बारेमा जान्नको लागि यी क्षेत्रहरुमा प्रकाशित भइरहेका, बन्द भएका म्यागेजिनहरुको के कस्तो अवस्था छ भन्ने जान्न यो लेख लेखिएको हो । नेपालको पूर्वी जिल्लाहरुमा काठमाडौँमा जस्तै विभिन्न उद्देश्यले म्यागेजिनहरु प्रकाशित गरिएको छ । ६ देखि १४ डिसेम्बर २०१० सम्म उल्लेखित ५ जिल्लामा खोजि गरिएका र संकलन गरिएका म्यागेजिनहरुको संख्या ४३ छ । तर यो पूर्ण होइन कम्तिमा ५० भन्दा बढि प्रकारका म्यागेजिन यी क्षेत्रहरुमा निस्केका हुनसक्छन् । मुलतः जनजाती म्यागेजिन, शैक्षिक म्यागेजिन र पार्टीगत म्यागेजिनको अभ्यास यी क्षेत्रहरुमा गरिएको छ । मोरङको उर्लाबारी, झापाको अर्जुनधारा, इलाम र सुनसरी जिल्ला पत्रिका खपतका दृष्टिले उत्कृष्ट ठाउँहरु हुन् । त्यसबाहेक सर्लाही र सिरहाबाट पनि केही म्यागेजिनको अभ्यास गरिएको छ । म्यागेजिन संकलनका आधारमा भन्ने हो भने बुटवल, नारायणगढमा भन्दा पूर्वका यी क्षेत्रहरुका म्यागेजिनकारिताको अभ्यास बढि नै हो कि भन्ने मलाई लागेको छ । क्षेत्रफलका हिसावले पनि अघिल्ला दुई ठाउँ भन्दा धेरै भएकोले पनि यसो भएको हुनसक्छ । अर्कोकारण नेपालको पूर्वी भागमा औधोगिक क्षेत्रहरु प्रशस्त छन् । त्यो ठाउँमा हुने व्यापक व्यापार व्यावसायले पनि पत्रिकाको आर्थिक पक्षलाई टेवा पुराएको हुनसक्छ । पश्चिमका दुई ठाउँ भन्दा पूर्वका यी दुई ठाउँमा म्यागेजिनकारिताको अभ्यास बढि हुनुमा त्यहाँ हुर्किएको जनजाती आन्दोलन पनि हो । लिम्बुवान आन्दोलन र म्यागेजिन अध्ययन ताका इलामका हरेक पसलहरुमा ‘लिम्बुवान राज्य’ लेखिएको थियो । लिम्बुवानको नाममा विभिन्न पत्रपत्रिकाहरु निस्किएका थिए । कसैले ‘लिम्बुवान’ लेखेका थिए । त्यहि लिम्बुवान नाममा म्यागेजिन दर्ता गराउन अप्ठ्यारो भएर अरुहरुले ‘लिम्बुवान आवाज’ लेखेका छन् । कसैले ‘आधुनिक लिम्बुवान’ लेखेका छन भने कसैले ‘लिम्बुवान विद्रोह’को नाममा पनि म्यागेजिन निकालेका छन् । पूर्वी पहाडको नेपाली सिमापारी पनि ठ्याक्कै लिम्बुवान राज्यको माग जस्तै गोर्खाल्याण्डको आन्दोलन चर्किरहेको छ । दार्जिलिङका हरेक पसलहरुमा ‘गोर्खाल्याण्ड’ लेखिएको छ । त्यहाँ ‘हामी बंगालको दासत्व स्वीकार्दैनौ, स्वतन्त्र गोर्खाल्याण्ड चाहन्छौ’ जस्ता नाराहरु भित्ता–भित्तामा, घर–घरमा लेखिएको थियो । नेपालका सिमानामा पनि त्यही तरिकाले प्रचारात्मक आन्दोलन भएको देखिन्छ । पूर्वी इलाम र झापामा चल्ने हरेक गाडिहरुमा ‘लिम्बुवान राज्य’ लेखिएको छ । धेरै पसलहरुमा पनि यस्तो देखिन्छ । प्रचारात्मक र विचार प्रदान गर्ने उद्देश्यले जनजाती आन्दोलनको प्रभावमा यी म्यागेजिनहरु निस्किएका हुन् । यस्ता म्यागेजिन निकाल्नलाई लिम्बु युवाहरुले विभिन्न साँस्कृतिक कार्यक्रम गर्ने, देउसी भैलो खेल्ने, चन्दा सहयोग लिएर पनि ‘लिम्बुवान’सँग सम्बन्धित म्यागेजिनहरु निकालेका छन् । यसरी जम्मा गरिएको एकलाख रुपैयाँले एउटा लिम्बुसँग सम्बन्धित म्यागेजिनको १० वटा अंक निकाल्न सहयोग पुगेको छ । यी म्यागेजिनहरु विक्री गर्ने र विक्री नभएको गाउँ गाउँमा निशुल्क वितरण गरिएको छ । वितरणका हिसावले र विचार प्रवाहका दृष्टिले सजिलो भएकाले म्यागेजिनको प्रयोगलाई जनजाती आन्दोलनमा प्रयोग गरिएको हो । शैक्षिक म्यागेजिनको अभ्यास म्यागेजिनकारिताको पूर्वमा देखिएको अर्को अभ्यास चाहिँ बजारमा आधारित म्यागेजिनको प्रकाशन हो । यस्ता म्यागेजिनहरुमा विराटनगरबाट निस्कने कलेज टाइम्स, विराटनगरबाटै पूर्वाञ्चल दर्पण, विराटनगरबाटै लिभिङ वीथ आइसिटी, झापाको मनकामना टाइम्स, धरानबाट ब्लास्ट टुडे आदि हुन् । यी पत्रिकाहरुमध्ये ब्लास्ट टुडे बाहेक यो अनुसन्धानको समयसम्म पनि चलिरहेका छन् । यी पत्रिकाहरुको मुख्य आयश्रोत चाहीँ त्यहाँका स्कूल, कलेजहरु हुन् । त्यहाँबाट उठ्ने विज्ञापन बाहेक यी स्कूल र विद्यार्थीहरु यी पत्रिकाका नियमित ग्राहक बनिरहेका छन् । यी पत्रिकाहरुमा काठमाडौबाट केही कलेजहरुले मोटो रकम (तुलनात्मक रुपमा स्थानिय क्षेत्रबाट भन्दा बढि उठ्ने रकम) दिएका हुन्छन् । एसएलसीको रिजल्ट भएपछि काठमाडौका कलेजहरुले यस्ता पत्रिकाहरुलाई प्रयोग गर्छन । जस्ले स्थानीय स्कूलहरुमा ग्राहक बनाएर आफ्नो प्रभाव पारेका पत्रिकाहरुबाट विज्ञापन गर्छन् । अभिभावकहरुले विद्यार्थीहरुलाई काठमाडौको आफ्नो कलेजमा पढुन भन्ने अभिप्राय रहेको हुन्छ । यी पत्रिकाहरु शिक्षक र विद्यार्थीहरुको अगुवाईमा निस्कने गर्छ । वि.ए. तेस्रो वर्षमा ऐच्छिक पत्रकारिता लिएका विद्यार्थीहरु, पत्रपत्रिकामा लेख लेख्न रुचि राख्ने युवाहरु र कलेजमा पढाइरहेका गुरु पनि यस्ता शैक्षिक म्यागेजिनकारितामा लागेका छन् । लेख लेख्न रुचि राख्ने युवा राजन लम्साल पत्रकारिताको तालिम लिएर लिभिङ वीथ आइसिटी भन्ने म्यागेजिन निकालेका हुन् । उनी आइसिटीका विद्यार्थी पनि हुन् । उनी आईसिटीमा भन्दा पहिला लेखहरु लेख्न रुचि राख्ने युवा हुन् । उनले पछि विराटनगरमा मिडिया सम्बन्धि तालिम पनि लिए । पछि कलेजका साथीहरुसँग मिलेर आइटि सम्बन्धि पत्रिका निकालेका हुन् । उनले पत्रिका निकाल्नुपूर्व नै पत्रिकाको लागि पैसा जम्मा गर्छन् । आवश्यक पैसा नउठेको समयमा पत्रिका पनि समयमा निस्कँदैन । बजारमा आएका नयाँ प्रविधि ल्याउने व्यक्तिसँग अन्तर्वार्ता गरेर आफ्नो पत्रिकामा छपाएका छन् । त्यसबाट दुइवटा फाइदा थियो । पहिलो आइटि सम्बन्धि सूचना बजारमा जाने र सके त्यही अङ्कमा नभए अर्को अङ्कमा सो पसलबाट विज्ञापन संकलन गर्ने उनको चाहना थियो । तर विज्ञापन नदिएर उनको अभियानलाई धोका भयो । उनी भन्छन् ‘रहरले मात्र हुँदो रहेनछ’ यसरी रहरले पनि म्यागेजिन निकाल्ने अभ्यास पनि विराटनगरमा देखियो । अर्को पत्रिका ‘पूर्वाञ्चल दर्पण’ हो । महेन्द्र मोरङ क्याम्पसमा पढाउने प्राध्यापक देवी पन्थीले यो म्यागेजिन २०६१ सालदेखि निकाल्न थालेका हुन् । उनको पत्रकारिताको अनुभव र चिनेजानेका विज्ञापनदाताहरुको सहयोगमा यो मासिक निस्केको छ । यो विराटनगरबाट प्रकाशित हुने क्षेत्रीय मासिक हो । यसले विराटनगरका शैक्षिक, औधोगिक सँस्थाहरुको विज्ञापन र पूर्वी पहाडी जिल्लामा पत्रिकाको विक्री वितरण गरेर महिनामा कम्तीमा १०,००० नाफा सहित यो पत्रिका चलाएका छन् । पूर्वी पहाडी जिल्लाको नक्सा सहित त्यहाँका समाचारहरु यसले छापेकाे छ । यो पत्रिकाले नेपालको हुलाक, कुरियर सेवाबाट यसले आफ्नो विक्री वितरणलाई बढावा दिएको छ । देवी पन्थीका अनुसार गाउँगाउँमा यसका पाठकहरु अत्याधिक छन् । त्यसबाहेक कुरियर सेवाबाटै अमेरिका, हङकङ, मलेसिया पनि २०/२० प्रति पठाउने गरिएको छ । त्यहाँ चिने जानेका मान्छेहरुले किनेर नेपाल फर्कँदा उनलाई पत्रिकाको मूल्य तिर्छन् । उनीहरुले १ अमेरिकी डलरमा विदेशमा यो पत्रिका किन्छन् । त्यतैबाट केही साथीहरुले आफ्नो जन्मदिनको शुभकामना, विहेको शुभकामना पनि छपाउँछन् । तेह्रथुम, धरान धनकुटाका मान्छेहरुले प्रायः यस्तो काममा सहयोग गर्छन् । पूर्वी १६ जिल्लाका विभिन्न गाउँमा साहित्यमा रुचि राख्ने व्यक्ति, विद्यार्थीहरु पूर्वाञ्चल दर्पणका सम्वाददाता हुन् । उनीहरुले रचना पठाउँछन । यदी त्यहाँबाट विज्ञापन उठाएर पठाएमा ५० प्रतिशत शुल्क उनीहरुले नै पाउँछन् । त्यो बाहेक पारिश्रमिक भने पत्रिकाले दिँदैन । पूर्वी पहाडी जिल्लामा पुग्ने भएकाले विदेशमा बस्ने वा काठमाडौमा बस्ने केही लेखकहरुले आफूले लेखेका कृतिहरु छपाउने र पत्रिकालाई आफूसक्दो सहयोग गर्ने गर्छन् । यसबाहेक यो पत्रिकालाई आउने नियमित आम्दानीमा प्रेस काउन्सीलबाट सन् २०१० तिर आउने ७००० प्रति महिना मुख्य थियाे । बाह्रै महिना विज्ञापन दिने केही औधोगिक सँस्थाहरु छन् । जस्तो घैला छाप तेलले वर्षको १२,०००, स्वस्तीक तेलले वर्षको १२,०००, गाडिको पाटपुर्जाबनाउने निखिल यन्त्रशालाले वर्षको १२,००० रुपियाँ दिन्छन् । विराटनगरको ‘यूरोप कलेज’ले मासिक २५०० दिन्छ । यसबापत पूर्वाञ्चल दर्पणले त्यसविद्यालयका गतिविधिहरु छाप्ने, विद्यार्थीहरुका कथा कविताहरु छाप्ने गर्छ । यसबाहेक आम्दानीको आवधिक स्रोत भनेको दशैँ तिहार नै हुन् । यो अवधिमा आउने शुभकामना पत्रहरुबाट पनि पत्रिकालाई राम्रो आम्दानी हुन्छ । बेलाबेलामा व्यक्तिको परिचय पनि छापिन्छ । यसबाट पनि पत्रिकालाई आम्दानी हुने गरेको छ । प्रकाशक स्वयं अभिभावक संघ नेपालको क्षेत्रिय अध्यक्ष भएको नाताले त्यस हैसियतले विद्यालयहरु ग्राहक बन्ने गरेका छन् । यो पत्रिका नाफामा भएकाले यसले हरेक महिनाको पहिलो दिन नै पत्रिका छाप्छ । प्रेसलाई ७,००० मात्र तिर्नुपर्छ । पूर्वाञ्चल दर्पणमा साहित्यिक सामग्री छापिन्छ । समाजमा घटिरहेका केही अनौठा विषयवस्तुहरु यसमा छापिन्छ । जस्तै १६ औँ विवाह गर्ने पुरुष । पुराना नहुने समाचारहरुलाई यसको प्राथमिकतामा राखिन्छ । यी विषयहरु राष्ट्रिय पत्रिकाबाट लिइन्छ । गाउँघरमा आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई सोधेर प्रमाणित भएपछि यो विषयलाई आफ्नो ढंगले लेखिन्छ । पूर्वाञ्चल क्षेत्रबाट रिर्पोटिङ गरिरहेका राष्ट्रिय पत्रपत्रिकाहरुको सम्वाददाताले पठाएको विषयवस्तुलाई पत्रिकामा राखिन्छ । जस्ले गर्दा पत्रिकालाई थप आर्थिक व्ययभार पर्दैन । साहित्यका कविता, गजल, हाइकु, नियात्रा, संस्मरण, बाहेक अंग्रेजीमा गजल छाप्ने भएकाले यो साहित्यिक विशेष पत्रिका पनि हो । सिडिओ, जिसिअ, इञ्जिनियर जस्ता व्यक्तिहरु अंग्रेजी गजलका पाठक हुन् । विषयवस्तु चाहिँ विज्ञापन र सहयोगबाट प्रभावित छन् । स्कूलले विज्ञापन दिन्छ । उसका रचनाहरु यसले छाप्छ । एसएलसीको फाराम भर्ने, रिजल्ट छाप्ने आदि काम पनि गर्छ । टिनएज टाइम्स पनि लिभिङ वीथ आइसिटी जसरी नै झापाको युवाहरुले निकालेको पत्रिका हो । १० रुपैँया यो पत्रिका मोल राखिएको छ । यो टिम पनि स्कूल कलेजको विज्ञापनमा आश्रित छ । राजनैतिक म्यागेजिन, महिला म्यागेजिन मुलतः मोरङ र झापाबाट पार्टी निकट पत्रिकाहरु अहिले निरन्तर प्रकाशित छन् । झापाली आवाज विर्तामोडबाट नेकपा एमाले झापा जिल्लाको मुखपत्रको रुपमा निस्केको छ । माओवादीले झापाबाटै सुखानी आवाज र विराटनगरबाट नेपाली र मैथिली भाषामा संयुक्त रुपमा समाजवादी आवाज नामको राष्ट्रिय पाक्षिकबाट शुरु गरेर मासिक निकालेका थिए । पछि यो बन्द भएको थियो । धरानबाट प्रतिमा विवस राईले महिलाहरुको म्यागेजिन ‘विमेन्स एरा’ निकालेकी थिइन । यो अध्ययनको अवधिमा प्रकाशक स्वयं नै काठमाडौमा बस्न थालेकाले यसले निरन्तरता पाउन सकेन । इलाममा हवाईपत्रिका देखि म्यागेजिनसम्म इलाम सुन्दर छ । त्यहाँ हरेक पत्रकारमा साहित्यको रस भेटिन्छ जस्तो । एक पत्रकारले भन्थे, एक जमानामा २०५७–०६१ सालसम्म यहाँ प्रशस्त हवाई पत्रिका निस्कन्थे । ती हवाई पत्रिका म्यागेजिन भन्दा सानो र ब्रोसर भन्दा ठूलो साइजमा निस्कन्थे । २०५७ सालबाट पहिलो हवाइपत्रिका सामना निस्केको थियो । यस्ता हवाई पत्रिकामा रुवाई, तांका, गजल, छापिन्थे । गाउँघरका साहित्यकार, स्कूलका विद्यार्थीहरुमा यी हवाई पत्रिकाहरु निकै लोकप्रिय थिए । इलामबजारमा काठमाडौका पत्रिकाहरु आएपनि गाउँगाउँमा पत्रिकाहरु पुग्दैनथे । साहित्यका अनुरागी इलामेलीहरुलाई त्यो समयमा तिनै हवाइपत्रिकाले पठनिय खुराक दिन्थे । ती हवाईपत्रिकाहरुमा मात्र रुवाई, गजल, तांका छापिँदैनथे । बरु गाउँ घरमा हुने साहित्यिक समारोहको रिर्पोटिङ पनि छापिन्थ्यो । हुलाकले सहरमा छापिने यी हवाई पत्रिकालाई गाउँ–गाउँमा पुराउन थाल्यो । इलाममा जव एफएम रेडियोहरु आए । यसको तरंग गाउँ गाउँमा पुग्यो । तव इलामका हवाई पत्रिकाहरु हराउन थाले । खासकारण चाहिँ हवाईपत्रिकामा लेखिने खुराक चाहिँ एफएमले नै प्रसारण गर्ने भएकाले ती हवाई पत्रिकाहरु हराउन थालेका हुन् । विभिन्न राजनीतिक उद्देश्यले छापिएका क्षेत्रिय म्यागेजिन इलाममा पुग्ने भएपनि त्यहाँको आफ्नो मौलिक पत्रिका हवाई पत्रिका नै हो । अहिले इलाममा क्याम्पस पढ्ने युवाहरुले करुणक्रन्दन भन्ने साहित्यिक तथा समाचारमूलक मासिक पत्रिकालाई निरन्तरता दिएका छन् । २०६७ सालमा यो म्यागेजिनको निरन्तरता मंगेस खालिङ र सुमन लावतीले दिएका छन् । यो १० वर्ष पुरानो हवाई पत्रिका हो । २०५७ सालमा मंगेस खालिङ र सुमन लावतीले गाउँको स्कूलमा पढ्दा निकै लोकप्रिय हवाइपत्रिका थियो । उनीहरु गाउँबाट क्याम्पस पढ्न इलाम बजार आउँदा उनीहरुलाई बन्द भएको करुणक्रन्दनलाई निरन्तरता दिने अटोठ गरे । उनीहरुको उत्साहमा त्यहाँका पूराना पाठक, पत्रकार महासंघका पदाधिकारी, एनजिओ र सरकारी जागिर खाएका पूर्वपत्रकारहरु व्यक्तिगत सहयोग गरे । कसैले आर्थिक सहयोग दिए । कसैले पत्रिकालाई सम्पादन गरिदिए । इलामका इलमीहरुको सहयोगमा यो पत्रिका पुनः २०६७ सालमा साहित्यिक र समाचारमुलक म्यागेजिनको रुपमा निकालिएको छ । तर यसको चुनौती निरन्तरतामा नै छ । किनकी यसले पैसा मागेर कतिञ्जेल धान्ने ? तर अन्यत्र जस्तै यहाँपनि म्यागेजिनलाई विभिन्न अवसरका रुपमा निकालिएको छ । यहाँ निस्केको तर स्वयं इलामेलीलाई नै थाहा नभएको म्यागेजिन रिपब्लिका हो । यो एक पटकमात्र निस्क्यो । अंग्रेजी भाषामा निस्क्यो । खोजी गर्दा यसको प्रकाशनमा संलग्न कोही भेटिएनन् । तर पत्रकार महासंघका पदाधिकारीका अनुसार यो कुनै एनजिओको सहयोगमा काठमाडौँबाट मुद्रण भएको पत्रिका हो । यसलाई महेन्द्ररत्न क्याम्पस स्ववियुका पदाधिकारीले निकालेका हुन् । इलाम आफैमा सुन्दर ठाउँ भएकाले यसको पर्यटकीय विकास तथा इलाम नगरको प्रचारका लागि इलाम नगरपालिकाले २०५६ (?) सालमा इलाम भन्ने म्यागेजिन पनि निकालेको छ । यसमा इलामको ठाउँहरु, इलाम बजार, इलाममा उत्पादन हुने बस्तुहरुको बारमा जानकारी दिइएको छ । त्यसबाहेक इलामबाट काठमाडौँमा बस्नेहरुले इलाम टाइम्स पनि निकाल्ने गरेका छन् ।

Wednesday, September 16, 2015

नेपालबाट प्रकाशित महिला म्यागेजिनको विवरणात्मक अध्ययन



                                                                                                   
२००८ सालमा कुमारी कामाक्षी र कुमारी साधना प्रधान सम्पादीका भएको र नेपाल महिला संघले प्रकाशित गरेको महिला नामक म्यागेजिन नेपालको पहिलो महिला म्यागेजिन हो । त्यसपछि अखिल नेपाल महिला संघले २००९ सालमा  निकालेको प्रतिभा नामक म्यागेजिन दोस्रो महिला म्यागेजिन मानिन्छ । यी दुईवटा म्यागेजिन लगायत २०१५ सालमा शशिकला शर्माद्वारा सम्पादन प्रकाशन गरिएको स्वास्नीमान्छे र २०१८ सालमा नेपाल महिला संघबाट प्रकाशित चेतना पत्रिकाबाट गन्ती शुरु गर्ने हो भने २०६७ साल भदौमा निस्केको महिला चिन्तन पत्रिकासम्म झण्डै ५० शीर्षकका महिला म्यागेजिनहरु प्रकाशन भएका छन् ।  यो संख्यामा २०४७२०६७ सालसम्म प्रकाशित भएका अधिकतम म्यागेजिनहरु समावेश गरिएको छ । २०४६ साल अघि ७ वटा पत्रिका प्रकाशित भएका छन् भने २०४६ साल यता ४३ वटा म्यागेजिन प्रकाशित भएका छन् । सिमित समय र स्थानमा मात्र गणना गरिएकाले यो संख्या ६० देखि ७० सम्मको अनुमान गर्न पनि सकिन्छ । यतिका धेरै महिला सम्बन्धि म्यागेजिन प्रकाशित भएपनि यो नेपालमा हालसम्म प्रकाशन भएका जम्मा म्यागेजिनको १ प्रतिशत हुन आउँछ । भने २०४७ साल यता निस्केका म्यागेजिनको २.५ प्रतिशत मात्र हो । मदन पुरस्कार पुस्तकालयले गन्ती गरेर सारदाकालिन समय देखि यताका झण्डै ५५०० शीर्षकका म्यागेजिनहरु (पेरियोडिकल्स)को सूचना उसको वेभसाइटमा राखेको छ ।  यद्यपि यो संख्यामा २०४७ साल पछि प्रकाशित भएका केही पत्रिकाहरु समावेश भएका छैनन् । २०६७ सालमा मार्टिन चौतारीले मदन पुरस्कार पुस्तकालय, मार्टिन चौतारी पुस्तकालय, राष्ट्रिय पुस्तकालय र त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा गरेको एक अध्ययनको अनुमान अनुसार २०४७ साल यता प्रकाशित हुने म्यागेजिनको संख्या झण्डै २००० छ । यो अनुमानित तथ्याङ्कलाई आधार मान्ने हो भने महिला सम्बन्धि म्यागेजिन जम्मा म्यागेजिनको २.५ प्रतिशत मात्र रहन आएको हो

स्वास्नीमान्छे (२०१५) सालदेखि यताका विभिन्न म्यागेजिनलाई कस्ले प्रकाशन गर्यो भन्ने आधारमा छुट्टाउने हो भने ३ प्रकारमा मोटामोटी विभाजन गर्न सकिन्छ । पहिलो, महिलासम्बन्धि म्यागेजिन प्रकाशन गर्ने निकाय चाहिँ पार्टी निकटका महिला संघ संगठनहरु हुन् । महिला सम्बन्धि म्यागेजिन नेपाली काँग्रेसको भातृ संगठन, नेपाल महिला संघले निकाल्न सुरु गरेको छ । २०५२ सालमा द्वैमासिक प्रकाशनको रुपमा आएको चेतना पत्रिकाले आफ्नो प्रिन्टलाइनमा वर्ष ३५ उल्लेख गरेको आधारमा यो नामको पत्रिका २०१८ सालतिर निस्कन सुरु भएको अनुमान गर्न सकिन्छ । अहिले सम्मका ५० प्रकारका म्यागेजिन निस्केको आधार मान्ने हो भने १७ शीर्षकका म्यागेजिन पार्टी निकट महिलाले निकालेका छन् । प्रतिशतमा यो ३४ प्रतिशत हो । पार्टिगत हिसाबले हेर्दा चेतना (२०१८) बाहेक अरु सबै म्यागेजिन वामपन्थी महिला वृत्तबाट निस्केका छन् । २०१८ सालपछि एक्कैचोटी २०४० सालमा केही वामपन्थी नजिकका महिला म्यागेजिन निस्किएका छन् । २०४० पछि निस्किएका नारी मुक्ति, महिला मुक्ति यसका उदाहरण हुन् । २०४६ सालपछि पनि महिला ध्वनी, महिला गर्जन, महिला आवाज, महिला मुक्ति, नारी सन्देश, महिला जागरण, महिला बुलेटिन, युवा महिला आवाज, नारी आव्हान, नारीका पाइला, मानवी, महिला आवाज हाम्रो संसार जस्ता नारी प्रधान म्यागेजिनहरु वामपन्थी वृत्तभित्रबाट प्रकाशित भएका छन् । यो जम्मा महिला म्यागेजिन प्रकाशनको ३२ प्रतिशत हो । दोस्रो, महिला म्यागेजिन प्रकाशन गर्ने विभिन्न गैरसरकारी संघसंस्थाहरु छन् । त्यस्ता संघसंस्थामा अस्मिता प्रकाशन गृह (अस्मिता, २०४५), अन्तर्राष्ट्रिय महिला शान्ति स्वतन्त्रता संगठन नेपाल शाखा (महिला सन्देश २०४९), हिमराइट्स र इन्हुरेड (छोरी २०५८), महिला पुर्नस्थापना केन्द्र (चेलीको व्यथा २०५४), नेपाल बैँक कर्मचारी संघ, केन्द्रीय महिला विभाग (महिला दर्पण २०५७) आदि छन् । यो जम्मा महिला म्यागेजिन प्रकाशनको २० प्रतिशत हो । तेस्रो तथा सबभन्दा धेरै प्रतिशत महिला म्यागेजिन प्रकाशन गर्ने समुह चाहिँ नीजि वा व्यक्तिगत संघसँस्था नै हुन । यो जम्मा म्यागेजिन प्रकाशनको ४० प्रतिशत छ । यसमा शशिकला शर्माले २०१५ सालमा प्रकाशन गरेको स्वास्नी मान्छे, २०४८ सालमा सुश्री शोभा श्रेष्ठले प्रकाशन गरेको नयाँ अभियान, २०४९ सालमा रमा सिंह प्रधानसम्पादक भएको ऋचा म्यागेजिन, कान्तिपुर पब्लिकेशनको नारी (२०५८) आदि पर्दछन् ।

कालखण्डको हिसावले हेर्ने हो भने धेरै जसो म्यागेजिनहरु २०४७२०६७ को अवधिमा नै बढि निस्केका छन् । जम्मा ५० मा ४३ वटा पत्रिका यो अवधिमा निस्केका छन् । यो ८६ प्रतिशत हो । पञ्चायतकाल अघि एउटा र पञ्चायतकालमा ६ वटा पत्रिका निस्केका छन् । यद्यपि पञ्चायती व्यवस्थाले नै महिला सम्बन्धि म्यागेजिन नै निकालेको भेटिँदैन । रत्नश्रीमहिला बोल्छिन भन्ने म्यागेजिन पञ्चायतकालमा नै निस्केका म्यागेजिन पनि भनिएको छ । यहाँ ति पत्रिकाहरुको विवरण अभावका कारण यसको जानकारी दिइएको छैन । यसबाहेक पञ्चयतकालमा प्रतिवन्धित राजनीतिक दलका महिला संगठनहरुले निकालेका पत्रिकाहरु यसमा पर्दछन् । महिला आन्दोलनलाई विषयवस्तु बनाएर नेपालमा नारीवादी आन्दोलनको महत्वपूर्ण म्यागेजिनको रुपमा दरिएको अस्मिताको प्रकाशन पञ्चायतकालको अन्ततिरबाट भएको हो ।

 टेबल नं. १ : नेपालबाट प्रकाशित भएका विभिन्न महिला म्यागेजिनहरुको विवरण

l;= g+=

klqsfsf] gfd

k|sfzs

;Dkfbs

k|sflzt ldlt

s}lkmot

!=

dlxnf

s'df/L sfdfIfL, s'df/L ;fwgf k|wfg

g]kfn dlxnf ;+3

@))*, h]7

cGgk"0f{ k|];, c;gåf/f d'lb|t, ;xfos ;Dkflbsf–s'df/L lznjGtL zfx, s'df/L w's/L / s'df/L k|ldnf -cof{n @)^^ M ##_ .

@=

k|ltef

c=g]=d=;+3, c;g, sf7df8f}F

>Ldlt s'GtLb]jL

@))(, ebf}

;Dk"0f{ g]kfnL dlxnfx?sf] ;';'Kt r]tgf zlQmnfO{ hfu[t ug]{ / ltgdf of]Uo lzIffsf] k|rf/ ug]{ .

 

g]kfn dlxnf ;+3 / clvn g]kfn dlxnf ;+3sf ;dfrf/x? ;dfj]z u/L k|sflzt o; klqsfdf /d]z ljsn, n]vgfy, kml0fGb|/fh v]tfnf, e/t/fh kGt, ledlglw ltjf/L, nVvLb]jL ;'Gbf; cflbsf n]v /rgf ;fdu|Lx? klg /x]sf 5g\ -cof{n @)^^ M #!_ .

#=

:jf:gLdfG5]

zlzsnf zdf{

zlzsnf zdf{

@)!% -!(%*_

@)!& ;fndf lg:s]sf] :jf:gLdfG5] gfds klqsfdf t];|f] jif{ n]v]sf] cfwf/df o;sf] k|sfzg @)!% ;fndf ePsf] cg'dfg ug{ ;lsG5 . ;+ejtM of] g} klxnf] dlxnf Dofu]lhg x'g;S5 . zlzsnf zdf{ g]kfnsf] klxnf] dlxnf kqsf/ x'g\, eGg] cfwf/df klg of] klxnf] dlxnf Dofu]lhg xf] eGg] s'/fdf an lbPsf] 5 . zlzsnf zdf{ / Zofdk|;fb zdf{ Tolta]nf k|ultlzn If]qdf sfd ul/;s]sf JolQm x'g . To;}n] of] k|ultlzn v]dfsf] Dofu]lhg xf] .

$=

r]tgf

g]kfn dlxnf ;+3

;/f]lhgL dfgGw/, cd'bf >]i7, zlz k|wfg, ;l/tf >]i7

@)%@ -@)!*_

å}dfl;s k|sfzg, @)%@ ;fn ebf}df k|sflzt klqsfdf jif{ #% n]v]sf] cfwf/df .

%=

dlxnf af]lN5g

 

 

@)@*

l;s]nfn / xif{ dxh{g;Fu u/]sf] s'/fsfgLsf cfwf/df .

^=

gf/L d'lQm

sfe|] lhNnfsf gf/Lx?sf] ;+o'Qm k|of;df k|sflzt

d'Qmf >]i7

@)$)

n]lggsf plQmx? klqsfsf] leqL k]hdf e]l6G5 . of] klqsf Tolta]nf dlxnf cfGbf]ngdf nflu/x]sf g]skf rf}d / g]skf dfn]sf dlxnfx?sf] ;+o'Qm k|of;df lgsflnPsf] xf] . o;sf ;fdu|Lx? ;+sng ug]{ sfddf Zofd >]i7n] klg ;3fpg' ePsf] lyof] . Zofd >]i7;Fu @)^& df3 % df u/]sf] s'/fsfgL .

&=

/fli6«o ;l/tf -;fKtflxs_

kGgfnfn >]i7

kGgfnfn >]i7÷k|wfg ;Dkfbs

@)$)

@)^! ;fn d+;L/sf] c+sdf jif{ @! c+s !* n]v]sf] cfwf/df

*=

dlxnf Wjlg

k|sfzg ljefu c=g]=d=;+3  -qmflGtsf/L_

s]Gb|Lo k|sfzg ljefu, c=g]=d=;+3 -qmflGtsf/L_

@)$!

of] c=g]=d=;+3sf] d'vkq xf] .  @)^$ ;fn c;f]hdf 5flkPsf] cÍdf jif{ @& n]lvPsfn] of] @)$! ;fndf 5flkPsf] cg'dfg ul/Psf] xf] . oxL gfdsf] klqsf @)%# ;fndf a'6jnaf6 b'uf{ kf}8]nsf] ;Dkfbsdf 5flkPsf] 5 . To;df dlxnf WjgLsf] lg rflxF x|:j 5 . jfdkGyL j[Qdf kf6L{ km'6]kl5 klg ;f]xL gfdsf] klqsf rnfpg] sf/0fn] of] ePsf] x'g;S5 .

(=

dlxnf d'lQm

dlxnf d'lQm kl/jf/

pQ/f sf]O/fnf

@)$!

jfdkGyL klqsf

!)=

cl:dtf

cl:dtf dlxnf k|sfzg ;d'x

c~h' If]qL

@)$%

 

!!=

gofF cleofg -dfl;s_

;'>L zf]ef >]i7

/d]z e§/fO{ …kfv]Ú

@)$*

 

!@=

gf/L d~r

gf/fo0f kl/jf/ Snj

Pr=b]jL /+lhtsf/, ch]lnof

@)$*

@)$( ;fndf of] c+s !^ k'lu;s]sfn] @)$* ;fndf lg:s]sf] xf] eGg ;lsG5 .

!#=

dlxnf ;Gb]z

cGt/f{li6«o dlxnf zflGt :jtGqtf ;+u7g, g]kfn zfvf

ljNkm kl/jf/

@)$(

ljNkmsf] ;+of]hs O{Zj/L v8\sf, dxf;rLj lgd{nf l;jfsf]6L sf]iffWoIf /flwsf bfxfn

!$

Crf

k|f]km];gn klAns]zgsf lgldQ efis//fhsl0f{sf/åf/f k|sflzt

/df l;+x÷k|wfg ;Dkfbs

@)$(

Crf kfl/jfl/s dfl;s

!%=

gj Crf

k|f]km];gn klAns]zgåf/f k|sflzt

tf/f /fjn

pNn]v gePsf] ;+ejtM @)%) ;fn

gj Crf kfl/jfl/s dfl;s

!^=

dlxnf :jf:Yo

k|fylds :jf:Yo ;]jf >f]t s]Gb|

 

@)%@

dlxnf :jf:Yo ;DaGwL hfgsf/L lbg] tLg dlxg] klqsf

 

 

 

 

 

 

!&=

dlxnf WjgL

clvn g]kfn dlxnf;+3, s]Gb|Lo sfof{no, a'6jn

b'uf{ kf}8]n

@)%#

 

!*=

r]nLsf] Joyf

dlxnf k'g:yf{kgf s]Gb|

8f= ljgfos /fhe08f/L

@)%$

o;sf k|sfzs / ;DKffbsn] csf]{ Dofu]lhg klg lgsfn]sf] 5 .

!(=

ljb'ifL

ljb'ifL k|sfzg k|f= ln=

Hof]lt Kofs'/]n

@)%$

jif{ @ c+s$ df ePsf] lk|G6nfO{gdf w]/} gfd k'?ifsf] ePsf]

@)=

r]nL -dfl;s_

l3ld/] k|sfzg

zs'Gtnf l3ld/]

@)%$

dlxnf ;DaGwL ;Dk"0f{ klqsf

@!=

dlxnf uh{g

cg]d;+3 -qmflGtsf/L_ lhNnf ;ldlt, /f]Nkf

 tf/f 3tL{du/ / c?x?

@)%$

hok'/L 3tL{du/ ;Nnfxsf/ ePsf]

@@=

dlxnf cfjfh

cg]/f:jljo" s]Gb|Lo dlxnf ljefu

cg]/f:jljo" s]Gb|Lo dlxnf ljefu

@)%$

d'vkq

@#=

r]nLa]6L

r]nLa]6L a]rljvg lj?4 /fli6«o ;d'x÷PgPgPhLl6

 

!((&

q}dfl;s a'n]6Lg

@$=

dlxnf d'lQm

cg]d;+3, k|sfzg tyf k|rf/ ljefu

cg]d;+3, k|sfzg tyf k|rf/ ljefu

 

;'lhtf zfSo, OlGb/f k'mFofn, pQ/f sf]O/fnf / zf]ef 9'+ufgf

@)%%-klqsfdf pNn]v 5}g, a}7s ldltaf6 cg'dfg ul/Psf]_

g]skf Pdfn]sf] eft[;+u7gåf/f k|sflzt

@%=

cK;/f

uf]vf{kq ;+:yfg

;Ltf/fd cu|xl/ -@)%&_

@)%%

kfl/jfl/s dfl;s

@^=

gf/L ;Gb]z

cg]d;+3, s]Gb|Lo ;ldlt

cg]d;+3, s]Gb|Lo ;ldlt

@)%%

d'vkq

@&=

ls/0f

dlxnf k'g:yf{kgf s]Gb|, k|sfzg ;ldlt kfj{tL v8\sf, e'jg zdf{, ljhof tfd|fsf/

8f= ljgfos /fhe08f/L÷;DKffbg ;Nnfxsf/

@)%%

dlxnf tyf afnaflnsf a]rljvg / cf];f/k;f/ lj/f]wL klqsf

@*

dlxnf hfu/0f

cg]d;+3, s]Gb|Lo ;ldltq

k|sfzg tyf k|rf/ ljefu, cg]d;+3

@)%%

lgoldt k|sfzg elgPsf] 5 .

@(=

Reflections

Society for Partners in Development

Thupen Gyalpo lama

1998 (2055 BS)

Journal on men, women and development

#)=

cflbjf;L dlxnf cfjfh

cflbjf;L hghftL dlxnf d~r

;+lugL /fgfdu/

@)%^

q}dfl;s ?kdf k|sflzt of] Dofu]lhg # cÍ k|sflzt eO;s]kl5 aGb ePsf] .

#!=

dft[;Qf

z'eflzif\ k|sfzg k|f=ln=

ab|Laxfb'/ a:g]t

@)%^

ljifoj:t'sf lx;fjn] of] dlxnf Dofu]lhg xf] ls xf]Og yfxf 5}g .

#@=

cfzo

;'dgWjh lji6

;'dgWjh lji6

@)%^

kfl/jfl/s å}dfl;s ePklg o;sf lk|G6nfO{g ePsf & hgf ;a} k'?if / ljifoj:t'df ePsf !& hgf n]vs dWo] !^ hgf n]vs k'?if 5g . oBlk dlxnf cfGbf]ng, dlxnf hflu/]nfO{ b'Mvklg ;'vklg h:tf ljifoj:t' k'?ifx?n] g} n]v]sf 5g\ .

##=

dlxnf a'n]l6g

cg]d;+3 -qmflGtsf/L_ s]Gb|Lo ;ldlt

cg]d;+3 -qmflGtsf/L_ s]Gb|Lo ;ldlt

@)%&

d'vkq

#$=

dlxnf bk{0f

g]kfn a}+s sd{rf/L ;+3, s]Gb|Lo dlxnf ljefu

df]xg s'df/L zfxL / c?x?

@)%&

* dfr{ ljz]iffÍ, ;Nnfxsf/ d08n ;a} k'?if

#%=

5f]/L

lxd/fO6\;÷OGx'/]8

s}nfzs'df/ l;jfsf]6L

@)%*

r]lna]l6 a]rljvg lj?4sf] ljz]iffÍ

#^=

gf/L

sflGtk'/ k|sfzg u[x

;'jf; 9sfn

@)%*

 

#&=

Pe/]i6 6'8] -kflIfs_

pNn]v gePsf]

rGb|f bnfxfË

pNn]v gePsf]

;+ejt of] klqsf @)%* ;fndf lg:s]sf] x'g'k5{ . o;sf ;Nnfxsf/ xs{ u'?Ë / zfGtf yklnof x'g'x'G5 .

#*=

cfhsf dlxnf-dfl;s_

dlxnf ;/f]sf/ ;d'x g]kfn

e/t/fh ;'j]bL

@)%(

dlxnf k|wfg Dofu]lhg, of] cGt/f{li6«o gf/L lbj;sf lbg lgsflnPsf] klqsf xf] .

#(

o'jf dlxnf cfjfh

k|hftflGqs /fli6«o o'jf ;+3 g]kfn, s]Gb|Lo dlxnf ljefu

ddtf lu/L, ul/df zfx, /~hgf df:s], pld{nf sdf{rfo{

@)%(

k|/fo';+3, g]kfn s]Gb|Lo dlxnf ljefusf] d'vkq

$)=

dfg'ifL

g]kfn 8]enkd]G6 6«:6

le=s]=s0f{

@)%(

dfr{ dlxgfdf k|sfzg z'? ePsf]

$!=

b s'df/L

u+uf k'g

u+uf k'g, cWoIf u0f]z k'g

@)%(

;Dk"0f{ kfl/jfl/s dfl;s klqsf

$@=

gf/L cfJxfg

clvn g]kfn dlxnf ;+3

clvn g]kfn dlxnf ;+3

@)^)

cg]d;+3 k"jf{~rn If]lqo ;ldltsf] d'vkq

$#=

dfglrq va/ klqsf

dfglrq ;+rf/ ;d'xsf nflu l6sfb]jL e08f/L

cl:dtf e08f/L

@)^)

 

$$=

gf/Lsf kfOnfx?

g]kfn dlxnf sNof0f ;+3, 5flnª, eQmk'/

g]kfn dlxnf sNof0f ;+3, 5flnª, eQmk'/

@)^!

of] a'n]l6g xf] . g]dlskfsf] dlxnf ;+37g x'g'k5{ .

$%=

j'd]G; P/f

k|ltdf ljj; /fO{

k|ltdf ljj; /fO{

@)^!

@)^!÷@)^@ ;fndf btf{ ePsf] cfwf/df . of] klqsfn] df]§f]df dlxnf ;zlQms/0f / ;dtfsf] nflu w/fgaf6 k"jf{~rnd} klxnf] k6s >dhLlj kqsf/ dlxnf ;d'xsf] k|:t'tL elgPsf] 5 . clxn];Dd e]l6Psf] sf7df8f}F aflx/sf] bf];|f] dlxnf Dofu]lhg xf] . oBlk kf6L{ lgs6 eg] a'6jnaf6 lg:s]sf] dlxnf WjgLnfO{ lng ;lsG5 .

$^=

x;gf

cldsf /fhynf

cldsf /fhynf

@)^@

Hasana Magazine Nepali National Monthly x;gfsf] zLif{sdf n]lvPsf] 5 .

$&=

dfgjL-dfl;s_

k'mns'df/L zdf{

;Ltf zdf{

@)^@

 

$*=

gf/L :j/

gd|tf zdf{

gd|tf zdf{

@)^$

lx/0os'df/L kf7s k|wfg;Dkfbs tyf cWoIf gf/L :jfjnDaL ;dfh kl/jf/

$(=

EjfO; ckm j'dg

 

 

@)^%

 

%)=

dlxnf cfqmf]z

c=g]=d=;+3 -qmflGtsf/L_ tfD;flnª /fHo ;dGjo ;ldlt

k|sfzg ljefu

c=g]=d=;+3 -qmflGtsf/L_ tfD;flnª /fHo ;dGjo ;ldlt

@)^^

 

%!=

gjgf/L

hfg'sf 9sfn

hfg'sf 9sfn

@)^^

 

%@=

dlxnf cfjfh xfd|f] ;+;f/

zflGt lj=s=

;'lgtf v8\sf

@)^&

hgfb]z / hglbzfdf sfo{/t dlxnfåf/f k|sflzt

%#=

dlxnf lrGtg

lgd{nf e08f/L

lgd{nf e08f/L

@)^&

 


स्वास्नीमान्छेमा छापिएका विषयवस्तु
स्वास्नीमान्छेको २०१७ सालमा प्रकाशित एउटा मात्र संयुक्ताङ्क पढेर यहाँका विषयवस्तु लेखिएको हो  स्वास्नीमान्छेमा प्रायः कविता, कथा, निवन्ध, एकाङ्की, समाचारहरु छापिएका छन् । यी विधाहरुमा पुरुष महिला जस्ले पनि कलम चलाए पनि प्रत्येक विधाहरुमा महिलाको प्रसङ्गलाई जोड्नु चाहिँ यो म्यागेजिनमा बाध्यता जस्तै छ । आनन्ददेव भट्टको गाउँले सानी नानीसँगनामको कविता, स्वास्नीमान्छेको वर्ष ३ अंङ्क १ र २ मा छापिएको छ । त्यहाँ उनले गाउँले सानी नानीको बारेमा कविता लेखेका छन् जस्तो :
सानी नानी ढाकर बोकी कुन बाटो लम्केकी ?
उत्सुक आँखा, डरको बोली, के को आशा आज गरेकी ?
एक्लोबाटो, आज छ रमझम, ढाक्रेहरुका ताँतीले
अरुपनि बटुवा लम्किरहेछन्, आफ्नो बेग्लै तरखरले ।
डाँडाहरुका अग्ला थेप्चा, जम्मै चुचुरा हरिया छन्
तिम्रो मनको हरियाली झैँ, उन्नत शिरली हेर्दैछन्
बीच भागमा बस्तुहरुका, भन्न नमिल्ने छरिँदा लाम
तिमै्र घरका विस्कुनजस्तै, चरिरहेछन् ख्वै विश्राम ? (भट्ट २०१७ : १) ।
कवितामा मात्र होइन समाचारहरुमा पनि त्यो ढाँचा भेटिन्छ । २०१७ साल पछि व्यवस्था परिवर्तन भएको अवस्थामा महिलासम्बन्धि चार महिना पूरानो समाचारलाई यहाँ उल्लेख गरिएको छ । यसको कारण चाहिँ महिलाको नेतृत्वमा पहिलो पटक विदेश भ्रमण गएको समाचारले गर्दा हो । २०१७ असोजमा बीपी कोइरालाको मन्त्रीमण्डलकी सदस्य द्वारिकादेवी ठकुरानीको नेतृत्वमा ३ जनाको  प्रतिनिधि मण्डल रसिया गएको थियो ।  त्यतिमात्र होइन यो वर्सको प्रवेशिकामा ५०० आइमाई, डाक्टरनी घोषको देहान्त, सम्सदीय शिष्टमण्डलमा आइमाई पनि जस्ता समाचारहरु यसले छाप्ने गरेको छ । समाचार मात्र होइन उखान टुक्का पनि महिला सम्बन्धि नै देखिन्छ । जस्तो आइबुढी मच्चिँदै, गई बुढी थच्चिँदै । जहाँ स्त्री, उही श्री । माइत जाँदा आइमाईहरु बर्सीको पोथ्रा नाघ्दै जान्छन् । पालुङ्गाको साग पकाउनु छ जेठाजुलाई ढोग दिनुछ । 

धेरै लेखकहरु पुरुष हुनु र तिनीहरुलाई लेखाउन लगाउनु सम्पादकको बाध्यता जस्तै छ । १८ वटा विषयवस्तु मध्ये ४ वटा विषयवस्तुमा महिलाले आफ्नो कलम चलाएका छन् । महिलाले लेखेका विषयवस्तु मध्ये शशिदेवी बैद्यले लेखेको कर्के आँखाभन्ने एकाङ्की, सुशीला थापाद्वारा लेखिएको नेपाली समाजमा नारी जाति’, श्रीमती कल्पना राणाले लेखेको विशेषविवाह व्यवस्था विधेयक २०१७माथिको टिप्पणी र मिरन साहले लक्ष्मीप्रसाद देवकोटाले लेखेको बादलकी रानीकविता संग्रहको समालोचना गरिएका विषयवस्तु हुन । नेपाली समाजमा नारी शीर्षकमा लेखिएको लेखमा सुशीला थापाले स्त्री जातीलाई हेर्ने दुइथरी प्रवृत्तिको कुरा गरेकी छन् । पहिलो कोही स्त्री जातिले कुराकानी गर्दा अर्काको मुखतिर हेर्नुहुन्न भन्ने प्रवृत्ति छ । भने दोस्रो थरी नारी जातिलाई पनि समाजमा अग्रसर गराउँ भन्ने छ । उनले यी दुवैथरि प्रवृत्ति ठिक छैन भनेकी छन् । पहिलो प्रवृत्तिलाई संकीर्णर दोस्रो प्रवृत्तिलाई पुरुषहरुले स्वार्थको निम्ति अघि बढाउन खोजेकोप्रवित्ति भनेकी छन् । यसमा उनको तर्क चाहिँ शिक्षा र ज्ञानको कमीले गर्दा पुरुषहरुको कडा थिचाइ परेको छ (थापा २०१७ : २०) ।

मार्क्सवादी प्रभावका महिला म्यागेजिन
२०४० सालमा प्रकाशित भएका नारीवादी महिलाहरुले निकालेको म्यागेजिनमा चाहिँ नेपाली नारीको तत्कालिन अवस्थाको मात्र कुरा गरिएको छैन । उनीहरुलाई जागरण ल्याउने खालका विषयवस्तुहरु यहाँ प्रकाशित भएको देखिन्छ । २०४० साल फागुनमा पहिलो अङ्कमा छापिएको नारी मुक्ति नामक म्यागेजिनमा सुरुको विषयवस्तु रातो तलाउभन्ने एउटा इरानेली कथा छ । यो कुर्दिस्तानको स्वतन्त्रताको निम्ति जीवन अर्पण गर्ने महिलाको कथा हो । त्यस्तै सोही अङ्कमा छापिएका कविताका शीर्षकहरु माया बाहिर निस्क’, ‘दिदी तिमी उठजस्ता कविताहरु पढ्न पाइन्छ । नारी सम्बन्धि सैद्धान्तिक तथा राजनैतिक विषयवस्तुलाई सवाल तपाईको, जवाफ हाम्रोभन्ने स्तम्भ मार्फत नै अगाडि ल्याइएको छ । यी शीर्षकहरुले महिला जागरणको विषयमा म्यागेजिनहरु प्रकाशित हुन थालेको संकेत दिन्छ । नारी मुक्तिको पहिलो अङ्कको सवाल तपाईको जवाफ हाम्रो भन्ने स्तम्भको प्रश्नमा किनभन्ने शब्द छ । यो किन भन्ने शब्दले महिलाहरुले समाजमा आफ्नो कमजोर अवस्थाको कारण खोजेको बुझ्न सकिन्छ ।  यो स्तम्भमा सोधीएको प्रश्न, ‘हाम्रो समाजमा महिलाहरु किन पुरुष सरह समान छैनन ?’– त्यसको जवाफमा सम्पादिकाले आर्थिक पक्षलाई जोड दिएकी छन् । उनका अनुसार नेपालमा महिला चुलो चौको, बच्चा हुर्काउने र घाँस दाउराको काम गर्छन । ति कामहरु उत्पादनशील काम होइनन् । उत्पादनशील काम त पुरुषले गर्छन । त्यसैले महिला उनीहरुसँग निर्भर हुन्छन् । यहाँ उत्पादनशील काम के भन्ने कुराको उत्तर दिएकी छैनन् । यद्यपि, महिलालाई सम्पत्ति अधिकार र घर बाहिरका कामहरुमा पहुँच हुन सक्यो भने विवाह जस्ता कुराको निर्णय महिला आफैले गर्न सक्छिन र परिवारमा उनको प्रभावकारी स्थान हुन्छ भन्ने उनको तर्क छ (श्रेष्ठ २०४० : २७) । यो म्यागेजिनमा पारिजातले सुमित्रा काँढाको नाममा एउटी स्वास्नीमान्छेको अन्तर्वार्ताकविता लेखेकी छन् :

ज्यू,
काम गरेको मात्र थाहा छ
दुःख पाएको मात्र थाहा छ
फाटेको चोलो र जडौरी गुन्यू
लगाएको मात्र थाहा छ
जोवन सोध्नुभएको ?
त्यो त हजुर आएको गएकै थाहा छैन (काँढा २०४०: १५) ।

यो कवितामा त्यति बेलाको महिलाको सामाजिक अवस्थाको बारेमा उल्लेख गरिएको छ । लोग्नेलाई जग्गेमा मात्र देख्ने, विहेपछि महिलाले पुरुषको गोडाको पखालेको पानी खानुपर्ने, आफ्नो माइती वालककालमा देखेको सपना जस्तै लाग्ने, आफ्नो जोवन मुखियाको बारीमा हुर्केको जस्ता भावनात्मक कुराहरु यो कवितामा पाउन सकिन्छ । यो कवितालाई त्यति बेला नेकपा चौमका नेता श्यामप्रसाद श्रेष्ठले पारिजातसँगबाट मागेर नारी मुक्तिमा छापिएको थियो ।  श्याम श्रेष्ठका अनुसार त्यतिबेला नारीमुक्ति महिला आन्दोलनको उपज थियो । नेकपा माले र नेकपा चौमका महिलाहरुको सक्रियतामा नारी मुक्ति निस्किएको थियो ।

म्यागेजिनहरुमा मार्क्सवादी अध्ययनले २०४० को दशकमा जागरण ल्याउने कोशिस गरेकोे छ । २०४० सालको दसकमा निकालिएका महिला म्यागेजिनहरु, खासगरि वामपन्थी वृत्तबाट निकालिएका छन् । यी म्यागेजिनहरुमा पानैपिच्छे लेनिनका उद्गारहरु भेटिन्छन् । सोभियत गणतन्त्रमा श्रमिक महिलाहरुको आन्दोलनका कार्यहरुनामक लेनिनको भाषण नारी मुक्तिको पहिलो अङ्कमा छापिएको छ । केही वामपन्थी महिला म्यागेजिनहरुले २०१७ साल देखि २०४० सालसम्मको आन्दोलनमा महिलाहरुले गरेका संघर्षका कथाहरु पनि उल्लेख गरेका छन् ।

दुलाल्नी बज्यै को थिईन् र  कहाँ छिन धेरै मान्छेलाई थाहा छैन । लेखकलाई पनि के मात्र थाहा छ भने दुलाल्नी बजै सोयाङ गाउँको एकजना गरीब किसान महिला थिइन । २०११ सालको कम्युनिष्ट पार्टीको राजनीति गाउँमा पुगेपछि कम्युनिष्ट विचारधाराबाट प्रभावित भएर अन्याय अत्याचारको विरुद्ध संघर्ष गर्ने केटीहरु मध्येकी एउटी महिला थिइन । उनले संघर्ष शुरु भएदेखि नै सम्पर्क व्यक्ति, आश्रयदाता, महिला बीचको प्रचार कार्यकर्ताको भूमिका निभाएकी थिइन् (निरौला २०४० : ४५) । यसरी वामपन्थी वृत्तका महिला म्यागेजिनहरुको अध्ययन गर्दा त्यतिबेला महिला जागरणको समयलाई चटक्क टिप्न सकिन्छ ।

नारीवादी आन्दोलनमा अस्मिता
नारीवादी आन्दोलनलाई निरन्तर रुपमा पत्रिकाको मार्फत झकझकाउने काम चाहिँ अस्मिताले गरेको छ । नारी बाहेक अन्य पत्रिकाको तुलनामा यो धेरै निस्केको पत्रिका पनि हो । अस्मिताको पहिलो अङ्क २०४५ साल वैशाखमा बजारमा आएको थियो । सुरुमा त्रैमासिक पत्रिकाको रुपमा निस्किएको अस्मिता अङ्क ६ देखि द्वैमासिक, अङ्क २० देखि मासिक भयो । यसको सुरुको मुल्य ८ रुपैँया थियो भने यो कभरपेज सहित जम्माजम्मी ६२ पेजमा छापिन्थ्यो । अनुसन्धानकर्ता पूर्ण बस्नेतका अनुसार आफ्नो अध्ययन पूरा गरेर पत्रकारिता पेशातिर आकर्षित भएका सुसन मास्के र अञ्जु क्षेत्रीले स्थानीय भाषा र विषयवस्तु भएका पत्रिकाको आवश्यकता र बजार देखि अस्मिता प्रकाशन प्रालिको स्थापना गरेका थिए  (बस्नेत २०६०:२८) । अस्मिता प्रकाशन भएदेखि नियमित रुपमा निस्कन सकेको छैन । २०४८ वैशाखजेठ देखि २०४९ वैशाखजेठसम्मको अवधिमा निस्किएको छैन । २०५८ मङ्सिर देखि फेरि दोस्रोपटक बन्द हुन पुग्यो । तर २०६५ देखि पूनः सञ्चालनमा छ । सुरुमा अस्मिताले विचारशिल महिलाहरूको विशिष्ट पत्रिकाभनेर आवरण पेजमा लेखेको थियो । यसले विचारशील महिलाको मात्र पत्रिका भन्ने अर्थ दिन पुग्यो । पाठकले यसलाई विचारसुन्य वा विचारोन्मुख महिलाहरूको बारेमा तपाइँको पत्रिकाले के सोँचेको छ ? भनेर प्रश्न गरे, ‘नजानिँदो अहंपन’(शर्मा २०४६ :५४) भनेर प्रतिक्रिया जनाएपछि अस्मिताले अङ्क ७ देखि नै नेपाली महिलाहरूको सम्पूर्ण पत्रिकाभनेर अर्थ्याउन थाल्यो । त्यस लगत्तैको आठौँ अङ्कमा सम्पूर्ण महिलाहरूको पत्रिकालेखिएको छ । अङ्क १२ देखि महिला विविध र समसामयिकलेखिएको छ । २०४९ साल वैशाखजेठको अङ्कमा चाहिँ अस्मितालाई अर्थ्याउने कुनै अलङ्कार प्रयोग गरिएको छैन । यसरी अस्मिताले सुरु देखि नै आफू कस्तो पत्रिका हुने भन्ने अभ्यास गर्दै आएको देखिन्छ । विषयवस्तुका आधारमा अनुसन्धानकर्ता पूर्ण वस्नेतले अस्मिताको परिचय नेपाली पत्रकारिता जगतमा आलोचनात्मक महिलावादी पत्रिकाको रुपमा रहेको छ भनेका छन् (बस्नेत २०६० : २८) । तर सुरुका अङ्कहरूमा अस्मिता त्यस्तो देखिँदैन । यद्यपि पछिल्लो समयमा यो बस्नेतले भने झैँ आलोचनात्मक भएको छ । सुरुका अङ्कहरुलाई अस्मिताले नारीवर्गबारे रुढीवादी स्वरुपलाई तोड्न सजिलै सकेको छैन । सुरुका अङ्कका केही विषयवस्तुलाई हेर्दा त्यो देखिन्छ । गृहसज्जा, गृहणीसित एकछिन, खाना/चमेना, अन्तर्राष्ट्रिय सौन्दर्य विशेषज्ञ सहनाज हुसेनको सौन्दर्य सम्बन्धी जानकारी, सिलाई बुनाई सम्बन्धी स्तम्भ आदि समावेश गरेको छ ।  मिना आचार्यले अस्मिताको पहिलो अङ्कमा शुभकामना दिँदै लेखेकी छन्, यस्ता स्तम्भले चाहिँ नारीवर्गबारे रुढीवादी स्वरुपलाई तोड्न खोज्नुको सट्टा झन त्यसलाई बलियो पार्छ” (शर्मा २०४५ : ५८) । तर अस्मिताको सुरुका केही प्रकाशनहरुमा यी विषयहरुले प्रसस्त ठाउँ लिएका छन् । अस्मिताको पहिलो अङ्कको घरेलु उपचारभन्ने स्तम्भमा लेखिएको छ, “तपाईको श्रीमान बढी पिएर आउनु भो र टाउको दुखाईले पिडित हुन लाग्नु भयो भने रक्सीको धेरै सेवनबाट टाउको दुखेको अवस्थामा तातो दुधमा २ चम्चा मह मिलाएर खान दिएमा तुरुन्त सञ्चो हुन्छ” (अस्मिता २०४५ : ४२) । तर अहिले भए टन्न रक्सी पिएको श्रीमानलाई कसरी ठेगान लगाउने भन्ने सामग्री दिन्थ्यो होला । समयक्रममा अस्मिता बदलिएको छ । यस्ता विषयवस्तुले २०४६ साल भन्दा अघि फाट्टफुट्ट मात्र ठाउँ ओगटे पनि २०४६ सालपछि ती स्तम्भले ठाउँ पाएको देखिँदैन । २०४९ सालमा निस्केको अङ्क १२ मा चाहीँ गृहसज्जा, गृहणीसित एकछिन, खाना/चमेना, सौन्दर्य, सौन्दर्य सम्बन्धी जानकारी, सिलाई बुनाई सम्बन्धी स्तम्भ समावेश गरिएको छैन । बरु अधिकार र समानताको लागि महिला सङ्घर्ष, नारीवाद, पुस्तक समीक्षा जस्ता स्तम्भलाई समेटेको छ । त्यसपछिका समयमा अस्मिता आलोचनात्मक देखिन्छ । २५औँ अङ्कबाट त नेपालका सञ्चार माध्यमहरूको नारीवादी दृष्टिकोणबाट नियमितरुपमा अध्ययन गर्ने र त्यसलाई नियमित स्तम्भ सञ्चार निगरानीअन्तर्गत राख्ने गरिएको छ । यस्तो निगरानीमा विभिन्न दैनिक, साप्ताहिक, मासिक पत्रिकाहरू र त्यसमा लेख्ने लेखकहरूलाई पनि राखिएको छ । जस्तो एकजना प्रसिद्ध स्तम्भकार खगेन्द्र संग्रौला, एमाले नेता रघु पन्त, आदि यस्तो निगरानीमा परेका छन् । स्त्रीलम्पट पत्रकारिताउपशिर्षकमा मञ्जु थापाले लेखेकी छन् खगेन्द्र संग्रौलाको  लेखनी झन् बढी आपत्तिजक देखिएको छ, जनएकता साप्ताहिकमा उनी लेख्छन्, ‘यस बुढो काङ्ग्रेसलाई तरुनीसँग मायाप्रिती गाँस्न मन लाग्यो । आदर्श र इमान नहुने पाजीले चोखी र गतिली तरुनी कहाँ पाउनु... बूढो काङ्ग्रेस र पञ्चगामी रण्डी राप्रपाको लगनगाँठो कसियो”(थापा २०५७ : ६६) । लेखिका मञ्जु थापाका अनुसार राप्रपाको अवसरवादीचरित्रलाई उदाङ्गो बनाउन संग्रौलाले, रण्डी, रखौटी, बुढेशकालकी कान्छी जस्ता शब्द प्रयोग गरेका छन यसले उनमा उन्नत संस्कारको अभाव देखिएको छ (थापा २०५७ : ६६) । यसैगरि अस्मिताले लेखकबाहेक विभिन्न पत्रपत्रिका, संसदमा बोलिएका कुराहरु, गाइजात्रे पत्रिका, कार्टुनमा महिला छविको दुरुपयोग, जस्ता विषयलाई सञ्चार निगरानी अन्तर्गत राखेको छ । यसरी २०४५ सालमा रक्सीसेवन गरेर आउने श्रीमानलाई ओखतीमूलोको बाटो बताइदिने, खाना/चमेना, सिलाइबुनाई जस्ता विषयवस्तुमा केन्द्रित रहेको अस्मिता २०५० सालपछि अधिकारवादी पत्रिका भएर निस्किएको छ । त्यसैले पनि आलोचनात्मक पत्रिकाको दर्जा पाएको हो ।


सन्दर्भ सूची
भट्ट, आनन्ददेव । २०१७ । गाउँले सानी नानीसँग । स्वास्नीमान्छे ३ (२ र ३)  : १ ।
थापा, सुशीला । २०१७ । नेपाली समाजमा नारी जाति । स्वास्नीमान्छे ३ (२ र ३) : २०२१ ।
श्रेष्ठ, मुक्ता । २०४० । सवाल तपाईँको, जवाफ हाम्रो । नारी मुक्ति १(१) : २७२८ ।
निरौला, शान्त । २०४० । मेची अञ्चलभित्र भएका संघर्षमा महिलाहरु । महिला मुक्ति  ३  : ४५४८ ।

यो लेख २०६७ सालमा लेखिएको हुनाले त्यसपछिका तथ्याङ्कहरु यसमा परेका छैनन् ।