Friday, May 15, 2015

'पालभित्रको नेपाल'-फोटो कथा


सानाठूला पराकम्पनहरु गइरहेका थिए । त्यही त्रासले अलिकति खुला ठाउँमा मान्छेहरु पाल टाँगेर जीवन जोगाइरहेका थिए । काठमाडौँको सबैभन्दा फराकिलो ठाउँ टुँडिखेलमा 'पाल भित्रको नेपाल' देखिन्थ्यो ।  काठमाडौँ भित्र र बाहिर घर गुमाएकाहरु टुँडिखेलमा थिए । टुँडिखेल वरिपरी घुमिरहेको टेम्पोमा एकजनाले भने, "यहाँ मानिसहरु राहत खान आएका हुन्" । तर मलाई त्यस्तो लागेन । उनीहरुमध्ये धेरै नै पीडाले आएका होलान् जस्तो लागेको थियो । घरमा पालेका कुकुरहरु, सोलार प्यानल बोकेर पनि मानिसहरु त्यहाँ आएका थिए । सामान्यजन त हुने नै भए । त्यसैले टुँडिखेलमा पालभित्रको नेपाल 'मिस्कट' देखिन्थ्यो ।

सैनिक मञ्चमा
सालिक कस्को हो थाहा छैन तर धरहरा सुतेको हेरिरहेका जुद्ध शमशेर जस्तै लाग्थ्यो
आकाशे पुलबाट देखिएका भूपी बस्तीहरु
पारिजातको फूल र पिपलको पालुवावीचबाट देखिएका भूपी बस्तीहरु
 
टुँडिखेल अब खेल मैदान रहेन
सहयोगी सेनाहरु

बस्तीहरुमा सुस्ताउँदै मानिसहरु

"सोँचेजस्तो हुन्न जीवन"
सानो छानो पनि महान हुन्छ
पाङ्ग्रा खेलिरहेका किशोरहरु

सबै पालहरु उस्तै थिएनन्
टेकोले धानेको पाल
गास,बास,कपास पछि  सूचना पनि

भूपी जीवनका तस्बिर खोज्न भौँतारिएकी विदेशी पत्रकार

पालभित्रको परिवार
भूकम्पबारे नाटक मञ्चन गर्दै कलाकार । 'आयो आयो' भनेर कलाकार चिच्याउँदा अगाडि बसेर नाटक हेरिरहेका बालबालिकाहरु भागेका थिए । त्रसित थियो वातावरण । कलाकारले दुखमा पनि हाँस्नुपर्छ भन्दै नाटक देखाएका थिए ।

राष्ट्रिय झण्डा बोकेर खाने लाइनमा लामबद्ध  भूपीहरु
खानाको लागि साँझपख लामबद्ध मान्छेहरु


एक पनियो र एक डाडु राहत
खाना र पानीका पोका
भूपीको तस्बिर खिच्दै एपीका पत्रकार

पानीका पोका र खाना बोकेका दिदीहरु
लाइनमा  बसेर ल्याएको खाना समुहमा खाँदै

अस्थायी पानीटंकी र धारा

धन्यवाद खान दिएकोमा


कतै आफै खानाको जोहो गर्दै


















दुखमा पनि मनोरञ्जन त चाहियो

भकुण्डो खेल्दै पाल बाहिरका भूपीहरु
 
सैनिक परेड खेल्ने ठाउँमा सर्वसाधरण भलि खेल्दै


अब म घर बनाउँछु

घर बनाइरहेको वावु 

उसले के गरिरहेको थियो मलाई थाहा भएन । तर अब यो नयाँ नेपाल बनाउने पुस्ता हो ।

२०७२ जेठ १, शुक्रबार
















Thursday, May 14, 2015

'पराकम्पन'को त्रासदी-फोटो कथा


वैशाख १२ पछि जनजीवन सामान्य बन्दै थियो । ४ देखि ५  रेक्टर स्केलका पराकम्पन सामान्य झैँ लाग्न थालेको थियो । तर १७ दिनपछि २९ वैशाखले चैनसँग सुत्न दिएन । त्यो दिन हाम्रो जनजीवनमा फेरि एकपटक सन्नाटा छायो । कसैले ६.८ त कसैले ७.३ रेक्टर स्केल भनेपनि यो 'पराकम्पन'ले जनजीवन डगमगायो । डराएका केटाकेटीहरुले मुखबाट र्याल झिक्दै 'आमा' 'आमा' भनेर चिच्चाउन थाले ।  मान्छेहरु भनिरहन्थे, 'के हो र यो ?' 'अब कति दिन हुने हो ?' 'हे भगवान् !'

भूकम्प पछिको सन्नाटा

 
 आफन्तलाई फोन लगाउँदै आत्तिएका मान्छेहरु
सुरक्षित स्थान खोज्दै सर्वसाधरण
 
आफ्नो गाडिमा लत्ताकपडा कोच्दै सुरक्षित स्थानको खोजीमा 
सुरक्षित थान भेटेपछि सुस्ताउँदै र आफ्ना भोगाइ सुनाउँदै  

आफ्नै घर विरानो भएपछि पाल बोकेर हिँडेका मान्छेहरु
पालमुनी सुतेपनि आफ्नै मुटु धडकँदा पनि त्रास लागिरहन्थ्यो
 
भूकम्पको भविष्य कसैलाई थाहा छैन
 
'पराकम्पन' गएको १७ घण्टा वितिसकेको थियो । तरपनि पालहरु हटाइएका थिएनन् । त्रासदी अझै बाँकी थियो । झकाएका मान्छेहरु डरले विस्तराबाट जुरुक्क जुरुक्क उठिरहन्थे । केटाकेटीहरु धेरै घरहरु भएको ठाउँमा जानै मान्दैनथे । प्रौढहरु डर हटाउनलाई रक्सी तान्दै वैशाखको गर्मीमा पनि आगो तापीरहेको देखिन्थ्यो । काग वा अरु चराहरु कराउँदा भूकम्प आउन लाग्यो भन्दै मान्छेहरु बाहिर निस्कन थाल्थे । आउनै लागेको मनसुनको डरले राहत र पुनर्निमाणमा लागेको समाजलाई 'पराकम्पन'को त्रासदीले फेरि अत्यासिलो बनाइदियो ।
३१ बैशाख २०७२




























Saturday, May 9, 2015

तङ्ग्रीँदैछ खोकना-फोटो कथा

खोकना रुटमा गाडि चलाउने यी ड्राइभरको  सिन्धुपाल्चोकमा घर काम नलाग्ने गरि भत्केको छ । सबै सकुसल भएकाले उनी १५ दिन हुँदा पनि आफ्नो घर गएका छैनन् । घर बनाउनुपर्ने छ । पैसाको जोहो गरेर केही दिनको लागि घर जाने प्लानमा छन् । 

 पौने घन्टा हाँकिएपछि रत्नपार्कबाट खोकना पुगिन्छ ।

खोकनामा पनि पुराना धरोहर बाँकी थिएनन् ।  


जन्मे हुर्केका घर खण्डहर हुँदाको पीडा सजिलै देखिन्थ्यो ।

सम्झनामा मात्र रह्यो सिँगारिएको कोठा पनि ।

खोकनाको छिमेकी बुङ्गमती  पनि उस्तै छ।

दाङबाट बुङ्गमतीमा होटल गर्ने यी दलित परिवारलाई नि भूकम्पले विजोग बनायो । 

धन्य आलुबारी : भुकम्पको बेला खोकनाका किसानहरु  यी  बारीहरुमा  काम गर्न गएका  थिए र जोगिए ।

जोगिएकाहरुलाई शहरबाट सहायता गर्न आएकाहरुको लस्कर।  

थाईल्याण्डका भिक्षुहरुले बाँडेको राहत लिँदै ।

भूकम्पले जर्जर गरिबीमा धकेलिदियो : पुराना लुगाफाटाहरु काम लाग्छन कि भनेर छान्दै । 

हामीले उनीहरुलाई धन्यबाद दिन्छौं । जसले हामीलाई सहयोग गरे।  कोहीले टिन दिए। 

कसैले अन्न दिए। 

कसैले खुट्टाले चलाएर पानी फिल्टर गर्ने यन्त्रहरु नि दिएर गए । 


दिनेहरुलाई धन्यवाद । जीवन चलाउन आफ्नो 'नाँलेज' पनि त प्रयोग गर्नुपर्यो ।

सरकार कहिले आउने हो, वर्खाको जोहो त गर्नैपर्यो । 


सगोलमा बस्ने हाम्रो घर धुलाम्यै भएपनि सगोलमै बस्नेगरी टहरो बनाउँदै ।

काम त गर्नैपर्यो । बारीको धनियाँ केलाउदै टेन्टभित्र एक महिला ।
तङ्ग्रिँदै छ खोकना ।
धन्यवाद ।

Wednesday, May 6, 2015

भयावह-भक्तपुर- फोटो कथा


२०७२ वैशाख १२ गते महाभुकम्पको महाविपद भोग्ने १४ जिल्ला मध्ये भक्तपुर पनि एक थियो । पुराना घरका संरचना, साँगुरो गल्ली भएको भक्तपुरमा भूकम्पको कल्पना पनि कहालीलाग्दो हुनसक्थ्यो । तर त्यस्तो भयो ।

विपद व्यवस्थापन तथा संभारको सामाजिक मूल्यांकनका स्वयंसेवकसँग २०७२ वैशाख २४ मा म पनि भक्तपुर गएको थिएँ । टाढैबाट हेर्दा पनि देखिन्थ्यो "भत्किएको भक्तपुर" । नजिकै जाँदा लाग्यो "भयावह भक्तपुर" । घर खोस्रँदै गरेका मान्छेसँग कुरा गर्न समय थिएन । सबैले सबैलाई हेरिरहन्थे, केही बोल्दैनथे । त्यसैले मसँग पनि शब्द छैनन् ।

च्याम्हसिँहबाट छिर्दा किसान बस्तीमा


घरहरुले पुरिएका गल्लीबाट हिँड्दा


केही भेटिन्छ कि ?
 
सबै ढले एक्लै घाइते भएर उभिएको छु
कता भागे होलान् ति मान्छेहरु
निशब्द
भन्नुस् त बैनी कहाँ बसौँ ? आफ्नै घरमा आउँदा डर लाग्छ ।
"यसपाली त मनै फाट्यो केल्ले सिउने केल्ले टाल्ने हो"
कस्तो विपद न खाना न पानी
खाटमुनी छिरेपनि मेरी आमा बाँच्नुभएन सँगै भएकी मलाई टुहुरी पारेर जानुभयो
धन्यवाद छिमेकी, हामीलाई पर्दा सहयोग गर्यौ
जस्को पनि आयु हुँदो रहेछ । भीमकाय प्राणीले नि जोगाउन सकेनन्
उमेर नपुगी मरिँदो रहेनछ : केहीले छोडी गए पनि पाँचतले एक्लै बाँचीरहेछु

धन्यवाद् ।