सानाठूला पराकम्पनहरु गइरहेका थिए । त्यही त्रासले अलिकति खुला ठाउँमा मान्छेहरु पाल टाँगेर जीवन जोगाइरहेका थिए । काठमाडौँको सबैभन्दा फराकिलो ठाउँ टुँडिखेलमा 'पाल भित्रको नेपाल' देखिन्थ्यो । काठमाडौँ भित्र र बाहिर घर गुमाएकाहरु टुँडिखेलमा थिए । टुँडिखेल वरिपरी घुमिरहेको टेम्पोमा एकजनाले भने, "यहाँ मानिसहरु राहत खान आएका हुन्" । तर मलाई त्यस्तो लागेन । उनीहरुमध्ये धेरै नै पीडाले आएका होलान् जस्तो लागेको थियो । घरमा पालेका कुकुरहरु, सोलार प्यानल बोकेर पनि मानिसहरु त्यहाँ आएका थिए । सामान्यजन त हुने नै भए । त्यसैले टुँडिखेलमा पालभित्रको नेपाल 'मिस्कट' देखिन्थ्यो ।
![]() |
सैनिक मञ्चमा |
![]() |
सालिक कस्को हो थाहा छैन तर धरहरा सुतेको हेरिरहेका जुद्ध शमशेर जस्तै लाग्थ्यो |
![]() |
आकाशे पुलबाट देखिएका भूपी बस्तीहरु |
![]() |
पारिजातको फूल र पिपलको पालुवावीचबाट देखिएका भूपी बस्तीहरु |
![]() |
टुँडिखेल अब खेल मैदान रहेन |
![]() |
सहयोगी सेनाहरु |
![]() |
बस्तीहरुमा सुस्ताउँदै मानिसहरु |
![]() |
"सोँचेजस्तो हुन्न जीवन" |
![]() |
सानो छानो पनि महान हुन्छ |
![]() |
पाङ्ग्रा खेलिरहेका किशोरहरु |
![]() |
सबै पालहरु उस्तै थिएनन् |
![]() ![]() |
टेकोले धानेको पाल |
![]() |
गास,बास,कपास पछि सूचना पनि |
![]() |
भूपी जीवनका तस्बिर खोज्न भौँतारिएकी विदेशी पत्रकार |
![]() |
पालभित्रको परिवार |
![]() |
भूकम्पबारे नाटक मञ्चन गर्दै कलाकार । 'आयो आयो' भनेर कलाकार चिच्याउँदा अगाडि बसेर नाटक हेरिरहेका बालबालिकाहरु भागेका थिए । त्रसित थियो वातावरण । कलाकारले दुखमा पनि हाँस्नुपर्छ भन्दै नाटक देखाएका थिए । |
![]() |
राष्ट्रिय झण्डा बोकेर खाने लाइनमा लामबद्ध भूपीहरु |
![]() | |||
खानाको लागि साँझपख लामबद्ध मान्छेहरु |
![]() |
एक पनियो र एक डाडु राहत |
![]() | ||
भूपीको तस्बिर खिच्दै एपीका पत्रकार |
![]() | ||
लाइनमा बसेर ल्याएको खाना समुहमा खाँदै |
![]() |
अस्थायी पानीटंकी र धारा |
![]() |
धन्यवाद खान दिएकोमा |
![]() | ||||||||||||||||||
कतै आफै खानाको जोहो गर्दै |
![]() |
दुखमा पनि मनोरञ्जन त चाहियो |
![]() |
भकुण्डो खेल्दै पाल बाहिरका भूपीहरु |
![]() |
सैनिक परेड खेल्ने ठाउँमा सर्वसाधरण भलि खेल्दै |

अब म घर बनाउँछु
![]() |
घर बनाइरहेको वावु |
![]() | ||
उसले के गरिरहेको थियो मलाई थाहा भएन । तर अब यो नयाँ नेपाल बनाउने पुस्ता हो । |
२०७२ जेठ १, शुक्रबार
No comments:
Post a Comment