"डिसिप्लिन"
२ बजेर ३० मिनेट गएको हुँदो हो । अर्नी खाएपछिको चिया गफमा दाईले भन्नुभो‚ "यहीँ गरेको कुरालाई अनुशासित भएर लेख्न बस्ने हो भने एउटा लेख बन्छ" । लेख बन्छ कि बन्दैन मलाई थाहा छैन त्यहाँ भएको कुरो लेख्दैछु । दाई भन्दै हुनुहुन्थ्यो‚ "हाम्रा भाइबैनाहरु धेरैबेरसम्म कम्प्युटरमा लेख्न बसेको देख्छु‚ एउटै कुरो लेख्दा लेख्दा बोर पनि लाग्दो हो । तर हाम्रै वरिपरि भएका कुराकानीलाई अनुशासित रुपले लेख्ने हो भने पढ्न योग्य लेख बन्छन् ।" सबैले दाईको कुरा त ठीक हो पनि भन्यौँ । हामीले होमा हो मिलाउनुको कारण थियो हामी लेख्दैनौ त के गर्ने ? हिजोआज विभिन्न विषयमा छलफल गोष्ठी भैरहेका हुन्छन् । प्रोफेसनल गफाडिबाट पनि गफ सुनिरहेका हुन्छौँ । त्यसबाट केही कुरा टिप्ने हो भने एक एक ओटा लेख बन्न सक्छ । छलफल गोष्ठिमा गयो चिया र कुकिज डाइजेष्ट गर्यो तर कुरा डाइजेष्ट भएन । कहिलेकाहीँ मैले डायरीमा सुने देखेका कुराहरु टिप्ने कोशिस त गरेँ तर निरन्तरता दिइन । डिसिप्लिनमा नै बस्न सकिएन । दाई थप्दैहुनुहुन्थ्यो‚ "एकजना माड्सावले कसैले केही नयाँ कुरा भन्यो कि डायरीमा टिप्ने‚ उनका लेख र किताबहरुका प्राथमिक सुचनाहरु तिनै डायरी हुन् ।
३ बजेतिर दाईका कुरा सुनेर तल झरेँ । लेख्न बसेँ अघिको कुरा मरे लेख्न सकिँदैन । कम्प्युटरमा झुन्डिएको साथीलाई सोधेँ‚ "यार आफ्नो वरिपरी सुने देखेका कुरा लेख्न बसेमा लेख बन्छ रे त" उस्ले भन्यो "त्यस्तो लेख्न बसे त के के लेख्ने‚ सबैकुरा लेखिसाध्य नै हुँदैन" ।
No comments:
Post a Comment