"डिसिप्लिन"
२ बजेर ३० मिनेट गएको हुँदो हो । अर्नी खाएपछिको चिया गफमा दाईले भन्नुभो‚ "यहीँ गरेको कुरालाई अनुशासित भएर लेख्न बस्ने हो भने एउटा लेख बन्छ" । लेख बन्छ कि बन्दैन मलाई थाहा छैन त्यहाँ भएको कुरो लेख्दैछु । दाई भन्दै हुनुहुन्थ्यो‚ "हाम्रा भाइबैनाहरु धेरैबेरसम्म कम्प्युटरमा लेख्न बसेको देख्छु‚ एउटै कुरो लेख्दा लेख्दा बोर पनि लाग्दो हो । तर हाम्रै वरिपरि भएका कुराकानीलाई अनुशासित रुपले लेख्ने हो भने पढ्न योग्य लेख बन्छन् ।" सबैले दाईको कुरा त ठीक हो पनि भन्यौँ । हामीले होमा हो मिलाउनुको कारण थियो हामी लेख्दैनौ त के गर्ने ? हिजोआज विभिन्न विषयमा छलफल गोष्ठी भैरहेका हुन्छन् । प्रोफेसनल गफाडिबाट पनि गफ सुनिरहेका हुन्छौँ । त्यसबाट केही कुरा टिप्ने हो भने एक एक ओटा लेख बन्न सक्छ । छलफल गोष्ठिमा गयो चिया र कुकिज डाइजेष्ट गर्यो तर कुरा डाइजेष्ट भएन । कहिलेकाहीँ मैले डायरीमा सुने देखेका कुराहरु टिप्ने कोशिस त गरेँ तर निरन्तरता दिइन । डिसिप्लिनमा नै बस्न सकिएन । दाई थप्दैहुनुहुन्थ्यो‚ "एकजना माड्सावले कसैले केही नयाँ कुरा भन्यो कि डायरीमा टिप्ने‚ उनका लेख र किताबहरुका प्राथमिक सुचनाहरु तिनै डायरी हुन् ।
३ बजेतिर दाईका कुरा सुनेर तल झरेँ । लेख्न बसेँ अघिको कुरा मरे लेख्न सकिँदैन । कम्प्युटरमा झुन्डिएको साथीलाई सोधेँ‚ "यार आफ्नो वरिपरी सुने देखेका कुरा लेख्न बसेमा लेख बन्छ रे त" उस्ले भन्यो "त्यस्तो लेख्न बसे त के के लेख्ने‚ सबैकुरा लेखिसाध्य नै हुँदैन" ।
Saturday, October 5, 2013
Friday, October 4, 2013
विवेक गुमेपछि
धु्रवे हात्तिलाई पनि ‘मार्नैपर्छ’ भन्ने र ‘मार्नुहुँदैन’ भन्ने विवादमा मार्नुपर्छ भन्ने स्थानीय पीडितहरुको भनाइको वाबजुत ध्रुवे बाँच्यो । तर मानववस्तीमा सहाराविहिन भएर हिँस्रक बनेको चितुवा ‘चित्रे’ चैत २८ मा मारियो । गोठाटारवासीले मारिदिए । आशा गरौँ नयाँ वर्षमा यस्तो नहोस् । संविधान शभाको चुनाव भएको ५ वर्षको दिनमा पनि यस्तो घटनाक्रम दोहोरिएको थियो । सहिष्णुताको हाम्रो सँस्कृतिमा यसले प्रहार गरिरहेको छ । मुलुकमा जो पनि जहाँ जाने हकलाई चित्रेको हत्याले सोचमग्न बनाएको छ । एकजना व्लगर राजु दाहालले आफुले प्रत्यक्ष देखेको घटनालाई ट्वीट गरेपछि मैले त्यो घटनाको फेहरिस्त थाहा पाएँ । दाहालका अनुसार घोडेजात्राको दिन गोठाटार गाविस १ नं. वडाको झाडीमा लुकेको चितुवालाई सयौँ मान्छेहरुको लाठी र ढुंगासहितको भिडले यता–उता चित्रेलाई खोजिरहेको थियो । मान्छेहरु प्रहरी प्रशासनले गोली चलाएनन भनेर प्रहरी प्रति आक्रोस जनाइरहेका थिए । घाँसपात गर्ने महिलाहरुका अनुसार त्यो चितुवाको बच्चाहरु पनि थिए रे । दाहाल दुःखी हुँदै लेख्छन्, “त्यो आमाले उनीहरुलाई कुनै सुरक्षित ठाउँमा लुकाएर म नआई कतै नजानु है भनेर छोडेर आएकी थिई होला । भोक र डरले लखतरान भएका बच्चाहरु खानेकुरा लिएर आमा आउने आशामा बाटो कुरेर बसेका होलान् ।” केही तथाकथित आँटिला मान्छेहरु बाँसको झ्याङभित्र लुकेको चितुवालाई चिर्पटले घोँचेर र ढुंगाले हानेर बाहिर निकाल्न बाध्य बनाए । डरले आत्तिएको चित्रेले हुँकार गर्दै अर्को ठाउँमा गएर लुक्यो । केहीलाई आक्रमण पनि ग¥यो । कसैको नियन्त्रण नभएको मानव सागरले पटक–पटक ढुंगा र लाठी प्रहार गरिरहेको दृष्य व्लगर राजुले डिलडिलबाट हेरिरहेका थिए । दाहालका अनुसार एकजना इन्सपेक्टरले रुखमा चढेर ५ राउण्ड गोली बर्साए । तर लागेन र कराएन पनि । त्यतिगर्दा नभएपछि लाठो र मुंग्रो लिएर मान्छेहरु बाँसको झाडिमा पसे । आत्तिएको चित्रेलाई दुश्मनहरुले क्रुर हुँदै टाउकोमा हिर्काए । भैगो नमार छोडिदेऊ भन्दा पनि कसैले सुनेन । दाहाल लेख्छन् “कान्लामाथि बसेर हेरिरहेको थिएँ– मानौँ आप्mनो बच्चालाई भनिरहेको होस कि– मलाई माफ गर, तिमीहरुको लागि खाना लिएर आउन सकिन” । डिलडिलमा बसेका मान्छेहरुले ठूलो उत्सव मनाए रे । तथाकथित विवेकी र बुद्धिमान मान्छेले घिसार्दै गाउँ घुमाउन लगे । बुद्धको देशको मान्छे हुँ भनेर विदेशीसँग परिचय दिँदै च्याट गर्ने हाम्रो चरित्रसँग हाम्रो थप अर्को पहिचान थपिएको छ । यस्ता घटनाहरु हामीसँग थुप्रै छन् । त्यसैले यो घटना नभएर घटनाक्रम हुनपुग्यो ।
जनआन्दोलन सकिएपछि वि.सं. २०४७ वैशाख १० मा त्रिपुरेश्वर र टेकुमा सयौँको संख्याले पुलिसहरुलाई ‘मण्डले’ को नाउमा कुटी–कुटी मारेका थिए । युवाले ६ जवानलाई लछार्दै पछार्दै टेकुको फुटपाथ र सडकमा ढालेका थिए । सयौँको संख्याले लात हान्दै । लठ्ठीले हिर्काउँदै । छाताको टुप्पाले घोँच्दै । टोल सुरक्षाको लागि भनि गठन गरिएको संकास्पद भीडले कुटपीट गर्दा त्रिपुरेश्वरको पचलीनिर ५ जना र टेकुमा १ जनाको हत्या गरिएको थियो । अर्कोदिन विहान मारेर फालिएको अवस्थामा प्रहरीको लासहरु फेला परेका थिए । गोरखापत्रकाअनुसार दुईवटा लास र ६ जना घाइतेहरुलाई उत्तेजित भिडले ठेलामा राखी नगरपरिक्रमा गराइरहेको अवस्थामा प्रहरीले सिंहदरवार अगाडिबाट पक्रेको थियो । त्योबेला असुरक्षाको कारणले स्कूलहरु बन्द भए । पसल पनि खुलेनन् ।
वि.सं. २०६३ चैत ७ मा गौरमा २८ जना माओवादी कार्यकर्तालाई मधेशी जनाधिकार फोरमका कार्यकर्ताले भाटा, रड, चिर्पट, इत्यादिले हानेर घोची–घोची मारेका थिए । मधेशको इतिहासमा यो पनि एउटा कलंकित घटना थियो । फोरमका समर्थकले रातो, पहेँलो र हरियो रंगका डण्डा बोकेका र उनीहरुले त्यस्तो डण्डा नभएकाहरुलाई आक्रमण गरेका थिए । गाउँगाउँमा माओवादीलाई खोजीखोजी मार्न थालियो । फोरम कार्यकर्ताहरुले बाँसको फट्टाले हानेर मारिएको थियो ।
वि.सं. २०६४ भदौ ३० मा कपिलवस्तुमा प्रभावशाली स्थानिय नेता मोइद खाँको हत्या भएपछि एक्कासी आक्रोस फैलियो १५ जनालाई मारियो । ३०० भन्दा बढि घर घडेरी जले । त्यो प्रतिशोध थियो । अर्कोतर्फबाट फेरि हल्लाहरु फैलिए । सयौँको हत्या, सयौँ लासहरु अलपत्र, स्तन काटिएको, ज्युँदै खाल्डोमा गाडिएको आदि । त्यो पनि प्रतिहिंसा जन्माउने चरित्र थियो ।
कुनै घटना हुने वित्तिकै तुरुन्त भौतिक प्रतिक्रिया दिने, टायर बालिहाल्ने, जुलुस निकाल्ने, हात उठाउने, मुठ्ठी बजाउने र मारिपनि हाल्ने दृष्टान्त हो चितुवा मार्ने काम । गोठाटारमा चित्रेलाई चिर्पटले टाउकोमा कुटी–कुटी मारियो । पर्यावरण पत्रकारिता गर्नेहरुले यसलाई ‘क्रुरता’ को संज्ञा भनि रिपोर्टिङ गरे । अर्का थरी पत्रकारले चितुवा हिंस्रक बनेपछि मार्नुपरेको ‘बाध्यता’ को रिपोर्टिङ गरियो । कसैले रिपोर्टिङ गर्न आवश्यक नै देखेनन् । सरकारी पक्षले पनि बाध्यता नै भने । नेपाली समाजभित्र भएको हिँस्रक चरित्र हो । संक्रमणकालिन अवस्थामा लम्बिँदै जाँदा यस्ता क्रुर उदाहरण देखिरहनुपरेको छ । यस्ता कैयौँ उदाहरणका चाङ पनि प्रस्तुत गर्न सकिन्छ । यस्ता घटना नेपालको संक्रमणकालले गर्दा घटेका थिए । समाज एक चरणबाट अर्को चरणमा जाँदा त्यहाँ कानुन नियम कमजोर भएका हुन्छन् । व्यक्तिले राज्यबाट केही अपेक्षा गर्न नसक्दा आत्महत्याको बाटो रोज्छ । समाज क्रुर र निर्मम बन्दै जान्छन् ।
अन्नपूर्ण पोष्टमा छापिएको मिति छापिएको मिति २०६९ चैत ३१
पुस्तक समीक्षा : सुवेदी, नवराज । २०६९ । इतिहासको एक कालखण्ड । काठमाडौँ : जगदम्बा प्रकाशन ।
भीमबहादुर पाँडेको त्यसबखतको नेपाल, डा. हर्षबहादुर थापामगरको महेन्द्रको जीवनी, गृष्मबहादुर देवकोटाको नेपालको राजनीतिक दर्पण पुस्तक पढेका व्यक्तिको लागि यो पुस्तक तात्वीक रुपमा नयाँ छैन । २५ वर्षको उमेर नपुग्दै पञ्चायतमा पसेका युवा नवराज सुवेदी पञ्चायतका गृहमन्त्रीसम्म पुगे । ७० वर्षको उमेर घर्केपछि उनले इतिहासको एक कालखण्ड पुस्तक लेखेका छन् । पुस्तकलाई ४ खण्डमा विभक्त गरिएको छ । १३६ पेजको पुस्तकलाई उनले ३ वटा राजा (महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र)को कार्यकाललाई बयान गरी ३ खण्ड र आप्mनो नीजि जीवनलाई समेटेर अन्तिम खण्ड तयार पारेका छन् । १३ पेजको श्यामस्वेत फोटोग्राफ समेटिएको यो पुस्तकको पृष्ठभूमीमा डा. तारानाथ शर्माले यो पुस्तकलाई ’पञ्चायतकालको विश्वसनीय विश्लेषण‘ भनि चर्चा गरेका छन् । डा. शर्मा नाताले लेखक सुवेदीका जेठसासुको छोरीज्वाईं पर्छन् । पुस्तकमा देखिएका शुद्धाशुद्धिलाई ख्याल गर्ने हो भने जगदम्बा प्रकाशनले हतारमा छापिएको पुस्तक जस्तो देखिन्छ ।
पुस्तकमा तत्कालिन राजा महेन्द्रलाई दुरदर्शी नेता भन्न खोजिएको छ । तत्कालिन राजा वीरेन्द्रलाई सोझा, आफुले निर्णय गर्न नसक्ने हुँदा रानी र अन्य राजपरिवारको पेलुवामा परेर पञ्चायत व्यवस्था राम्रोसँग चलाउन नसकेको उल्लेख गरिएको छ । वि.सं. २००७–२०१७ को प्रजातन्त्रकाल र वि.सं. २०२८–२०४६ को वीरेन्द्रकाल भन्दा महेन्द्रकाल (२०१७–२०२७) को अवधि विकासका दृष्टिले दुरगामी र महत्वपूर्ण थियो, पुस्तकमा भन्न खोजिएको छ । पूर्वपश्चिम राजमार्ग, उत्तरदक्षिण जोड्ने मार्गहरु, चिनी, चुरोट, जुत्ता कारखानाहरु, मुलुकी ऐन तथा भूमिसुधार कार्यक्रम, प्रज्ञाप्रतिष्ठान आदिको स्थापनालाई विकासको दृष्टिले दुरगामी भन्न खोजिएको छ । पुस्तकको पहिलो खण्डमा तत्कालिन राजा महेन्द्रलाई दिलदार, जनताको लागि काम गर्न सक्ने राष्ट्रवादी राजाको रुपमा चित्रण गरिएको छ । महेन्द्रले, आप्mनो पञ्चायतको कार्यकालमा वीपीजस्तो योग्य र दुनियाँलाई देखाउन लायकको प्रधानमन्त्री अर्को हुन नसकेको र आप्mनो जीवनमा हुन नसक्ने भनि बताएको कुरालाई उल्लेख गरिएको छ (पे. १८) । महेन्द्र निकै चलाख र कहाँ के भैराखेको छ, भनी थाहा पाउने राजा थिए भनि जान्न त्यतिबेला एउटा उखान चलेको थियो, ”कुन व्यक्तिको घराँ के तरकारी पाक्यो राजा महेन्द्रलाई थाहा हुन्थ्यो रे“ (पे. २२) । लेखकले राजा महेन्द्रलाई कान नभएको र चुक्ली लाएको भरमा कसैको कुरा नपत्याउने राजा भनेर चिनाउन चाहन्छन् । खासमा लेखकलाई पञ्चायतले धेरै दियो उनी राष्ट्रिय पञ्चायतको सदस्य हुँदै गृहमन्त्रीसम्म पुग्दा आप्mनो जीवन सफल भएको ठान्दछन् । त्यसकारण महेन्द्रलाई उनी औधी मनपराएको बुभ्mन त्यति गाह्रो छैन । त्यसैले उनले लेखेका छन्, श्री ५ महेन्द्रबाट मैले सब पाएँ– मान, सम्मान, धन आदि ।
पुस्तकको दोस्रो खण्डमा पञ्चायतको दोस्रो कार्यकालको अथवा वीरेन्द्रको कार्यकालको चर्चा गर्न खोजिएको छ । उनले पुस्तकको पहिलो भागमा तत्कालिन राजा वीरेन्द्रलाई, महेन्द्रले, साह्रै सोझो छ, अरु भाइहरु साह्रै चलाख छन् राजकाज कसरी चलाउला भनेर साह्रै चिन्ता गर्थे (पे. १९) भनेर लेखेका छन् । र लेखकले वीरेन्द्रको समयमा रानीको बढी सक्रियता र दरबारका सचीवहरुको दवदबाले वीरेन्द्रको समयमा राजतन्त्र कमजोर हुँदै गएको कुरा उल्लेख गरेका छन् । उनले दरबारका सचीवहरुकहाँ चाकडीवाजहरुको भीड लाग्ने गरेको कुरा उल्लेख गरेका छन् (पे. ३६) । यही सन्दर्भलाई संकेत गर्दै लेखक सुवेदीले सूर्यबहादुर थापाको, देशमा द्वैध शासन छ, सिंहदरवारमा एक, अर्को नारायणहिटीमा, भनि लेख्दा जेलमा थुनिनुपरेको कुरा उल्लेख गरेका छन् (पे. ३८) । तत्कालिन राजा वीरेन्द्रलाई आप्mनो स्वविवेकले कुनैकुरा निर्णय गर्न नसक्ने राजा भन्ने कुरा उल्लेख गरेका छन् । जीवनमा आप्mनो स्वविवेकले गरेको निर्णय वि.सं. २०३६ मा जनमतसंग्रह गर्ने निर्णय थियो । सो निर्णय लिँदा रानीलाई पनि थाहा नदिएको कुरा उल्लेख गरेका छन् ।
तत्कालिन राजा महेन्द्रपछि उनले पुस्तकमा बारम्बार प्रशंसा गरेका पात्र सूबथा हुन् । सूबथाको मन्त्रीमण्डलमा रहेका सुवेदीले उनले जनमतसंग्रहमा पञ्चायतलाई जिताउन सूबथाले गरेको प्रयासलाई चर्चा गरेका छन् । उनले लेखेका छन्, सुबथाले पञ्चायतलाई जिताउन हेलिकोप्टर उडेपछि सुत्नुहुन्थ्यो र ओर्लेपछि उठ्नुहुन्थ्यो (पे. ४६) । चोथमल जटिया भन्ने २ नम्बरी व्यापारीले सर्पको छालाको व्यापार गर्ने, नेपालमा आपूmलाई नेपाली नागरिकता दिने र कटन मिल काठमाडौँमा खोल्न अनुमति दिने सर्तमा उनले सूबथाले मागेको साढे ३ करोड भन्दा बढि पैसा दिएको र त्यसैले पञ्चायतलाई जित्न सहयोग पुगेको कुरा उल्लेख गरेका छन् । निर्दलिय पञ्चायतलाई सूबथाले जिताइसकेपछि दरबारका मान्छेहरुको पैसा कमाउने चाहना ह्वात्त बढेको तर सूबथाले कसैलाई नटेर्ने हुँदा उनैलाई हटाउन दरबारका मान्छे लागेपछि सूबथाको सरकारको पतन भयो र पञ्चायतको नै अधोगति सुरु भयो भन्ने कुरा उल्लेख गरेका छन् । तत्कालिन राजा वीरेन्द्रलाई असल र सोझो राजाको संज्ञा दिँदै उनको सोझोपनको फाइदा तत्कालिन बडामहारानी ऐश्वर्य, दरबारका सचिबहरु चिरनशम्शेर र ताराबहादुर थापाले आप्mनो स्वार्थको लागि प्रयोग गरे भन्ने कुरा उल्लेख गरेका छन् (पे. ७०) ।
पुस्तक पञ्चायतमा भएका अभ्यास बारे बुभ्mनलाई अत्यन्त उपयोगी छ । लेखकले पुस्तकमा आप्mनो तर्पmबाट भएको कमजोरी कहीँ देखाउन खोजेका छैनन् । जसरी विनोद चौधरीले आप्mनो आत्मकथामा आपूmलाई हिरो बनाउन खोजेका छन् । ठ्याक्कै त्यसरी त होइन तर त्यही प्रवृत्तिमा लेखकले आप्mना काम कारबाहीको चर्चा गरेका छन् । उनले आप्mनो विरुद्ध बोल्ने भारतीय राजदुत भीमबहादुर पाँडे, पञ्चायतको सुरुवातमा पश्चिम क्षेत्र हेर्ने मन्त्री खड्गबहादुर सिंह आदिलाई सधै नकरात्मक ढंगले र चन्द्रनिगाहपुरमा आपूmलाई जग्गा किन्न पेश्की रकम मिलाईदिन सहयोग गर्ने तत्कालिन अर्थमन्त्री सूबथा (पे. ६) लाई पुस्तकभरी प्रशंसैप्रशंसा गर्ने, युवक संगठनमा २ पटक पराजित हुँदा त्यो निर्वाचनलाई धाँधली देख्ने (पे. ३) अर्थमा उनले पुस्तक एकतर्फी रुपमा लेखेका छन् । आत्मआलोचनासहित लेखेका छैनन् भन्ने प्रशस्त ठाउँ छ । तत्कालिन राजा महेन्द्र र उनको प्रारम्भिक कालको बारेमा डा. बहादुर मगरले पनि यस्तै कुरा गरेका छन् । पाठकहरुले मगरको सो किताब पढेका भए सुवेदीको यो पुस्तक त्यति रुचिकर नलाग्न पनि सक्छ । यो पुस्तकको सुन्दरतालाई भत्काउने काम डा. तारानाथ शर्माको भूमिका जस्तो नोटले गरेको छ । उनको लेखले न पुस्तकको आलोचना गरेको छ, न प्रशंशा नै । उनले राजतन्त्र अवसानपछिको आक्रोशलाई भूमिकामा प्रस्तुत गरेका छन् । जुन पुस्तकको लागि छेउ न टुप्पोको लेख बनेको छ । सुवेदीले नाम चलेका लेखक ज्वाईंको मनितो राखेपनि लेखकीय हिसाबले पुस्तकको मान राख्न उनको लेखले सघाएको छैन ।

Thursday, October 3, 2013
सामुहिक हिंशाबारेको सन्दर्भसूची
२०४७ वैशाख १० मा काठमाडौँमा भएको हिंसाबारेको समाचार र विश्लेषण
गोरखापत्र । २०४७ । कर्फ्यु आदेश जारी । ११ वैशाख, पृ. १/७ ।
गोरखापत्र । २०४७ । कर्फ्यु आदेश जारी । १२ वैशाख, पृ. १ ।
गोरखापत्र । २०४७ । श्री ५ बाट जनधनको क्षतिप्रति दुःख व्यक्त । १२ वैशाख, पृ. १ ।
गोरखापत्र । २०४७ । सोमबार भएको हिंसात्मक घटनाबारे जानकारी । १२ वैशाख, पृ. १ ।
गोरखापत्र । २०४७ । आजको दायित्व (सम्पादकीय) । १२ वैशाख, पृ. ४ ।
गोरखापत्र । २०४७ । कर्फ्यु आदेश जारी । १३ वैशाख, पृ. १ ।
गोरखापत्र । २०४७ । समयको माग (सम्पादकीय) । १३ वैशाख, पृ. ४ ।
गोरखापत्र । २०४७ । १८ जना घाइते प्रहरी अस्पतालमा । १४ वैशाख, पृ. १/८ ।
गोरखापत्र । २०४७ । कर्फ्यु आदेश जारी । १४ वैशाख, पृ. १ ।
दीक्षित, कनक । २०५७ । त्यो हृदयविदारक क्षण । हिमाल ?? : ?? ।
वादेपा । २०४७ । चिन्तनको चौतारी । १४ वैशाख, पृ. ४ ।
Chitrakar,
Gopal. 1992. People Power (Photo Collection including 10 Baishakh 2047,
unpleasant incident). Kathmandu : Sita Chitrakar.
Shah,
Rishikesh. 1992. Towards the Movement
for the Restoration of Democracy and Human Rights. In, Politics in 1980-1991, pp. 178- 227.
२०५४ जेठमा नेपालगञ्जमा भएको हिन्दू मुश्लिम दंगाबारे
गाउँले, शिव । २०५४ । नेपालगञ्ज : धार्मिक कचिङ्गलको विस्फोटक थलो । हिमाल ७(२) : ८–१६ ।
२०५७ पुसमा भएको हृतिक रोशन काण्डबारे
प्रेमर्षी, धिरेन्द्र । २०५७ । राष्ट्रवादको मुखुण्डोमा अराजकता । हिमाल १६–२९ माघ : २२–२३ ।
दीक्षित, कनक । २०५७ । बर्बर नेतागिरी । हिमाल १०(२०) : ५९ ।
हिमाल । २०५७ । आधारहीन आक्रोशको अराजकता (सम्पादकीय) । १०(१९) : २६–२८ ।
२०६१ भदौमा भएको इराक हत्याकाण्ड र नेपालमा मुश्लिम समुदाय उत्पन्न भयको स्थितिबारे
अधिकारी, सरद । २०६१ । निरिह सुरक्षा व्यवस्था । समय भदौ : २८ ।
गौतम, राजाराम र तिलक पाठक । २०६१ । अराजकताको आगो । नेपाल ५(६) : २२–२७ ।
घिमिरे, युवराज । २०६१ । अतिवादको खेलमैदान । समय भदौ : २२–२७ ।
नेपाल, किरण र ध्रुव सिम्खडा । २०६१ । १६ भदौको राष्ट्रिय क्षति : फेरि पनि दोषि दण्डित नहुने संकेत । हिमाल १४(११) : १८–२३ ।
पौडेल, मधुसूदन र शरद अधिकारी । २०६१ । अभागी छोराहरु । समय १(२१) : २४–३३ ।
शर्मा, पीताम्बर । २०६१ । भाद्र १६ लाई खोतलेर हेर्दा । मूल्यांकन १२३ : ११–१२ ।
श्रेष्ठ, मुक्ता । २०६१ । भाद्र १६ सरकारविनाको वीभत्स ६ घण्टा । मूल्यांकन १२३ : ६–१०÷४२ ।
शाह, सौभाग्य । २०६१ । राज्य, राजनीति मिडिया र समाज : को कहाँ चुक्यौँ ? हिमाल १४(११) : २४–२७ ।
समय । २०६१ । राष्ट्रिय शोक लज्जामा नबदलौँ (सम्पादकीय) । १(२१) : ५ ।
हिमाल । २०६१ । ती शहीद हुन् (सम्पादकीय) । १४(११) : ६ ।
२०६१ मंसिरमा पर्साको विरुवागुठिमा माओवादी विरुद्ध प्रतिकार र यससम्बन्धी हिंसाबारे
ढुंगेल, माधव । २०६१ । ‘गृहयुद्ध’ भोगेको गाउँको दुर्दशा । नेपाल २(७) : ३४–३५ ।
२०६१ पुसमा दैलेखको दुल्लुमा माओवादी विरुद्ध गरिएको प्रतिकारबारे
अधिकारी, सरोजराज । २०६१ । दुल्लु विद्रोहको नायिका । नेपाल ४ पुस : २१ ।
नेपाल, किशोर । २०६१ । जनविद्रोहको ज्वालामा दैलेखमा माओवादी । हिमाल १४(१६) : ५८–६३ ।
लाल, सीके । २०६१ । स्वतस्फूर्तः स्वतः सेलाउँछ पनि । हिमाल १४(१६) : ६४–६५ ।
२०६२ वैशाखमा नवलपरासीमा स्थानीयले माओवादी विरुद्ध गरेको प्रतिकारबारे
ज्ञवाली, दिपक । २०६२ । बर्गदाहवा नरसंहार । समय वैशाख १५ : २५–२९ ।
२०६३ मा भएको गौर हत्याकाण्डबारे
चन्द्रकिशोर । २०६३ । अधिकारका नाममा अपराध । हिमाल १६(२४) : ४०–४१ ।
तिम्सिना, यशोदा । २०६३ । पाशविकताको पराकाष्ठा । नेपाल ७(२४) : २१–२३ ।
दाहाल, ऋषिकेश र शिव पुरी । २०६३ । नृशंस नरसंहार । नेपाल ७(३३) : २४– २७ ।
दाहाल, पुरुषोत्तम । २०६३ । घृणाको वीजारोपण । हिमाल १६(२४) : ४२–४३ ।
पाठक, तिलक । २०६३ । संकतमा शान्ति प्रक्रिया । नेपाल (३३) : २८–३० ।
हिमाल । २०६३ । बदला अनुचित । १६(२४) : ४ ।
२०६४ मा भएको कपिलवस्तु घटनाबारे
आचार्य, माधव । २०६४ । सीमापारिबाट भएको सुनियोजित घटना । नेपाल ८(१०) : ३३ ।
ढुंगेल, माधव । २०६४ । कपिलवस्तु नरसंहार कसरी भयो ? कसले गरायो ? नेपाल ८(९) : २२–२६ ।
ढुंगेल, माधव । २०६४ । सबै थोक लुटियो । नेपाल ८(१०) : २७–३२ ।
दीक्षित, कनक । २०६४ । कपिलवस्तुको संवेदनशील सन्देश । हिमाल १७(१२) : २०–२१ ।
पुन मगर, जेवी । २०६४ । शक्ति उन्माद । हिमाल १७(१२) : १६–१९ ।
पौडेल, विजय । २०६४ । काठमाडौँलाई कपिलवस्तु किन दुख्दैन ? नेपाल ८(१०) : ३२ ।
ज्ञवाली, दिपक । २०६४ । भयावह कपिलवस्तु । समय चैत्र ४ : २०–२१ ।
विभिन्न दलित हिंसाबारे गरिएका मिडिया कभरेज र प्रतिवेदन
किसान, यामबहादुर २०५७ । कडा आर्थिक नाकाबन्दीसँग लडिरहेका छन् सप्तरीका चमारहरु । जन उत्थान ६(१४) : २७–२९ ।
जनउत्थान । २०६५ । कल्ली कुमारीको बयान । चैत ।
नेपाली, बाबुराम । २०६० । कास्कीमा एमालेको अगुवाईमा दलितमाथि ज्याजती । समता सन्देश ७ : १३–१५ ।
परियार, अमृत । २०५७ । लाहानमा चमार जातिलाई नाकावन्दी ः मानवअधिकार उलंघनको विकराल रुप । जन उत्थान ६(१३) : १७–२१ ।
बराली, रणेन्द्र । २०५७ । चमार बहिष्कार विरुद्धको संघर्ष र यसले सिकाएको पाठ । समानता ७(१) : ३४–३७ ।
मिजार, धनबहादुर । २०६६ । बालिकाको सामूहिक बलात्कारपछि निर्मम हत्या । लुकेको आवाज ५(२) ११–१२ ।
राष्ट्रिय दलित आयोग । २०६८ । दैलेख जिल्लाको तोली गा.वि.स. वडा नं. २ धनीगाउँका सन्तबहादुर दमाई र राजकुमार शाही विचको अन्तरजातिय विवाहको विषयलाई लिएर केटाका बाबु सेते दमाईको हत्या गरिएको घटना सम्बन्धी स्थलगत अध्ययन प्रतिवेदन । नेपाल सरकार राष्ट्रिय दलित आयोगको वेभ पेज
http://www.ndc.gov.np/uploads/Final%20Fact_Fanding%20of%20Dailekh%20Case.pdf २५ सेप्टेम्बर २०१३ मा डाउनलोड गरिएको ।
राष्ट्रिय दलित आयोग । २०७० । बेलबारी घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन । राष्ट्रिय दलित आयोगको वेभ पेज http://www.ndc.gov.np/uploads/belwari%20incident%201.pdf मा बाट २५ सेप्टेम्बर २०१३ मा डाउनलोड गरिएको ।
महिला हिंसाबारे
Sujata Poudel. NEPAL : Witchcraft as a Superstition and a
form of violence against women in Nepal. Available at www.humanrights.asia/opinions/columns/
AHRC-ETC-056-2011.
विविध तथा हिंसाबारे गरिएका अनुसन्धानपत्र
Bhattachan, Krishna Bahadur.
Emerging Decentralized Politics of Collective Violence in Nepal. Available at www.nefin.org.np/hppics/85885_Emerging
Decentralized Politics of Collective Violence in Nepal by Dr. Bhattachan.doc, download
in 25 September 2013.
तयारी मिति : २५-२६ सेप्टेम्बर २०१३