खोकना रुटमा गाडि चलाउने यी ड्राइभरको सिन्धुपाल्चोकमा घर काम नलाग्ने गरि भत्केको छ । सबै सकुसल भएकाले उनी १५ दिन हुँदा पनि आफ्नो घर गएका छैनन् । घर बनाउनुपर्ने छ । पैसाको जोहो गरेर केही दिनको लागि घर जाने प्लानमा छन् ।
पौने घन्टा हाँकिएपछि रत्नपार्कबाट खोकना पुगिन्छ ।
खोकनामा पनि पुराना धरोहर बाँकी थिएनन् ।
जन्मे हुर्केका घर खण्डहर हुँदाको पीडा सजिलै देखिन्थ्यो ।
सम्झनामा मात्र रह्यो सिँगारिएको कोठा पनि ।
जोगिएकाहरुलाई शहरबाट सहायता गर्न आएकाहरुको लस्कर।
थाईल्याण्डका भिक्षुहरुले बाँडेको राहत लिँदै ।
भूकम्पले जर्जर गरिबीमा धकेलिदियो : पुराना लुगाफाटाहरु काम लाग्छन कि भनेर छान्दै ।
हामीले उनीहरुलाई धन्यबाद दिन्छौं । जसले हामीलाई सहयोग गरे। कोहीले टिन दिए।
कसैले अन्न दिए।
कसैले खुट्टाले चलाएर पानी फिल्टर गर्ने यन्त्रहरु नि दिएर गए ।
दिनेहरुलाई धन्यवाद । जीवन चलाउन आफ्नो 'नाँलेज' पनि त प्रयोग गर्नुपर्यो ।
सरकार कहिले आउने हो, वर्खाको जोहो त गर्नैपर्यो ।
सगोलमा बस्ने हाम्रो घर धुलाम्यै भएपनि सगोलमै बस्नेगरी टहरो बनाउँदै ।
तङ्ग्रिँदै छ खोकना ।
धन्यवाद ।
तस्विर ७ को दलित परिवारलाई १ बोरा चामल र १० केजी दाल लगायत नुन मसला आदि सहयोग गर्नुहुने साथीलाई धन्यवाद ।
ReplyDelete