नेपालमा ६ ओटा दुरसंचार सेवा प्रदायक कम्पनी छन् । जसमध्ये
दुरसंचार सेवा बजारमा नेपाल टेलिकम र एनसेलको बजार प्रभुत्व देखिन्छ । यी दुवै
इन्टरनेट सेवा प्रदायक कम्पनीहरु पनि हुन् । नेपाल दुरसंचार प्राधिकरणले उल्लेखित कम्पनीलाई फ्रिक्वेन्सी
विना "अनुभव" बितरण गर्दा इन्टरनेट सेवा प्रदायकहरुले आफूले सेवा विस्तार
गर्न सक्ने फ्रिक्वेन्सी समेत पाइराखेका छैनन् । यो गैर "अनुभव"ले आइएसपीको भन्दा
इन्टरनेट सेवा प्रदान गर्ने सन्दर्भमा टेलिकम कम्पनीको प्रभावकारिता बढ्दो देखिन्छ
। यहाँ बजारमा प्रभुत्व देखाउने २ टेलिकम कम्पनी नेपाल टेलिकम र एनसेलले इन्टरनेट
विस्तारमा खेलेको भूमिकालाई चर्चा गरिएको छ ।
नेपाल टेलिकम
नेपाल टेलिकमले २०५७ सालदेखि डाटा इन्टरनेट सेवा अन्तर्गत
डायलअपबाट इन्टरनेट सेवा दिन सुरु गरेको हो । यसले डायलअप‚ जिपीआरएस‚ एडिएसएल हुँदै हाल जिएसएम मोवाइल प्रविधिबाट तेस्रो पुस्ता -थ्रीजी_को
सेवा तथा आइपी सिडिएमए प्रविधिबाट इभिडिओ सेवा र चौथो पुस्ता‚ फोरजीको वाइम्याक्स
प्रविधि मार्फत कम्पनीले वायरलेस ब्रोडव्याण्ड इन्टरनेट सेवाको विस्तार गरिरहेको छ
। नेपाल दूरसञ्चार प्राधीकरणको डाटा अनुसार नेपाल टेलिकमले ५० प्रतिशत जति बजार
हिस्सा ओगटेको छ । तर यो बजार हिस्सा धेरै हुनुमा धेरै प्रकारका सेवा वेच्न पाएर
पनि हो । उसले डायल अप‚ एडिएसएल‚
जिपिआरएस‚ इडिजिइ‚ डब्ल्युसिडिएमए‚
सिडिएमए वनएक्स‚ इभिडिओ‚ वाइम्याक्स गरी नौ ओटा सेवाहरु बेचिरहेको छ । नेदुप्राको मिस
रिपोर्ट अनुसार यसका कम्तिमा ४७ लाख इन्टरनेट प्रयोगकर्ता छन् । यो इन्टरनेट
प्रयोगकर्ताको रुपमा पहिलो स्थानमा छ । जबकी एउटा मात्र सेवा बेचिरहेको एनसेलका ३९
लाख इन्टरनेट प्रयोगकर्ता देखिन्छन् ।
नेपाल टेलिकमले २०६५
वैशाख देखि काठमाडौँबाट सुरु गरेको तामाको तारमा आधारित एडिएसएल इन्टरनेट सेवा
देशका ७५ ओटा जिल्लाहरुमा उपलब्ध गराएको छ । यसको ७० प्रतिशत व्याण्डवीथ प्रयोग
एडिएसएलमा नै छ । यो सेवा व्यक्तिगत तथा संस्थागत भनेर दुइ तरिकाले वितरण गरिएको छ
। ल्याण्डलाइन सेवा मार्फत इन्टरनेट दिन सक्दा यसको प्रयोग बढ्दो छ । त्यस्तै
नेपाल टेलिकमले थ्रिजी सेवालाई मुख्य जोड दिएर देशभर विस्तार गर्न थालेको छ ।
लुम्बिनी‚ पोखरा‚ चितवन‚ हेटौँडा
र धवलागिरी अञ्चलका सबै जिल्ला मुस्ताङ‚ गोर्खा लगायतका
क्षेत्रमा थ्रीजी सेवा विस्तार गरेको छ । त्यसैगरी देशका सबै गाविस तथा
नगरपालिकाहरुमा न्यूनतम २५६ केविपिएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार
गर्ने लक्ष अनुरुप २ लाख लाइन क्षमताको प्रविधिमा आधारित उपकरण वाइम्याक्स २०६९
कार्तिक देखि संचालनमा ल्याइएको छ । यसका पनि करिब ९ हजार ग्राहक रहेका छन् । यो
उच्च गतिको इन्टरनेट सेवा ७० जिल्लामा पुगेको छ । बैँकिङ्ग तथा वित्तिय क्षेत्र‚ विश्वविद्यालय‚ कुटनीतिक
नियोग तथा प्राविधिक क्षेत्रमा काम गर्ने संस्थाहरुलाई उपयोगी देखिने वाइम्याक्समा
विभिन्न क्षमताका तीनथरी उपकरणले १५ किलोमिटर टाढासम्म रहेर इन्टरनेट चलाउन सकिन्छ
। यो सेवा ७० जिल्लाका उपभोक्ताहरुलाई वितरण गरिएको छ । त्यसबाहेक नेपाल टेलिकमले
सिडिएमए वायरलेस इन्टरनेट र मोवाइल प्रविधिमा आधारित जिएसएम सेवा आफूले प्रयोग
गरिरहेको मोबाइल सेटमा चलाउन सकिन्छ । यसरी नेपाल टेलिकमले विभिन्न ग्राहकलाई ध्यानमा
राखेर आफ्ना सेवाहरु देशभर विस्तार गरेपनि केही आइएसपीको भन्दा यसको मूल्य महँगो
पनि छ । जस्तो क्लासिक टेकले कम्तिमा पनि ५१२ केविपिएस क्षमताको ब्याण्डवीथ एकहजार
रुपैँयामा बेच्छ । भने एनटिसीले एडिएसएल अन्तर्गतको १९८ केविपिएस क्षमताको
ब्याण्डवीथलाई ९ सय रुपैँयामा लिन्छ । भने ३८४ केविपिएस गति क्षमताको
व्याण्डवीथलाई १५ सय रुपैँया लिन्छ । इन्टरनेटको क्षेत्रमा प्रतिस्पर्धाको कारणले
तुलनात्मक रुपमा सानो खेलाडि भएपनि क्लासिक टेकले मुल्य र गुणस्तर दुवै हेरेको
देखिन्छ । नेपाल टेलिकम पूर्वाधार र प्राविधिक क्षमताका हिसाबले उच्च हुँदाहुँदै
पनि यो उदाहरणले पनि ठूला सेवा प्रदायकले सानाले भन्दा मूल्य महँगो लिएको देखिन्छ
। पूर्वाधार साझेदारीको अवधारणामा जान नरुचाउने कारणले आइएसपीले भन्दा महँगो
मूल्यको इन्टरनेट सेवा ठूला टेलिकम प्रदायकले लिइरहेका छन् ।
पूर्वाधार
र प्रविधिका हिसाबले नेपाल टेलिकम अन्यभन्दा अगाडि छ । टेलिकमले २०७१ सम्म ५८
जिल्लामा इन्टरनेटको लागि फाइबर सञ्जाल विस्तार गरिसकेको छ । पूर्वको विर्तामोड
देखि पश्चिम महेन्द्रनगरसम्म महेन्द्र राजमार्गका २५ ठाउँमा अप्टिकल फाइवर विस्तार
गरेको छ । त्यसबाट काठमाडौँ र पोखरा लगायतका ४० ठाउँबाट फाइबर कनेक्सन दिन सकिन्छ
। टेलिकमले विद्युत् प्राधिकरणसँगको सहकार्यमा हिमाली र पहाडी क्षेत्रमा पनि अप्टिकल
फाइबर विस्तार गर्न लागेको छ । सुनसरीको दुहबीदेखि इटहरीसम्म वैकल्पिक व्यवस्थाका
लागि प्लस कम्युनिकेसन प्रालिको फाइबर भाडामा लिएको छ । अन्य ठाउँमा पनि यसले
फाइवर विस्तारको लागि निजी क्षेत्रसँग सहकार्य गरेको छ । नेपाल
टेलिकमले आर्थिक वर्ष ०७१/७२
भित्र देशका सबै जिल्लामा अप्टिकल फाइबरको सञ्जाल
विस्तार गर्ने भएको छ । मोबाइल, टेलिफोन तथा डेटा सेवाको गुणस्तर सुधार गर्नका लागि कम्पनीले सबै जिल्ला सदरमुकाममा अप्टिकल
फाइबरको नेटवर्क विस्तार गर्न लागेको हो ।ले जिल्ला सदरमुकाम र यसको आसपास तथा प्रमुख ब्यापारिक केन्द्रहरुमा थ्रिजी सेवा सञ्चालनमा
ल्याएको छ । पूर्वको मोरङ र
सुनसरी जिल्लाका विभिन्न स्थानमा ३३ ओटा विटिएस टावर, मध्यपश्चिमाञ्चल विकास क्षेत्रका बाँके, बर्दिया, सुर्खेत,
दैलेख,
दाङ,
रोल्पा,
सल्यान,
प्युठान
र जुम्ला जिल्लामा ३७ वटा विटिएस टावर र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका सम्पूर्ण ९ वटै जिल्लामा ३७ वटा टावर मार्फत थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । पूर्वाधार विकासका हिसाबले नेपाल टेलिकम
अन्यभन्दा अब्बल भएपनि यसले आफूले धेरै बर्ष लगाएर बनाएको पूर्वाधार भन्दै अन्य
नयाँ आइएसपीहरुसँग साझेदारी गर्न मानिरहेको छैन् । यसले प्रतिस्पर्धालाई कमजोर
गराउने र एकाधिकार बढाउने देखिन्छ ।
एनसेल
एनसेल नीजि क्षेत्रको जिएसएम मोबाइल अप्रेटर
कम्पनी हो । यसले २०६२ सालमा निजीतर्फको मोबाइल सेवा प्रदायकका रुपमा जीएसएममा
आधारित मोबाइल सेवा सञ्चालन गरेको थियो । एनसेलले २७ ओटा जिल्लाको ३४ ठाउँमा आफ्ना
एनसेल सेन्टर खोलेको छ । हालसम्म नेपालका १६ ओटा शहरहरुमा थ्रीजी सेवा संचालन गरिएको
छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दोस्रो सबैभन्दा धेरै इन्टरनेट ग्राहक
भएको टेलिकम कम्पनी भएको छ । यसका ३९ लाख जति इन्टरनेट ग्राहक छन् ।
एनसेलबाट मोबाइल तथा कम्प्युटरमा इन्टरनेट चलाउन
विभिन्न सेवा सुविधाको प्रदान गरेको छ । डाटा सेवा प्रदायक कम्पनी खास गरी
नेपाल टेलिकमसँग प्रतिस्पर्धा बढ्दै जान थालेपछि एनसेल गुणस्तर
र क्षमता वृद्धिमा केन्द्रित भएको छ । इन्टरनेटको गति बढाएपछि ग्राहकको संख्या
बढ्नसक्ने भन्दै यस्ता योजनाहरु ल्याएको छ । ग्राहकहरुले महँगो सेवा भनेपनि
विभिन्न योजना र उच्च गतिमा इन्टरनेट चल्ने हुनाले यसको प्रयोग बढ्दो छ । यसले कम्प्युटरमा इन्टरनेट सेटअप गर्नको लागि एनसेल
डेटाकार्ड प्रयोग गर्ने देखि लिएर मोबाइल डिभाइसमा विभिन्न क्षमता अनुसारका विभिन्न प्रोटोकलहरू (वाप, जीपीआरएस्, एज) मार्फत इन्टरनेटमा जोडिन सक्ने
योजनाहरु ल्याएको छ । यसबाट इन्टरनेट चलाउन, इमेल
चेक गर्न
तथा ह्यान्डसेटलाई पर्सनल कम्प्युटरसँग जोडेर वायरलेस
इन्टरनेटका लागि मोडेमका रूपमा चलाउन
सकिने सुविधाहरु छन् ।
एनसेलका सबै सिमकार्डहरूमा पहिले नै
मोबाइल इन्टरनेट सुचारु गरिसकिएको हुन्छ ।
एनसेलले मोबाइल‚ ट्याब्लेट‚ ल्यापटप जस्ता
उपकरणमा छिटो इन्टरनेट सेवा दिन ग्राहकका
लागि इन्टरनेटका विभिन्न योजनाहरु ल्याएको छ । त्यसको लागि एनसेल सुपरनेट‚ फेसबुक प्याक‚ ट्वीटर जीरो‚ निशुल्क विकीपिडिया‚ अन्लिमिटेड इन्टरनेट दिएको छ । निशुल्क विकीपिडिया भनिएपनि विकीमा रहेका बाह्य लिंकहरु हेर्दा भने
चलिआएको इन्टरनेट शुल्क लिनेगरेको छ ।
यसरी नेपालमा एनसेल‚ नेपाल
टेलिकमको कारणले मुलत: मोबाइल
इन्टरनेटको प्रयोगमा वृद्धि भएको छ । यसले इन्टरनेट प्रयोगको सुरुवाती चरणमा मद्दत
गरेको छ । नेपाल टेलिकम र एनसेलले नेपालको दुर्गम गाउँहरुमा लाखौँ ग्राहक बनाउँदा
आइएसपीहरुलाई पनि त्यसको फाइदा हुन्छ । उनीहरुले तुलनात्मक रुपले तीब्र‚ गुणस्तरीय
र सस्तो सेवा लिएर ती ठाउँमा प्रतिस्पर्धा गर्न सक्छन् । काठमाडौँमा नेपाल
टेलिकमले भन्दा आइएसपीले सस्तो मुल्यमा इन्टरनेट सेवा दिनसक्नु यसको उदाहरण हो । नेपाल
टेलिकम र एनसेलको इन्टरनेट सेवा हुँदाहुँदै पनि आइएसपीहरुको ग्राहक संख्या बढ्दै
जानुले पनि त्यो देखाउँछ । उच्च गतिको इन्टरनेट तथा विभिन्न योजनाले गर्दा इन्टरनेटको विस्तारसँगै यसको प्रयोगमा
पनि विविधता देखिएको छ । इन्टरनेटलाई मात्र मनोरञ्जनको माध्यमको रुपमा लिइएको छैन
। विस्तारै इन्टरनेटको प्रयोगबाट कारोबार गर्ने तथा आफ्ना सेवाहरुबारे जानकारी
दिने चलन बढिरहेको छ ।
नेपालमा इन्टरनेटको पहुँच र प्रयोग सम्बन्धी मार्टिन चौतारीले गरेको परियोजनामा आधारित ।
No comments:
Post a Comment