Friday, October 4, 2013

पुस्तक समीक्षा : सुवेदी, नवराज । २०६९ । इतिहासको एक कालखण्ड । काठमाडौँ : जगदम्बा प्रकाशन ।



भीमबहादुर पाँडेको त्यसबखतको नेपाल, डा. हर्षबहादुर थापामगरको महेन्द्रको जीवनी, गृष्मबहादुर देवकोटाको नेपालको राजनीतिक दर्पण पुस्तक पढेका व्यक्तिको लागि यो पुस्तक तात्वीक रुपमा नयाँ छैन । २५ वर्षको उमेर नपुग्दै पञ्चायतमा पसेका युवा नवराज सुवेदी पञ्चायतका गृहमन्त्रीसम्म पुगे । ७० वर्षको उमेर घर्केपछि उनले इतिहासको एक कालखण्ड पुस्तक लेखेका छन् । पुस्तकलाई ४ खण्डमा विभक्त गरिएको छ । १३६ पेजको पुस्तकलाई उनले ३ वटा राजा (महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र)को कार्यकाललाई बयान गरी ३ खण्ड र आप्mनो नीजि जीवनलाई समेटेर अन्तिम खण्ड तयार पारेका छन् । १३ पेजको श्यामस्वेत फोटोग्राफ समेटिएको यो पुस्तकको पृष्ठभूमीमा डा. तारानाथ शर्माले यो पुस्तकलाई ’पञ्चायतकालको विश्वसनीय विश्लेषण‘ भनि चर्चा गरेका छन् । डा. शर्मा नाताले लेखक सुवेदीका जेठसासुको छोरीज्वाईं पर्छन् । पुस्तकमा देखिएका शुद्धाशुद्धिलाई ख्याल गर्ने हो भने जगदम्बा प्रकाशनले हतारमा छापिएको पुस्तक जस्तो देखिन्छ ।
 पुस्तकमा तत्कालिन राजा महेन्द्रलाई दुरदर्शी नेता भन्न खोजिएको छ । तत्कालिन राजा वीरेन्द्रलाई सोझा, आफुले निर्णय गर्न नसक्ने हुँदा रानी र अन्य राजपरिवारको पेलुवामा परेर पञ्चायत व्यवस्था राम्रोसँग चलाउन नसकेको उल्लेख गरिएको छ । वि.सं. २००७–२०१७ को प्रजातन्त्रकाल र वि.सं. २०२८–२०४६ को वीरेन्द्रकाल भन्दा महेन्द्रकाल (२०१७–२०२७) को अवधि विकासका दृष्टिले दुरगामी र महत्वपूर्ण थियो, पुस्तकमा भन्न खोजिएको छ । पूर्वपश्चिम राजमार्ग, उत्तरदक्षिण जोड्ने मार्गहरु, चिनी, चुरोट, जुत्ता कारखानाहरु, मुलुकी ऐन तथा भूमिसुधार कार्यक्रम, प्रज्ञाप्रतिष्ठान आदिको स्थापनालाई विकासको दृष्टिले दुरगामी भन्न खोजिएको छ । पुस्तकको पहिलो खण्डमा तत्कालिन राजा महेन्द्रलाई दिलदार, जनताको लागि काम गर्न सक्ने राष्ट्रवादी राजाको रुपमा चित्रण गरिएको छ । महेन्द्रले, आप्mनो पञ्चायतको कार्यकालमा वीपीजस्तो योग्य र दुनियाँलाई देखाउन लायकको प्रधानमन्त्री अर्को हुन नसकेको र आप्mनो जीवनमा हुन नसक्ने भनि बताएको कुरालाई उल्लेख गरिएको छ (पे. १८) । महेन्द्र निकै चलाख र कहाँ के भैराखेको छ, भनी थाहा पाउने राजा थिए भनि जान्न त्यतिबेला एउटा उखान चलेको थियो, ”कुन व्यक्तिको घराँ के तरकारी पाक्यो राजा महेन्द्रलाई थाहा हुन्थ्यो रे“ (पे. २२) । लेखकले राजा महेन्द्रलाई कान नभएको र चुक्ली लाएको भरमा कसैको कुरा नपत्याउने राजा भनेर चिनाउन चाहन्छन् । खासमा लेखकलाई पञ्चायतले धेरै दियो उनी राष्ट्रिय पञ्चायतको सदस्य हुँदै गृहमन्त्रीसम्म पुग्दा आप्mनो जीवन सफल भएको ठान्दछन् । त्यसकारण महेन्द्रलाई उनी औधी मनपराएको बुभ्mन त्यति गाह्रो छैन । त्यसैले उनले लेखेका छन्, श्री ५ महेन्द्रबाट मैले सब पाएँ– मान, सम्मान, धन आदि ।
पुस्तकको दोस्रो खण्डमा पञ्चायतको दोस्रो कार्यकालको अथवा वीरेन्द्रको कार्यकालको चर्चा गर्न खोजिएको छ । उनले पुस्तकको पहिलो भागमा तत्कालिन राजा वीरेन्द्रलाई, महेन्द्रले, साह्रै सोझो छ, अरु भाइहरु साह्रै चलाख छन् राजकाज कसरी चलाउला भनेर साह्रै चिन्ता गर्थे (पे. १९) भनेर लेखेका छन् । र लेखकले वीरेन्द्रको समयमा रानीको बढी सक्रियता र दरबारका सचीवहरुको दवदबाले वीरेन्द्रको समयमा राजतन्त्र कमजोर हुँदै गएको कुरा उल्लेख गरेका छन् । उनले दरबारका सचीवहरुकहाँ चाकडीवाजहरुको भीड लाग्ने गरेको कुरा उल्लेख गरेका छन् (पे. ३६) । यही सन्दर्भलाई संकेत गर्दै लेखक सुवेदीले सूर्यबहादुर थापाको, देशमा द्वैध शासन छ, सिंहदरवारमा एक, अर्को नारायणहिटीमा, भनि लेख्दा जेलमा थुनिनुपरेको कुरा उल्लेख गरेका छन् (पे. ३८) । तत्कालिन राजा वीरेन्द्रलाई आप्mनो स्वविवेकले कुनैकुरा निर्णय गर्न नसक्ने राजा भन्ने कुरा उल्लेख गरेका छन् । जीवनमा आप्mनो स्वविवेकले गरेको निर्णय वि.सं. २०३६ मा जनमतसंग्रह गर्ने निर्णय थियो । सो निर्णय लिँदा रानीलाई पनि थाहा नदिएको कुरा उल्लेख गरेका छन् ।
तत्कालिन राजा महेन्द्रपछि उनले पुस्तकमा बारम्बार प्रशंसा गरेका पात्र सूबथा हुन् । सूबथाको मन्त्रीमण्डलमा रहेका सुवेदीले उनले जनमतसंग्रहमा पञ्चायतलाई जिताउन सूबथाले गरेको प्रयासलाई चर्चा गरेका छन् । उनले लेखेका छन्, सुबथाले पञ्चायतलाई जिताउन हेलिकोप्टर उडेपछि सुत्नुहुन्थ्यो र ओर्लेपछि उठ्नुहुन्थ्यो (पे. ४६) । चोथमल जटिया भन्ने २ नम्बरी व्यापारीले सर्पको छालाको व्यापार गर्ने, नेपालमा आपूmलाई नेपाली नागरिकता दिने र कटन मिल काठमाडौँमा खोल्न अनुमति दिने सर्तमा उनले सूबथाले मागेको साढे ३ करोड भन्दा बढि पैसा दिएको र त्यसैले पञ्चायतलाई जित्न सहयोग पुगेको कुरा उल्लेख गरेका छन् । निर्दलिय पञ्चायतलाई सूबथाले जिताइसकेपछि दरबारका मान्छेहरुको पैसा कमाउने चाहना ह्वात्त बढेको तर सूबथाले कसैलाई नटेर्ने हुँदा उनैलाई हटाउन दरबारका मान्छे लागेपछि सूबथाको सरकारको पतन भयो र पञ्चायतको नै अधोगति सुरु भयो भन्ने कुरा उल्लेख गरेका छन् । तत्कालिन राजा वीरेन्द्रलाई असल र सोझो राजाको संज्ञा दिँदै उनको सोझोपनको फाइदा तत्कालिन बडामहारानी ऐश्वर्य, दरबारका सचिबहरु चिरनशम्शेर र ताराबहादुर थापाले आप्mनो स्वार्थको लागि प्रयोग गरे भन्ने कुरा उल्लेख गरेका छन् (पे. ७०) ।
पुस्तक पञ्चायतमा भएका अभ्यास बारे बुभ्mनलाई अत्यन्त उपयोगी छ । लेखकले पुस्तकमा आप्mनो तर्पmबाट भएको कमजोरी कहीँ देखाउन खोजेका छैनन् । जसरी विनोद चौधरीले आप्mनो आत्मकथामा आपूmलाई हिरो बनाउन खोजेका छन् । ठ्याक्कै त्यसरी त होइन तर त्यही प्रवृत्तिमा लेखकले आप्mना काम कारबाहीको चर्चा गरेका छन् । उनले आप्mनो विरुद्ध बोल्ने भारतीय राजदुत भीमबहादुर पाँडे, पञ्चायतको सुरुवातमा पश्चिम क्षेत्र हेर्ने मन्त्री खड्गबहादुर सिंह आदिलाई सधै नकरात्मक ढंगले र चन्द्रनिगाहपुरमा आपूmलाई जग्गा किन्न पेश्की रकम मिलाईदिन सहयोग गर्ने तत्कालिन अर्थमन्त्री सूबथा (पे. ६) लाई पुस्तकभरी प्रशंसैप्रशंसा गर्ने, युवक संगठनमा २ पटक पराजित हुँदा त्यो निर्वाचनलाई धाँधली देख्ने (पे. ३) अर्थमा उनले पुस्तक एकतर्फी रुपमा लेखेका छन् । आत्मआलोचनासहित लेखेका छैनन् भन्ने प्रशस्त ठाउँ छ । तत्कालिन राजा महेन्द्र र उनको प्रारम्भिक कालको बारेमा डा. बहादुर मगरले पनि यस्तै कुरा गरेका छन् । पाठकहरुले मगरको सो किताब पढेका भए सुवेदीको यो पुस्तक त्यति रुचिकर नलाग्न पनि सक्छ । यो पुस्तकको सुन्दरतालाई भत्काउने काम डा. तारानाथ शर्माको भूमिका जस्तो नोटले गरेको छ । उनको लेखले न पुस्तकको आलोचना गरेको छ, न प्रशंशा नै । उनले राजतन्त्र अवसानपछिको आक्रोशलाई भूमिकामा प्रस्तुत गरेका छन् । जुन पुस्तकको लागि छेउ न टुप्पोको लेख बनेको छ । सुवेदीले नाम चलेका लेखक ज्वाईंको मनितो राखेपनि लेखकीय हिसाबले पुस्तकको मान राख्न उनको लेखले सघाएको छैन ।

No comments:

Post a Comment