Saturday, May 9, 2015

तङ्ग्रीँदैछ खोकना-फोटो कथा

खोकना रुटमा गाडि चलाउने यी ड्राइभरको  सिन्धुपाल्चोकमा घर काम नलाग्ने गरि भत्केको छ । सबै सकुसल भएकाले उनी १५ दिन हुँदा पनि आफ्नो घर गएका छैनन् । घर बनाउनुपर्ने छ । पैसाको जोहो गरेर केही दिनको लागि घर जाने प्लानमा छन् । 

 पौने घन्टा हाँकिएपछि रत्नपार्कबाट खोकना पुगिन्छ ।

खोकनामा पनि पुराना धरोहर बाँकी थिएनन् ।  


जन्मे हुर्केका घर खण्डहर हुँदाको पीडा सजिलै देखिन्थ्यो ।

सम्झनामा मात्र रह्यो सिँगारिएको कोठा पनि ।

खोकनाको छिमेकी बुङ्गमती  पनि उस्तै छ।

दाङबाट बुङ्गमतीमा होटल गर्ने यी दलित परिवारलाई नि भूकम्पले विजोग बनायो । 

धन्य आलुबारी : भुकम्पको बेला खोकनाका किसानहरु  यी  बारीहरुमा  काम गर्न गएका  थिए र जोगिए ।

जोगिएकाहरुलाई शहरबाट सहायता गर्न आएकाहरुको लस्कर।  

थाईल्याण्डका भिक्षुहरुले बाँडेको राहत लिँदै ।

भूकम्पले जर्जर गरिबीमा धकेलिदियो : पुराना लुगाफाटाहरु काम लाग्छन कि भनेर छान्दै । 

हामीले उनीहरुलाई धन्यबाद दिन्छौं । जसले हामीलाई सहयोग गरे।  कोहीले टिन दिए। 

कसैले अन्न दिए। 

कसैले खुट्टाले चलाएर पानी फिल्टर गर्ने यन्त्रहरु नि दिएर गए । 


दिनेहरुलाई धन्यवाद । जीवन चलाउन आफ्नो 'नाँलेज' पनि त प्रयोग गर्नुपर्यो ।

सरकार कहिले आउने हो, वर्खाको जोहो त गर्नैपर्यो । 


सगोलमा बस्ने हाम्रो घर धुलाम्यै भएपनि सगोलमै बस्नेगरी टहरो बनाउँदै ।

काम त गर्नैपर्यो । बारीको धनियाँ केलाउदै टेन्टभित्र एक महिला ।
तङ्ग्रिँदै छ खोकना ।
धन्यवाद ।

1 comment:

  1. तस्विर ७ को दलित परिवारलाई १ बोरा चामल र १० केजी दाल लगायत नुन मसला आदि सहयोग गर्नुहुने साथीलाई धन्यवाद ।

    ReplyDelete