वैशाख १२
पछि जनजीवन
सामान्य बन्दै थियो । ४ देखि ५ रेक्टर
स्केलका पराकम्पन सामान्य झैँ लाग्न थालेको थियो । तर १७ दिनपछि २९ वैशाखले चैनसँग सुत्न दिएन । त्यो दिन हाम्रो जनजीवनमा फेरि एकपटक सन्नाटा छायो । कसैले ६.८ त कसैले ७.३ रेक्टर स्केल भनेपनि यो 'पराकम्पन'ले जनजीवन डगमगायो । डराएका केटाकेटीहरुले मुखबाट र्याल झिक्दै 'आमा' 'आमा' भनेर चिच्चाउन थाले । मान्छेहरु भनिरहन्थे, 'के हो र यो ?' 'अब कति दिन हुने हो ?' 'हे भगवान् !'
भूकम्प पछिको सन्नाटा
आफन्तलाई फोन लगाउँदै आत्तिएका मान्छेहरु
सुरक्षित स्थान खोज्दै सर्वसाधरण
आफ्नो गाडिमा लत्ताकपडा कोच्दै सुरक्षित स्थानको खोजीमा
आफ्नै घर विरानो भएपछि पाल बोकेर हिँडेका मान्छेहरु
पालमुनी सुतेपनि आफ्नै मुटु धडकँदा पनि त्रास लागिरहन्थ्यो
भूकम्पको भविष्य कसैलाई थाहा छैन
'पराकम्पन' गएको १७ घण्टा वितिसकेको थियो । तरपनि पालहरु हटाइएका थिएनन् । त्रासदी अझै बाँकी थियो । झकाएका मान्छेहरु डरले विस्तराबाट जुरुक्क जुरुक्क उठिरहन्थे । केटाकेटीहरु धेरै घरहरु भएको ठाउँमा जानै मान्दैनथे । प्रौढहरु डर हटाउनलाई रक्सी तान्दै वैशाखको गर्मीमा पनि आगो तापीरहेको देखिन्थ्यो । काग वा अरु चराहरु कराउँदा भूकम्प आउन लाग्यो भन्दै मान्छेहरु बाहिर निस्कन थाल्थे । आउनै लागेको मनसुनको डरले राहत र पुनर्निमाणमा लागेको समाजलाई 'पराकम्पन'को त्रासदीले फेरि अत्यासिलो बनाइदियो ।
३१ बैशाख २०७२
No comments:
Post a Comment