Friday, May 15, 2015

'पालभित्रको नेपाल'-फोटो कथा


सानाठूला पराकम्पनहरु गइरहेका थिए । त्यही त्रासले अलिकति खुला ठाउँमा मान्छेहरु पाल टाँगेर जीवन जोगाइरहेका थिए । काठमाडौँको सबैभन्दा फराकिलो ठाउँ टुँडिखेलमा 'पाल भित्रको नेपाल' देखिन्थ्यो ।  काठमाडौँ भित्र र बाहिर घर गुमाएकाहरु टुँडिखेलमा थिए । टुँडिखेल वरिपरी घुमिरहेको टेम्पोमा एकजनाले भने, "यहाँ मानिसहरु राहत खान आएका हुन्" । तर मलाई त्यस्तो लागेन । उनीहरुमध्ये धेरै नै पीडाले आएका होलान् जस्तो लागेको थियो । घरमा पालेका कुकुरहरु, सोलार प्यानल बोकेर पनि मानिसहरु त्यहाँ आएका थिए । सामान्यजन त हुने नै भए । त्यसैले टुँडिखेलमा पालभित्रको नेपाल 'मिस्कट' देखिन्थ्यो ।

सैनिक मञ्चमा
सालिक कस्को हो थाहा छैन तर धरहरा सुतेको हेरिरहेका जुद्ध शमशेर जस्तै लाग्थ्यो
आकाशे पुलबाट देखिएका भूपी बस्तीहरु
पारिजातको फूल र पिपलको पालुवावीचबाट देखिएका भूपी बस्तीहरु
 
टुँडिखेल अब खेल मैदान रहेन
सहयोगी सेनाहरु

बस्तीहरुमा सुस्ताउँदै मानिसहरु

"सोँचेजस्तो हुन्न जीवन"
सानो छानो पनि महान हुन्छ
पाङ्ग्रा खेलिरहेका किशोरहरु

सबै पालहरु उस्तै थिएनन्
टेकोले धानेको पाल
गास,बास,कपास पछि  सूचना पनि

भूपी जीवनका तस्बिर खोज्न भौँतारिएकी विदेशी पत्रकार

पालभित्रको परिवार
भूकम्पबारे नाटक मञ्चन गर्दै कलाकार । 'आयो आयो' भनेर कलाकार चिच्याउँदा अगाडि बसेर नाटक हेरिरहेका बालबालिकाहरु भागेका थिए । त्रसित थियो वातावरण । कलाकारले दुखमा पनि हाँस्नुपर्छ भन्दै नाटक देखाएका थिए ।

राष्ट्रिय झण्डा बोकेर खाने लाइनमा लामबद्ध  भूपीहरु
खानाको लागि साँझपख लामबद्ध मान्छेहरु


एक पनियो र एक डाडु राहत
खाना र पानीका पोका
भूपीको तस्बिर खिच्दै एपीका पत्रकार

पानीका पोका र खाना बोकेका दिदीहरु
लाइनमा  बसेर ल्याएको खाना समुहमा खाँदै

अस्थायी पानीटंकी र धारा

धन्यवाद खान दिएकोमा


कतै आफै खानाको जोहो गर्दै


















दुखमा पनि मनोरञ्जन त चाहियो

भकुण्डो खेल्दै पाल बाहिरका भूपीहरु
 
सैनिक परेड खेल्ने ठाउँमा सर्वसाधरण भलि खेल्दै


अब म घर बनाउँछु

घर बनाइरहेको वावु 

उसले के गरिरहेको थियो मलाई थाहा भएन । तर अब यो नयाँ नेपाल बनाउने पुस्ता हो ।

२०७२ जेठ १, शुक्रबार
















No comments:

Post a Comment