इतिहासका धेरै पात्रहरुकोबारेमा जान्न पाएको छैन । ती मध्ये एक हुन् सूर्यप्रसाद उपाध्याय । रामेछाप पुख्र्यौली भएका काठमाडौँका ढुंगेल । नेपाली काँग्रेसको चारतारा मध्ये एक तारा । ती तारा काँग्रेसको झण्डामा अझै छन् । सानै देखि काँग्रेसको सँगतमा रहँदा पनि गाउँतिरका नेताहरुले उनको नाम लिएको मलाई थाहा छैन । बीपी कोइरालाका किताबहरुमा उनको नाउँ सुन्न पाएको पनि हो । तर त्यति ख्याल गरिएन । होला कुनै मान्छे भन्ने भयो । कति काँग्रेसीले त चिन्दा पनि चिन्दैनन होला । उनको बारेमा चिनोजान गराउने पुस्तक निस्केको छ – प्रजातान्त्रिक आन्दोलनका बहुआयामिक व्यक्तित्व : सूर्यप्रसाद उपाध्याय (२०६८) । उनलाई चिने जानेका व्यक्तिले यसमा सम्झनाहरु लेखेका छन् । नेपाली पाठकहरुले बीपी कोइरालाको जेल जर्नल, आत्मवृत्तान्त, गणेशमानका जीवनी, कृष्णप्रसादको मेरो म, गिरिजाप्रसादको पुस्तक पढिसके । यो त्यसैको निरन्तरतामा आएको हो । तर यो उनीसँग रहँदा बस्दाका सम्झनाहरुको संगालो हो । यो पुस्तकको मुल आशय चाहिँ सूर्यप्रसाद मेलमिलापका प्रणेता हुन भन्ने हो ।
राणाजीहरुसँग असन्तुष्ट दुई शक्ति थिए । एउटा प्रजातन्त्र काँग्रेस र अर्को राष्ट्रिय काँग्रेस । प्रजातन्त्र काँग्रेसमा राणाजी, शाहजीहरु पनि थिए । सुवर्णशमसेर, महेशविक्रम शाह सूर्यप्रसाद आदि थिए । अर्को राष्ट्रिय काँग्रेस जसमा बीपी, गणेशमान, कृष्णप्रसाद आदि थिए । यी दुई पृष्ठभूमिबाट आएका मान्छेको उद्देश्य समान, राणाको विरोध गर्नु थियो । जस्ले नेपाली काँग्रेस गठन भएको थियो । एकिकृत काँग्रेसको गठनपछि, फरक पृष्ठभूमिबाट आएका एकले अर्कालाई शंका गर्थे । बीपीले सुवर्णशमसेर र सूर्यप्रसादको समुहलाई र त्यसैगरी सुवर्ण सूर्यवाबूले बीपी गणेशमानको समुहलाई । राजा महेन्द्र, सुवर्ण र सूर्यवाबुलाई नजिक ठान्थे । काँग्रेसमा सुवर्ण र सूर्यप्रसादको प्रभाव होस भन्ने चाहन्थे । ०१५ सालको चुनाव अघि महेन्द्रले बीपीलाई भन्दा अघि सुवर्णसम्सेरलाई चुनाव गराउने चिफ मिनिस्टर (प्रधानमन्त्री सरह, २०६२/६३ पछि खिलराज रेग्मी मन्त्रीपरिषदको अध्यक्ष भएजस्तै) बनाएका थिए । यो कुरा बीपीलाई मन परेको थिएन । यो समयमा भारतको नजिक राजा हुनुपर्छ, काँग्रेस भन्दा । किनभने त्रिभुवन राणालाई हटाउन भारत पुगेका थिए । अर्कोतर्फ सूर्यवाबुहरु पनि भारतिय स्वतन्त्रता संग्राममा किदवाई (भारतीय स्वतन्त्रता आन्दोलनका नेता) मार्फत नेहरुसँग नजिक थिए, भने बीपी साना सोसलिस्ट पार्टीको नजिक हुनुहुन्थ्यो । यो कुरा यो पुस्तक र आत्मवृत्तान्तमा पनि छ । यो पुस्तकका लेखकहरुले बीपी र सुवर्णशमसेरको बारेमा धेरै प्रसङ्ग कोट्याएका छन् । यसबाट सुरु सुरुमा पञ्चायतमा के भइरहेको थियो बुझ्न सकिन्छ । प्रजातन्त्र र पञ्चायतबीचको ट्रान्जिसनको बारेमा बुझ्न सकिन्छ । यो पुस्तक अनुसार बीपीले सूर्यप्रसादलाई सधैँ शंकाले हेर्थे । उनले ०१५ सालमा सूवर्ण र सूर्यप्रसादलाई हराउन चाहेका थिए । काठमाडौँ र रामेछाप २ ठाउँबाट सुर्यप्रसादले हारेपनि । तर सुवर्णलाई भने हराउन सकेनन् । राजा महेन्द्र बीपीलाई चाहँदैनथे, मन पराउँदैनथे । बीपी पनि महेन्द्रसँग झुक्न खोज्दैनथे । यी दुई शक्तिबीचको टकरावबाट २०१७ सालको ट्रान्जिसन आएको हो । यो पुस्तकका लेखकहरुको तर्क छ । पञ्चायत सुरुभएपछि पनि प्रजातन्त्र आउन सक्थ्यो । राजा र काँग्रेस मिलेर जानसक्थे । राजाले त्यो आश बीपीबाट खोजेका पनि थिए । तर बीपी अडिग भए । राजा र बीपी बीचमा मध्यस्तता गर्नसक्ने व्यक्ति सुर्यप्रसाद थिए । उनले त्यो प्रयास ०१८ सालदेखि नै गरेका हुन् । त्यही हुनाले राजाले सूर्यप्रसादलाई ०१७ सालको कु पछि तुरुन्तै छोडे । सुवर्ण भारत पसे । गिरिजाप्रसादलाई ०२२ सालमा पनि छोडे । पछि, सूर्यप्रसादको पहलमा बीपीलाई पनि छोडे । सूर्यप्रसाद पञ्चायतलाई सुधारेर प्रजातन्त्र ल्याउन चाहन्थे । तर बीपीको अडानले राजा र काँग्रेस मिलेर प्रजातन्त्र आउन सकेन । त्यसैले बीपीले उनलाई कहिले राणाको, कहिले भारतको, कहिले राजाको भन्थे । फेरिपनि, बीपीले जे जे भनेपनि सबै कुराको कारण थियो । सूर्यप्रसादले राणाकालमा शिक्षा इन्सपेक्टरको जागिर खाएका थिए । राणालाई सुधार गर्दै प्रजातन्त्र ल्याउनुपर्छ भन्ने सोँच विफल भएपछि, जागिर छोडेर राणाको विरोधमा सुवर्ण सम्सेरसँग मिलेर शसस्त्र क्रान्ति गरेका थिए । २००८ सालमा मातृका र बीपीबीच विवाद हुँदा र काँग्रेस टुक्रिँदा पनि सूर्यप्रसादले बीपीको साथ दिएका थिए । उनी भारतीय स्वतन्त्रता संग्राममा नेहरुसँग सम्बन्ध बढाएका मान्छे थिए । २०१७ सालपछि उनी वरिष्ठ नेताहरुमा सबैभन्दा पहिला रिहा भए । पञ्चायतका ठूलठूला पदहरुलाई स्वीकार गरेनन् । तर सानो पद उनले स्वीकारेका थिए । पञ्चायतको किसान संगठनको सदस्य । जनमतसंग्रहमा उनी र बीपीको मेल नहुँदा पञ्चायतले बाजी मारेको थियो । त्यसैले सूर्यप्रसाद ००७ साल, २०१७ साल देखि २०३७ सालसम्मका एक महत्वपूर्ण द्रष्टा हुन् । यो इतिहासको किनारै किनार हिँडेका साक्षी हुन् । यो पुस्तकका लेखकहरुको तर्क छ : सुर्यप्रसाद जोसँग नजिक होउन, जोसुकैसँग सम्बन्ध बढाउन खोजेपनि उनले सधैँ मेलमिलापको पक्षको राजनीति गरेका थिए । राणालाई पनि सुधारेर प्रजातन्त्र ल्याउन खोजेका थिए । राजा र बीपी बीचको लामो ‘शीतयुद्ध’ मा पनि मिलाउन खोज्ने व्यक्ति थिए । यो पहल उनले २०१८ सालदेखि नै गरेका थिए । बीपीले आत्मवृत्तान्तमा लेखेका छन्, “एक दिन गणेशमानले मलाई झपारे, सूर्यप्रसाद हामीलाई रिहा गर्न कति कोशिस गरिरहेका छन्, तपाइँ भने सधै शंका गर्ने ?” यो पुस्तकमा लेखकहरुले सूर्यप्रसादको विद्वताको प्रसंशा गरेका छन् । लेनिन पढेर संगठन गर्न सिक भनेर कम्युनिष्ट नेताहरुलाई उनैले लेनिनका किताब सिफारिस गरेको कुरा विष्णुबहादुर मानन्धरले बताएका छन् । उनको लाइब्रेरीको प्रसंसा गरेका छन् । भारत र अमेरिकाबाट निस्कने प्रसिद्ध म्यागेजिनहरु उनको लाइब्रेरीमा आउँथ्यो । लोकराज बराल लगायतका व्यक्तिले उनको लाइब्रेरीबाट किताब किनेर पढेको प्रसङ्ग छ । लेखकहरुले उनी विद्वान हुनुका खासै महत्वपूर्ण तर्क दिएका छैनन् । बीपी कोइराला पनि उनैका कुरालाई उदाहरण बनाएर भाषण गर्थे । टङ्कप्रसाद आचार्य, डिल्लीरमण रेग्मी भन्दा विद्वतामा अब्बल थिए । बस् लेखकहरुको तर्क यहि छ । उनको कुटनीतिक क्षमताको पनि प्रशंशा गरेका छन् । खासगरी भारतसँगको सम्बन्धको बारेमा । भारतको इतिहासमा लामो इतिहास बोकेको धेरैजसो सत्तामा रहेको भारतीय काँग्रेसको नजिक बीपीहरु चाहिँ पुग्न सकेनन् । सानातिना समाजबादी दलहरुसँग मात्र आफ्नो हेमप्रेम बढाउन सके । सूर्यप्रसाद भारतको सत्ताधारीसँग नजिक हुन सके । त्यसैले पनि ०१५ सालमा २ ठाउँबाट हार्दापनि गृहमन्त्री हुनसके । उनी पटना युनिभर्सिटीमा पढ्दा, उनका गुरुमार्फत भारतीय स्वतन्त्रता संग्रामका रफि अहमद किदवाईसँग उनको राम्रोसम्बन्ध थियो । उनैबाट नेहरु, तथा गान्धी परिवारसँग उनको सम्बन्ध राम्रो बन्दै गयो । नेपालमा भारतीय दुतावासले उनको सम्मान गर्थ्यो । राजदुतहरु उनको घरमा आउँथे । रमेशप्रसाद ढुंगेलले यो प्रसङ्ग उल्लेख गरेका छन् । उनकाअनुसार जवाहरलाल नेहरु युनिभर्सिटीमा पिएचडीको निम्ति उनी काकामार्फत सूर्यप्रसादकहाँ गएका थिए । सूर्यप्रसादकहाँ भारतीय राजदुत आइरहन्थे । सूर्यप्रसादले भनेर रमेश ढुंगेलले जेएनयुमा पिएचडी गर्न पनि पाएका थिए । तर विभिन्न कारणले उनी गएनन् । मतलव सूर्यप्रसादलाई भारतीय सँस्थापन पक्षले धेरैपछिसम्म पनि मान्यता राख्थ्यो । यता बीपीको सम्बन्ध चाहिँ भारतीय संस्थापन पक्षसँग भएन । विपक्षी पार्टीका जयप्रकाश नारायण आदिसँग भयो । यसले गर्दा पनि हुनसक्छ, बीपीले सूर्यप्रसादलाई भारतको नजिक, राजाको नजिकको भनेर शंका गर्ने कारण पनि यहि थियो । तर सूर्यप्रसादलाई मान्छेहरु राम्रो कुटनीति गर्नसक्ने व्यक्तित्वको रुपमा चिन्थे । देश भित्र पनि उनी सुधार गर्दै प्रजातन्त्रमा देशलाई लैजाने सोँच भएका व्यक्तिको रुपमा चिनिन्थे । त्यसकारण सत्ताको नजिकै रहेका थिए । ०१७ सालमा राजाले सैनिक कु गरेपछि पनि थोरै समय जेल बसे । बीपीले शंका गरे । तर उनले जेलबाहिर बसेर थुप्रै काँग्रेसीलाई छुटाउने प्रयास गरे । यसमध्ये गिरिजाप्रसाद पनि हुन् । बीपी गणेशमानलाई पनि उनैले जेलबाट छुटाउन पहल गरेका हुन् । तर बीपीले उनलाई शंका गर्न छोडेनन् । लेखकहरुको भनाई छ, २०१८ सालबाट नै उनले मेलमिलापको नीति लिएका हुन् । तर बीपीले नमान्दा त्यो संभव भएन । लोकराज बराल लेख्छन : "जेलजर्नल लेख्दा राजा मान्दिन भन्ने, आत्मवृत्तान्त लेख्दा राजासँग घाँटी जोडिएको छ भन्ने बीपीले सूर्यप्रसादलाई सधैँ अर्घेलो देखे । राजाबादी भयो भने । बीपीको अर्घेल्याइँले नेपालमा प्रजातन्त्र सँस्थागत हुन सकेन ।" सुवर्णसम्सेरले पार्टीलाई पालेका थिए । सूर्यप्रसादले कार्यकर्तालाई । उनीकहाँ ठूला नेता देखि धेरै कार्यकर्ता जाने । कार्यकर्तालाई गर्जो टार्न पैसा पनि दिने गर्थे सूर्यप्रसाद । भनेजति पैसा नपाए कार्यकर्ता रिसाएर पनि हिड्ने । तर बीपीले त्यहाँ पनि शंका गर्ने कहाँबाट आयो यति धेरै पैसा ? उनीहरुको आशंका थियो भारतीय संस्थापनले दिन्छ कि ? लेखकहरुले भन्छन ः भारतीय संस्थापनसँग उनको सम्बन्ध हुनु नराम्रो थिएन । उनको कुटनीतिक दक्षताको कारण त्यो भएको थियो । पदको लोभ लालचले होइन । यो पुस्तक र सूर्यप्रसादको जीवनको प्रयास अहिले पनि सान्दर्भिक छ । नेपाल दुई ठूला छिमेकीको बीचमा रहेको मुलुक भएकाले यहाँ सधैँ ‘मेलमिलाप’ को राजनीति हुनुपर्छ भन्ने हो । एकले अर्कालाई अर्घेल्याइँ गर्दा कसैलाई पनि फाइदा हुँदैन भन्ने कुरा यो किताबले देखाउँछ । २००७ सालमा प्रजातन्त्र आउँदा पनि सँस्थागत हुन नसक्नुमा एकले अर्काको सम्मान गर्न नसक्नु नै नेपाली इतिहासको दोष देखिएको छ । मेलमिलापको नीति नै नेपालको मुल नीति हुनुपर्छ, त्यसैले यो पुस्तक नेपाली राजनीतिमा महत्वपूर्ण छ ।
मंसीर २१, २०६८ मैतिदेवी, काठमाडौँ ।

No comments:
Post a Comment