Tuesday, April 26, 2011

जनआन्दोलन डायरी


परिक्षा नजिकै थियो । कोठामा बसेर समाजशास्त्रको किताव हेरीरहेको थिए बाहिर चित्कारहरु सिठीहरु गुाजीए एक्कासी उठेर बाहिरीए । कीर्तिपुरको नयाँबजार र तीनकुने क्षेत्रमा ढुंगा र अश्रुग्यास फालाफाल । जनआन्दोलनको पहिलो दिन थियो । के कम हुने भनेर दुई चार वटा फुटेका ईट्टा बोकेर अघिल्लो पंक्तिसम्म पुगें । हावाले पनि आन्दोलनकारीलाई सहयोग गरिरहेको थियो । अश्रु ग्याँसको धुँवा प्रहरीतिर नै फर्किन्थ्यो । पुलिसहरुको करीव चालिस पचासवटा सेलले हामीलाई केही असर गरेन । नयाँवजार क्षेत्र पुरै हाम्रो कव्जामा थियो । अश्रुग्यासका सेलहरु सिद्धिएपछि पुलिस कीर्तिपुरबाट बल्खुतिर कुलेलम ठोक्यो । स्वतःस्फुर्त जुलुस लिएर हामी नयाँवजार पाँगा नगाउँ बाघभैरव परिक्रमा गर् यौं । आक्रामक साथीहरुले कीर्तिपुरको नगरपालिकाको भवन तोडफोड गरे । बाघभैरव पुग्दा "गाउँ-गाउँबाट उठ चोक-चोकबाट उठ" भन्दै छतबाट हेरिरहेका स्थानियबासी र विद्यार्थीहरुलाई उक्साइरहेका थियौँ । केही समुहले त "हातमा बन्दुक हुनेहरु बन्दुक लिएर उठ" भनेपछि "यी त माओबादी रैछन क्या हो" भन्दै हामी उनीहरुलाई हेर्दै नारा लगाइरहेका थियौ । त्यो समयमा माओबादी भुमिगत थियो । यो जुलुसलाई कांग्रेसका बलबहादुर राईले नयाँबजार चौकमा सम्बोधन गरिसकेपछि तितरबितर भयो ।

दोस्रो दिनको आन्दोलनमा अल्लि ढिला गएँ । साथीहरु त पुलीसका अश्रुग्याँसलाई होडिङ्गबोर्डले छेक्दै नयाँबजारबाट टि।यु। गेटसम्म लखेट्नुलखेटेछन् । भि।सी। कार्यालय तोडफोड भएछ । त्यहाँ रहेको कुन्नी कसको सालिक हो ढलाइदिएछन् । जुलुसमा एउटा हल्ला आयो "पुलीसको भ्यानले टियुको कर्मचारीलाई किच्दै दौड्यो रे" । तर पछि त्यो त जुलुसलाई अझ उत्तेजित पार्नलाई त्यसो भनिएको रहेछ । तर गुल्मीका ध्रुव घिमिरेलाई भने हातमा रवरको गोली लागेको भने रहेछ । पछि थाहा भयो । फेरि कान्तीछात्राबास अघि पुलिसका डिएसपी शरद चन्दको ढाडमा साथीहरु चढेर विजय उत्सव मनाए । विचरा डिएसपी चन्द रक्ताम्य हुँदै ढलीरहेका थिए । आक्रोशित साथीले तहले गोदेपछि उनी उठ्न नसक्ने भएका थिए । अर्को एकजना साथीले ुभयो धेरै नकुटौँु भन्दै के गएका थिए लखेट्दै आएका पुलिसले उसै विचरालाई मरुाजेल कुट्यो । साथीलाई कुटेपछि जुलुस फेरि आक्रोसित भयो । चन्दलाई कुटेर फर्केपछि साँझपख साथीहरुले दुइ जनालाई नयाँबजार चोकमा सिआईडी भन्दै रामधुलाई गरे । तत्कालिन सत्तापक्षका गुप्तचरहरुलाई सिआइडी भनिन्थ्यो । कपडा च्यातेर नाङ्गै घुमाए । बिचरा सिआइडि थिए कि थिएनन् थाहा भएन । तर गोदाई चाहीँ राम्रै खाए । अर्को एकजनालाई फेरि सिआडी भन्दै कीर्तिपुरको फाँटैफाँट भ्याकुर लखेटे झै लखेटे । सिआइडी नै रहेछ नत्र किन भाग्थ्यो र । यताबाट त उ पनि खुव दौड्यो तर भाजङ्गगलबाट झरेको जुलुसले समातेर भकुर्नु भकुरेछन् । पछि विचरालाई स्टेचरमा बोकेर ुरामनाम सत्य होु भन्दै बजार घुमाइरहेका थिए । तर केही उग्र समुह उसलाई फेरि पिट्न चाहन्थे तर अर्को समुहले त्यो रोक्यो । पछि र उसलाई रेडक्रस र स्वास्थ्यकर्मीलाई बुझाइदिइयो । साँझ एक्कासी गरर्र परेको पानीले सवैलाई तितरवितर गर् यो सवै घरतिर लागे ।

जनआन्दोलनको कुनै दिन विहान एघार बजे देखि बेलुका छ बजेसम्म कफ्र्यु थियो । कफ्र्यु तोड्दै चोकमा भद्र अवज्ञा गर्ने क्रममा स्थानिय महिलाले डालाभरी च्युरा र सिन्कीको अचार ल्याइदिए । कफ्र्युको कारणले पसलहरुमा अन्न थिएन । भएको पनि सोस्रपोस्र लगाएर माग्नुपथ्र्यो । त्यसैले आन्दोलनमा च्युरा र सिन्की पानी कीर्तिपुरका स्थानिय महिलाहरुले बाँडिरहेका थिए । भद्र अवज्ञामा अग्रपंक्तिमा बसेका व्यक्तिहरु कृष्ण खनाल सर र अन्य विद्यार्थी तथा स्थानिय नेता थिए । सेना दश मिटरको दुरीमा थियो गनहरु तेसर्ीएका थिए । जुलुसको ठुलो पंक्ति पछाडि उकालोमा तसर्ीत रुपमा नारा लगाइरहेको थियो । आर्मीले फायर ओपन गरेमा अघि बसेको पंक्ति शिकार हुन्थ्यो तर त्यस्तो भएन । सेनाले केही नगर्नेजस्तो देखिएपछि त कीर्तिपुरको उकालोमा नारा लगाइरहेकाहरु पनि तल झरे जुलुस झन ठूलो र आक्रोशित भयो । मणी काफ्ले र साथीहरु कविता गजल भनिरहेका थिए । अगाडि उभिएका पुलिसहरु हाँस्नुपर्दा जुलुसले नदेखिने गरि हाँस्थे । देखिनेगरि हाँस्यो भने जुलुसलाई समर्थन गरे झैँ हुन्थ्यो । हाकीमले हकाथ्र्यो होला । मानौ विचरा जवानहरुलाई नहास्न भनिएको थियो होला । यसरी कफ्र्यु तोडिरहेको बेला सात दलका नेता र आर्मी पुलिसको सम्झौतामा जुलुसलाई कीर्तिपुर परिक्रमा गराइयो । सहभागीहरु त्यसरी ठाउँ छोडेकोमा नेताहरुसँग आक्रोशित थिए । "पुलिस जवरजस्ती अघि बढ्छौ भनेपछि हामी जुलुस लिएर अघि बढेका हौ" जुलुसमा सहभागी एक स्थानिय नेताले भने । साँझपख भइसकेको थियो । कीर्तिपुर माथिको पुरानु बजारमा नारा लगाइरहेको जुलुसले तल नयाँबजारमा थुपुक्क बसेको पुलिसमाथि एक्कासी ढुंगा मुढा गर्न थाल्यो । लौ पुलिस त कालो अिरंगाल आए झै आयो । यो साँझमा त अव केही नगरेपनि हुन्थ्यो भनेको साथीहरुले के छोड्थे छोडेनन् । पुलिस पनि अश्रुग्याँस छोड्दै आयो । जुलुस तितरवितर हुँदा म पनि एक समुहसँग दौड्दै थिएँ । सँगै आएका चिनेका साथी कहाँ गए कहाँ नचिनेका साथीसँग डराएको विरालो झैँ लुक्ने ठाउँ खोज्दै हिडेका थियौँ । माथिबाट स्थानिय महिलाले भनिन् "ओ दाइहरु उताबाट पुलिस आइरहेको छ त्यता नजानुस" भनेपछि उनकै घरभित्र पस्यौं । पुलिसले हामी लुकेको त्यही घरमा घरभेटीलाई "ढोका खोल्नुस नत्र फोड्छौ" भनेपछि हाम्रो सातोपुत्लो उड्यो । त्यसपछि त त्यो घरको पछाडिबाट खुट्टोमुन्टो गर्दै कुलेलम ठोक्यौँ । निकै दौडेर अर्को घरको कोठामा पुगेर एक घण्टाबसेपछि म नचिनेका साथीलाई छोडेर आफ्नो डेरातिर लुरुलुरु लागें । मेरो डेराको अगाडी सेनाको थुप्रो बसेको रहेछ । डेरामा जान सकिन । छिमेकी खनालसरको डेराभित्र पसें । खनाल सरले मकै र अदुवा राखेको कालो चिया खुवाउनु भयो । जनआन्दोलनमा गएको भनेर होला । भोको पेटलाई सेवा गरेकोमा मनमनै धन्यवाद पनि दिएँ । झमक्कै साँझ परेपछि आर्मी यताउती गरिरहेको थियो म लुरुक्क कोठाभित्र छिरें ।

उन्नाइस दिन मध्ये एक दिनको कुरा हो । कीर्तिपुरबाट हज्जारौँको संख्यामा मान्छेहरु कलंकीतिर गए । सधै कीर्तिपुरमा नाचगान गरेर मात्र कति बस्ने गोँगवु कलंकीमा आन्दोलनकारीहरु मरिरहेका छन् । "कीर्तिपुरको भद्र अवज्ञाले मात्र लोकतन्त्र आउँदैन" भन्दै सबै आन्दोलनकारीलाई कलंकी जान हिजै अनुरोध गरिएको थियो । अन्यत्रबाट पनि हज्जारौँ मान्छेहरु आइरहेका थिए । रिङ्गरोडमा कफ्र्यु पनि चलिरहेको थियो । एउटा युवा आफ्नो रातो टिसर्ट फुकालेर कफ्र्युलागेको रिङ्गरोडमा एक्लै राष्ट्रिय झण्डा लिएर दौड्यो । अब उसलाई गोली हान्ने भयो भनेर महिलाहरु "लौ न नि लौ न नि" भनेर चिच्चाइरहेका थिए । मलाई पनि एक्लै के लडेको भागे पनि हुन्थ्यो नि भन्ने लागेको थियो । पन्ध्र वीसजना पुलिसले उसलाई लखेटे । पछि एउटा ढिस्कोमा चढेर एक्लै पुलिसलाई ढुंगाले हानीरहेको थियो । यति ढुंगाहरु वर्षायो । पुलिसहरु अघि बढ्न सकेका थिएनन् । महिलाहरु "भाग न साथी भाग-एक्लै नलड" भनिरहेका थिए । तर ऊ लगातार ढुंगा खोज्दै बर्षाउँदै थियो । एकजना पुलिस अल्लि अगाडि बढ्यो । हेर्दाहेर्दै साथी त जुरेली चरी झैँ झर् यो । गोली लागेछ । पछि घटनास्थलमा गएर हेर्दा ऊ थिएन । उसको रगतको आहाल थियो उसले लगाएको चप्पल पनि थियो । त्यसदिन कलंकीमा घटनास्थलमा नै ३ जना सहिद भएका थिए ।

२०६७ बैशाख १० को अन्नपूर्ण पोष्टमा

No comments:

Post a Comment