Wednesday, May 4, 2011

समर्पित पत्रकारको हार


धनगढीको राष्ट्रिय दैनिकमा गएको फागुन महिनामा एक पत्रकारले 'खुदा मेहरवान तो गधा पहलवान' शीर्षकको लेख लेखे । संभवतः यो लेख लेख्ने सुदूर सन्देश  दैनिकका समाचार सम्पादक डीपी भण्डारी हुन् । अहिले २०६७ सालको पत्रकार महासंघको चुनावमा भाग लिन आएका छैनन् । लेखअनुसार उनी धनगढीका पूर्णकालिन पत्रकार हुन् । उनले पत्रकारिता गरेको १३ वर्ष भयो । तर यति हुँदा हुँदै पनि उनले भर्खरै गएको जिल्ला पत्रकार महासंघको चुनावमा मात्र सदस्यता पाएका थिए । उनको प्यानलले ९९ प्रतिशत हार् यो । हारेको झोँकमा धनगढीका पत्रकारहरुले 'समर्पित पत्रकार महासंघ' भनेर छुट्टै समानान्तर महासंघको निर्माण गरेका थिए । तर त्यो हारको झोँक मात्र थियो । धनगढी नेपालगंज बुटवल विराटनगरका केही पत्रकारहरुका अनुसार जिल्ला महासंघहरु राजनीतिबाट मात्र विभाजित छैनन् । दुई नम्बरी काम गर्ने पत्रकारहरुको कारणबाट पनि प्रताडित छन् । जस्ले पायो उसैले आफूलाई पत्रकार भन्दै हिँडेपछि पत्रकार महासंघमा गैर व्यावसायिक पत्रकारहरुको प्रवेश बढ्दो छ । जिल्ला महासंघमा पत्रकारहरु व्यावसायिक र गैर व्यावसायिक भनेर विभाजित छन् । दुवै खेमामा राजनीति छँदै छ । त्यसैले वर्षभरि पत्रकारिता गर्ने र त्यसैलाई आफ्नो मुख्य पेशा ठान्ने समर्पित पत्रकार एकातिर छन । अर्कोतिर केही व्यक्तिहरु छन् जस्को मुख्य पेशा पत्रकारिता होइन । एनजिओ हो । शिक्षण हो । अथवा विगतमा पत्रकारिता गरेको पृष्ठभूमि हो तर हाल उनीहरु जग्गाको कारोवार गरिरहेका छन् । वा भन्सार नाकाहरुमा सामान ओसारपसार गर्ने गराउनेलाई प्रहरीको पंजाबाट उम्काउने काम गर्छन् । सँगसँगै उनीहरु पार्टीको कार्यकर्ता पनि छन् । यस्ता बहुरुपीहरु पनि पत्रकारिताको पंक्तिमा उभिएका छन् ।
धनगढीको पत्रकार महासंघको चुनावको बेला संयोगले म पनि त्यहाँ थिए । त्यहाँका स्थानीय पत्रिकाहरुमा थुप्रै समाचारका हेडलाइन र लेखहरु पढ्न पाएको थिएँ । जसमध्ये 'व्यावसायिक पत्रकारिताको हार', 'खुदा मेहरमान तो गधा पहलमान' आदि आदि । यी पत्रिकाहरुमा हारको आक्रोश देखिन्थ्यो । पत्रकारहरु पनि 'हामीले हारेनौ व्यावसायिक पत्रकारिताले हार् यो' भन्थे । उनीहरु सबै जिल्ला महासंघको चुनावमा समर्पित पत्रकारको तर्फबाट चुनाव लड्दा हार खाएका ९९ प्रतिशत पत्रकारहरुको खेमाका थिए । उनीहरुको आरोप थियो- 'पैसा खन्याउनेहरुले जिते एनजिओ पत्रकारहरुले जिते व्यापारीका पत्रकारहरुले जिते ।' र भन्थे- 'हामी व्यावसायिक पत्रकारहरु परिवार पाल्न त गार् हो हुन्छ कसरी चुनावमा पैसा खर्च गर्ने त्यसैले हामी हार् यौँ '।

जिल्ला पत्रकार महासंघको यो घटनालाई हेर्दा लडाइँ अब पत्रकारितालाई मुख्य पेशा बनाउने समर्पित पत्रकारहरुको मात्र रहेन । र राजनीतिक आस्थाका आधारमा बाँडिएका पत्रकारहरुको पनि रहेन । लडाइँ त अब पत्रकार र गैर पत्रकारहरु बीचको पनि भयो । गैर पत्रकार र राजनीति गर्ने पत्रकार मिलेपछि व्यावसायिकताको हार हुने नै भयो । धनगढीको उदाहरणमा समर्पित पत्रकारहरुको प्यानलले हार् यो । त्यसकारण त्यहाँका समर्पित पत्रकारको समुह काठमाडौँको चुनावमा भाग लिन पाएनन् । डीपी भण्डारीको लेखको आक्रोसको अर्थ थियो- भगवान सोझो भयो भने गधा पनि बलियो हुन्छ खुदा मेहरमान तो गधा पहलमान । अर्थात व्यावसायिक पत्रकार कमजोर भयो भने गैर व्यावसायिक पत्रकार बलियो हुन्छ । त्यसले अन्ततः केन्द्रको चुनावमा पनि असर गर्छ । धनगढीमा त्यही भयो । व्यावसायिक पत्रकारहरुले पैसाको खोलो बगाउन सकेनन् । र चुनाव हारे । वर्षभरी पत्रकारिता नगर्ने मान्छेहरुले पत्रकार महासंघको चुनावमा जितेको हुनाले उनले आक्रोश लेखमा पोखेका छन् । समाचारमा पोखेका छन् । महासंघको चुनावमा पैसा महत्वपूर्ण बन्न गयो । उनले लेखेका छन्- 'जाँड रक्सी धोकेर आफै नियन्त्रण बाहिर जानेहरु पनि पत्रकारकै लाइनमा पत्रकारिताको नाममा नपुंसक कलम बोकेकाहरु पनि पत्रकारको चुनावमा पंक्तिबद्ध बने । लाग्छ चुनाव पत्रकारको होइन एनजीओको हो । शिक्षकहरुको हो । व्यापारीहरुको हो । र एनजीओ पत्रकारहरु शिक्षक पत्रकारहरु र व्यापारी पत्रकारहरुको विजय भयो । व्यावसायिक पत्रकारको पराजय । एकथरी प्यानलले ९९ प्रतिशत जित्यो अर्कोथरीले ९९ प्रतिशत हार् यो ।'

तराईका जिल्लाहरुमा विभिन्न व्यापारी जग्गा दलाली भारतबाट सामान ओहरदोहर गराउने व्यक्तिहरु पत्रकार बन्न चाँहदा रहेछन् । उनीहरुले पत्रकार बनेर प्रहरीलाई पनि झुक्याउन पनि सजिलो हुने विभिन्न सभा सम्मेलनहरुमा भाग लिँदा सम्मान पनि पाईने । यस्तो सामाजिक प्रतिष्ठा साथै आफ्नो व्यावसाय पनि फस्टाउने र पार्टीको राजनीति पनि गर्ने तेहेरो फाइदा हुँदा पत्रकारिता प्रति गैर पत्रकारहरुको चासो बढेको देखिन्छ । डीपी भण्डारीले लेखेका छन्- 'कैलालीको खक्रौला नाकामा भन्सार कर्मचारी र प्रहरीले तस्करी गरेर ल्याएको सामान पक्रेका समयमा संचारकर्मीलाई समाचारका लागि खबर गरेपछि त्यहाँ पुगेर उल्टै तस्करीको माल समात्ने प्रहरीलाई हकार्दै तस्करलाई सघाएका एक पत्रकारले पनि चुनाव जितेका छन् ।' यो भनाईमा भण्डारीजीको आरोप पनि हुनसक्ला भन्ने शंका गर्न सकिन्छ सत्य हुन पनि सक्छ । तर घटना नहेरेर प्रवृत्ति हेर्ने हो भने यो प्रवृत्ति छ भनेर धेरै पत्रकारहरु स्वीकार्छन् । यसप्रकार तस्कर र व्यापारीहरुले पनि पत्रकार पाल्नुपर्ने देखियो । विराटनगरमा एकजना व्यावसायीले भनेका थिए- 'पहिला पहिला व्याबसाय गर्न लठैतहरु पाल्नुपर्थ्यो । तर अहिले लठैत पालेर मात्र काम हुन छोड्यो पत्रकार पनि पाल्नुपर्छ ।'  त्यसैले तराईका विभिन्न क्षेत्रहरुमा गैरव्यावसायिक पत्रकारहरु बढिरहेका छन् । काठमाडौँ बाहिरका क्षेत्रहरुमा 'गैर व्यावसायिक पत्रकार' छिर्ने सजिलो माध्यम रेडियो पत्रकार, शिक्षक पत्रकार, एनजिओ पत्रकार बनेर हो । खासगरी अन्धाधुन्ध खोलिएका रेडियोहरुबाट पनि केही व्यक्तिहरुले पत्रकारको नाममा व्यावसाय र राजनीति गर्न भ्याएका छन् । उनीहरुको मुख्य पेशा रेडियो होइन । मुख्य पेशा शिक्षण भएको व्यक्तिहरु पनि पत्रपत्रिकामा लेख लेख्ने पार्टटाइम रिपोर्टिङ गर्ने आधारमा पनि पत्रकार भएको भेटिन्छ । एनजिओहरुले निकाल्ने पत्रिका र त्यसमा लेख लेख्ने लेखकहरु पनि पत्रकार भनेर आफूलाई चिनाउन रुचाउँछन् । यो खालका पत्रकारहरुले चुनावमा निर्णायक भूमिका खेल्छन् । उनीहरुलाई किन्न सक्नेले चुनाव जित्छ । नसक्नेले हार्छ । भण्डारीले लेखेका छन्-चुनाव जित्नेहरु सबै गैर हुन् र म मात्र व्यावसायिक हुँ भनेर मैले भन्न खोजेको हैन । जित्नेहरुमा पनि केही व्यावसायिक पत्रकारहरु छन् तर जिताउनेमा निर्णायक भूमिका खेल्नेहरु भने गैरपत्रकारहरु नै हुन् ।

यसरी राजनैतिक नेतृत्व लिएका र सो को चुनाव लडेकाहरु एनजिओकर्मीहरु शिक्षक बनेर समय दिन नसकेकाहरु पहिले पत्रकारिता गरेका तर अहिले गैरकानुनी तबरबाट पैसा कमाउन पल्केकाहरुको हालीमुहालीबाट काठमाडौँ बाहिर खासगरि तराई क्षेत्रको पत्रकारिता अगाडि बढेको देखिन्छ । केन्द्रको चुनावमा पनि यस्तैको निर्णायक भूमिका हुन्छ हुँदैन त्यो त खोजिको विषय हुनसक्छ । तर पक्कै प्रभाव पार्छ भन्ने अनुमान गर्न सकिन्छ ।
Published in Annapurna Post on May 4, 2011 / 2067, Baishakh 21 









































































































































































Wednesday, April 27, 2011

स्मृति ताजै छ महेन्द्रनगरको


सूदुरपश्चिममा मेची गाउँ छ । सिन्धुपाल्चोक ओखलढुंगा भोजपुर झापामा जन्मेहुर्केकाहरु छन् । 'अठभैया'का मान्छेहरु छन् । स्थानीय थारुहरु पनि छन् । त्यसैले 'नेपाल राज्य ठ्याम्म' भन्न पनि मिल्ला कि । यो ठ्याम्म भनेको डोट्याली भाषामा 'जम्मै' 'सप्पै' भन्ने बुझिने रहेछ । डोट्याली भाषामा बोल्नेहरुको माझ भाषिक एकताको परिचय रहेछ-सूदुरपश्चिम ठ्याम्म । मेरो पहिलो भेट थियो सूदूरपश्चिमसँग । जब चिलगाडी सुदूरपश्चिममा ओर्लियो एक हुल हेर्न आए । अर्को हुल लिन । हेर्न आउनेहरु थारु यवतीहरु थिए । लिन आउनेहरु एनजिओ/आइएनजीओका गाडीहरु । मत छक्क परेँ । यद्यपि छक्क पर्नुपर्ने त थिएन । तैपनि मैले सोचेको थिएँ स्थानीय धनी व्यापारीहरु प्लेन चढ्छन होला ।

धनगढीबाट अत्तरिया चोक निस्केपछि चौबाटो आयो पूर्व- बर्दिया बाँके उत्तर-डेडेलधुरा डोटी वैतडी दार्चुला जाने ठाउँ र पश्चिम- महेन्द्रनगर । बाटोमा थारु-बस्तीहरु देखिन्थे । माटोले पोतेका । लाग्यो यिनलाई माटोको धेरै माया छ । लपक्क पोतेर सानोघरलाई चिटिक्क पार्न पोख्त । माटो प्रेमीहरु । बाटोमा पन्त थरका नवजोडीहरु मेरो सिट नजिकै थिए । श्रीमती भन्दै थिइन- 'हेर्त थारुका घरहरु' । श्रीमानले भने- 'चिच्चाएर नबोल थारु भन्न हुँदैन' । श्रीमतिले फेरि उत्तर दिइन- 'थारुलाई थारु, बाहुनलाई बाहुन नभनेर के भन्ने त हेपेर पो बोल्नु भएन नि !' मलाई उनको कुरा जायज लाग्यो । महेन्द्रनगर आइपुगेपछि मलाई त्यहाँ कहाँका मान्छेहरु बस्छन् त्यहाँका स्थानिय थारुहरुले के गर्छन काठमाडौबाट काचनपुर कति नजिक तथा टाढा छ भन्ने उत्सुकता जाग्दै गयो । अर्को उत्सुकता थियो त्यसबारे यहाँ लेखेको छैन । २०४९ सालको 'जनमञ्च' म्यागेजिनमा गोपाल गुरागाइँले कंचनपुरबाट एउटा रिर्पोटिङ गरेका थिए । त्यहाँ १५ पटक बेचिएका रिसुवा चौधरीको साँच्चीकैको कथा थियो । त्यो रिर्पोटिङमा १५०० बाट बेचिन सुरु गरेका रिसुवाको मोल १५ पटक बेचिँदा २० हजार सम्म परेको थियो । लेखकका अनुसार उनलाई किन्ने मान्छे गैर थारुहरु थिए । मलाई रिसुवालाई भेट्न मन थियो अहिले उनी के गर्दै होलान् तर समय त्यस्तो थिएन । बरु मैले आफ्नो कामको सिलसिलामा अरु थारु साथीलाई भेटेँ । उनीहरुका रिक्सा चढेर गन्तब्य नपुगुञ्जेल कुरा गरेँ ।

अहिले मुक्त थारु कमैयाहरु ज्यालादारी काम गर्दै छन् । रिक्सा चलाउने अफिसमा काम गर्ने रहेछन् । एफएम रेडियोमा चिया पकाउने होटेलमा खाना पुर् याउने आदि । रिक्सा चलाउनु उनीहरुको दोस्रो रोजाई हो । सकेसम्म किसानी काम गर्न नै रुचाउँछन् । खेती गर्ने समयमा उनीहरु गाउँमा फर्कन्छन् । नेपालगञ्जका एक थारु रिक्सावालले भन्थे- 'हप्तादिन रिक्सा चलाएँ भने अर्को हप्ता घर बस्छु धेरै ताकत लगाउनु पर्दा निकै कमजोर भइन्छ । त्यसैले एकहप्ता घर बसेर आराम गर्नुपर्छ । नखाई-नखाई रिक्सा तान्ने साथीहरु टिभी रोगलागेर मरे पनि' । उनले भने- 'त्यसैले पनि हप्ता दिन विराएर घर जाने गरेको छु' । समुहमा कोठा लिएर थारु युवाहरु धनगडी महेन्द्रनगर नेपालगञ्ज जस्ता सहरमा रिक्सा चलाउने रहेछन् । धनगढीमा एक थारु रिक्सावाललाई सोधेँ- 'दाई सुदूर पश्चिम दैनिकको अफिस देख्नुभएको छ उनले भने-छैन । निर्माण व्यावसायीको अफिस देख्नुभएको छ - छैन । रातो पुल नि - छ । तर नजिकैको अर्को रिक्सावालले भने- निर्माण व्यावसायीको अफिस मैले देख्या छु सूदुर पश्चिम दैनिकको अफिस पनि देख्या छु । कारणवस देख्या छु भन्ने हरिप्रसाद कोइरालाको रिक्सामा चढ्यौँ । हतारमा पुग्नु थियो । कोइराला धनगढीमा झापाबाट आएका रहेछन् । उनी भन्दै थिए झापामा हामी कालेबुङबाट आएको हौँ । मामा पहिलेदेखि धनगढीमा बस्ने भएकाले २०४६ सालतिर उनी पनि यतै आए । उनलाई थारु रिक्सावालसँग प्रतिस्पर्धा गर्न सजिलो हुने रहेछ । उनी भन्दै थिए- थारु रिक्सावालले नयाँ ठाउँको नाम नजान्दा मलाई धेरै ठाउँमा फाइदा पनि भएको छ । पहिला रिक्सा चलाएँ बीचमा स्कूलमा काम गरेँ । फेरि स्कुल छोडेर रिक्सा चलाउन थाले । कतिपय थारु रिक्सावालले ठाउँको नाम थाहा नभएर ग्राहक गुमाउने रहेछन् । धनगढीको हस्पिटललाईन थाहा नभएर कोइरालाले ५ रुप्पे भाडा लाग्ने ठाउँमा ७० रुप्पे कमाएको कथा भन्थे । मलाई यी घटनाहरुले जनमञ्चको रिसुवा चौधरी पात्र यही थिए कि जस्तो लाग्थ्यो । अझैपनि ठगिइरहेका सोझा थारुहरु ।

मलाई दोस्रो जान्न मन लागेको कुरा थियो महेन्द्रनगरमा बाहिर कहाँ कहाँबाट मान्छे बसाईसराई गरेका छन् भन्ने । यो जिज्ञासा महेन्द्रनगर पुगेपछि नै जन्मेको हो । महेन्द्रनगरमा मान्छेहरुलाई सोधेँ -तपाईको घर कहाँ हो उनीहरु मध्ये केहीले आफ्नो पुरानो घर ओखलढुंगा, झापा, भोजपुर आदि ठाउँमा बताउँथे । उनीहरुबाट जिज्ञासा थपियो । डोटी दार्चुला बैतडी भन्नेहरुबाट मलाई जिज्ञासा थपिएन । पूर्वबाट किन आए होलान ! उनीहरु भन्थे- हामीहरु तराईको तल्लो भागमा राखिएका भूपू आर्मीका परिवार हौँ । छब्बिस/सत्ताइस सालतिर पुर्नवास गराइएका परिवार हौ । हामीहरु पहाडमा मनसुन बढी हुँदा बाढीमा परेका परिवार पनि छौँ । हामीहरु भारतमा काम गर्न जाँदा विहावारी गरेर यतै बसाइसराइ गरेका हौँ । हामी पूर्वबाट राजनीति गर्न शिक्षक पेशा अंगालेका पनि छौ । भारत-पाक विभाजन पछि भारतमै बस्न रुचाउने पाकिस्तानी शिखहरुलाई कंचनपुरको तल्लो भारतीय भूभागमा पुर्नबास गराईएको रहेछ । त्यसैले त्यतैबाट बसाईसराई गरेका शिखहरु पनि छौ । त्यसैले हामी ७६ औँ जिल्लाका बासिन्दा हौँ । मैले चितवनका बासिन्दाहरुले पनि आफूलाई ७६ औँ जिल्लाका बासिन्दा भनेको सुन्थे । अहिले कंचनपुरका बासिन्दाले भनेको सुने । कंचनपुरमा हामी 'मिडिया राष्ट्रियता र राष्ट्रबाद' सम्बन्धि मार्टिन चौतारीको कार्यक्रममा गएका थियौँ । हामीसँगै जानुभएका विश्लेषक सिकेलाललाई यो बसाइँसराइँबारे सोधेँ । उहाँका अनुसार पहिला सुदूरपश्चिममा काँग्रेसको राम्रो पकड थियो । काँग्रेस कमजोर भए पंचायत बलियो हुने महेन्द्रको विश्वास थियो । त्यसैले राजा महेन्द्रले पूर्वका कम्युनिष्टहरुलाई काँग्रेसको विरुद्धमा राजनीति गर्न उक्साउन थुप्रै पूर्वेली वस्तीहरुलाई सूदुरपश्चिममा पुर्नवास गराएका हुन् भन्नुभएको थियो । तर स्थानियहरुले यसबारे आफूलाई थाहा नभएको बताए । केहीले अस्वीकार पनि गरे सीकेलालका यस्ता कुरा सुन्नलाई रुचिपूर्ण भएपनि निकै जनरलाईज हुन्छन् ।

महेन्द्रनगर नै पुगेर थपिएको मेरो दोस्रो जिज्ञासा चाहिँ दिल्ली र काठमाडौँ कति टाढा कति नजिक भन्ने हो । कंचनपुरमा त्यहाँको शुक्लाफाँटा दैनिकमा एउटा विज्ञापन थियो । लेखिएको थियो - अब दिल्ली र काठमाडौँ जान पर्दैन सुदूरपश्चिमकै एक मात्र पहिलो डिजिटल क्यामेरा मर्मत केन्द्र खुलेको सबैमा जानकारी गराउँछौँ । भुगोलको सामान्य ज्ञानको ख्याल नराख्दा म छक्क परेँ । काठमाडौँ भन्दा दिल्ली नजिक रे ! अरुलाई सोधेँ- सबैले सहजै उत्तर दिए- हो । कहाँ ७ घण्टाको दिल्ली कहाँको १८ घण्टाको काठमाडौँ ! मेरो सोँचले ग्वाङ खायो । काठमाडौ बसेर कंचनपुरलाई आफ्नो कल्पनाको राष्ट्रियता-इम्याजिन कम्युनिटी भित्र पार्दा कंचनपुरबाट काठमाडौ नै नजिक झैँ लाग्थ्यो । होइन रहेछ । भूगोल र आत्मियताले काठमाडौ नजिक होला तर आर्थिक कोणले त दिल्ली नै नजिक रहेछ । सारदा ब्यारेज घुम्न जाँदा बाटोमा बस चढेका एकजना भन्दै थिए- हामी सीमापारी हस्पीटलमा उपचार गरेर फर्कँदै छौँ । कोही भन्थे दिल्लीबाट आएको । एकहुल मान्छे गड्डा चौकीबाट महेन्द्रनगर आउँदै थिए । उनीहरुको हाउभाउ र कुराकानी सुन्दा मानौ विहान उनीहरु इण्डिया गएका थिए बेलुका महेन्द्रनगर फर्कँदै छन् । सारदा व्यारेज नजिकैको गड्डा चौकीमा पोका पन्तुरा बोकेर नेपाल छिर्दै गरेको लर्को देख्दा लाग्थ्यो दिल्ली निकै नजिक छ । छलफल कार्यक्रममा एकजनाले भने- यहाँको जनजीविका हेर्न बैशाख र साउनमा महेन्द्रनगर आउनुपर्छ । नेपाल फर्कँदै गरेका नेपालीहरुको लामो लर्को देख्न सकिन्छ । मनमनै त मेरो मनमा पनि लाग्या थियो- हाम्रो पहाडमा पनि त्यस्तै हालत छ सँगैपढेका ७० जना साथीमध्ये मुस्किलले २० जना नेपालमा छौँ ।
२०६७ फागुन


Tuesday, April 26, 2011

नेपालमा महिला म्यागेजिनको प्रकाशन अवस्था

-अर्जुन पन्थी

२००८ सालमा कुमारी कामाक्षी र कुमारी साधना प्रधान सम्पादीका भएको र नेपाल महिला संघले प्रकाशित गरेको महिला नामक म्यागेजिन नेपालको पहिलो महिला म्यागेजिन हो । त्यसपछि प्रतिभा २००९ स्वास्नीमान्छे ¬¬२०१५ र चेतना २०१८ सुरुवाती हिसाबले महिला पत्रकारिताको इतिहासमा अग्रणी पत्रिका मान्न सकिन्छ । मार्टिन चौतारीको पुस्तकालयमा रहेका महिलासम्बन्धि म्यागेजिन संकलनको आधारमा महिला २००८ बाट गन्ती शुरु गर्ने हो भने २०६७ साल भदौमा निस्केको महिला चिन्तन पत्रिकासम्म झण्डै ५३ प्रकारका महिला म्यागेजिनहरु प्रकाशन भएका छन् । यतिका धेरै महिला सम्बन्धि म्यागेजिन प्रकाशित भएपनि यो नेपालमा हालसम्म प्रकाशन भएका जम्मा म्यागेजिनको एक प्रतिशत हुन आउँछ । यो चाहिँ मदन पुरस्कार पुस्तकालयमा रहेको पेरियोडिकल्सको आधारमा भनिएको हो । २०६७ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय मदन पुरस्कार पुस्तकालय राष्ट्रिय पुस्तकालय मार्टिन चौतारी पुस्तकालयमा गरेको एक अध्ययनको अनुमान अनुसार २०४७ साल यता प्रकाशित हुने म्यागेजिनको संख्या झण्डै २००० छ । यो अनुमानित तथ्याङ्कलाई आधार मान्ने हो भने महिला सम्बन्धि म्यागेजिन जम्मा म्यागेजिनको २।५ प्रतिशत मात्र प्रकाशित भएको छ ।
महिला २००८ देखि यताका विभिन्न म्यागेजिनलाई कस्ले प्रकाशन गर् यो भन्ने आधारमा छुट्टाउने हो भने ३ प्रकारमा मोटामोटी विभाजन गर्न सकिन्छ । पहिलो महिलासम्बन्धि म्यागेजिन प्रकाशन गर्ने निकाय पार्टी निकटका महिला संघ संगठनहरु हुन् । अहिलेसम्मका ५३ प्रकारका म्यागेजिन निस्केको आधार मान्ने हो भने १९ प्रकारका म्यागेजिन पार्टी निकट महिलाले निकालेका छन् । दोस्रो विभिन्न गैरसरकारी संघसंस्थाहरु छन् । त्यस्ता संघसंस्थाहरुमा अस्मिता प्रकाशन गृह अस्मिता २०४५ अन्तर्राष्ट्रिय महिला शान्ति स्वतन्त्रता संगठन नेपाल शाखा महिला सन्देश २०४९ हिमराइट्स र इन्हुरेड छोरी २०५८ महिला पुर्नस्थापना केन्द्र चेलीको व्यथा २०५४ आदि छन् । तेस्रो तथा सबभन्दा धेरै महिला म्यागेजिन प्रकाशन गर्ने समुह चाहिँ नीजि वा व्यक्तिगत संघसँस्था नै हुन । २०४६ सालको परिवर्तन पछि नीजि संघसंस्थाहरुले निकालेका म्यागेजिनहरुको प्रकाशनक्रम बढेको छ । २०४८ सुश्री शोभा श्रेष्ठले प्रकाशन गरेको नयाँ अभियान २०४९ सालमा रमा िसंह प्रधानसम्पादक भएको ऋचा म्यागेजिन २०४६ सालपछिका सुरुवाती म्यागेजिनहरु हुन् ।
बामपन्थीको लगाव र निरन्तरता महिला म्यागेजिनमा प्रशस्त भेटिन्छ । प्रगति म्यागेजिन पहिलो वामपन्थी महिला म्यागेजिन हो । स्वास्नीमान्छे पनि प्रगतिशिल खेमामा रहेर लेख्ने शशीकला शर्मा र श्यामप्रसाद शर्माको पनि योगदान छ भनिन्छ । यसमा त्यस्तो पार्टी सम्बन्धि व्याख्या विश्लेषण त भेटिँदैन । संघर्षशील महिलाका बारेमा लेखिएका फाट्टफुट्ट रचना बाहेक प्रायः कविता कथा निवन्ध एकाङ्की समाचारहरु छापिएका छन् । यद्यपि म्यागेजिनको प्रत्येक विधाहरुमा महिलाको प्रसङ्गलाई जोड्नु चाहिँ यसको बाध्यता जस्तै छ । समाचारहरुमा पनि यस्तो ढाँचा भेटिन्छ । २०१७ असोजमा बीपी कोइरालाको मन्त्रीमण्डलकी सदस्य द्वारिकादेवी ठकुरानीको नेतृत्वमा ३ जनाको प्रतिनिधि मण्डल रसिया गएको थियो । व्यवस्था परिवर्तन भएपछि चार महिना पूरानो समाचारलाई आइमाईको नेतृत्वमा विदेश भ्रमण भनेर छापिएको थियो । त्यसैगरी ुयो वस्रको प्रवेशिकामा ५०० आइमाईु ुसम्सदीय शिष्टमण्डलमा आइमाईु पनि जस्ता समाचारहरु यसले छाप्ने गरेको छ । यसरी तत्कालिन अवस्थाका म्यागेजिनहरुमा महिलाको प्रसङ्ग जोडिएको पाइन्छ ।
२०४० सालमा प्रकाशित भएका नारीवादी महिलाहरुले निकालेको म्यागेजिनमा नेपाली नारीको सामाजिक अवस्था र उनीहरुलाई जागरण ल्याउने खालका विषयवस्तुहरु प्रकाशित गरेका छन । नारी मुक्ति २०४० म्यागेजिनको पहिलो अङ्कमा सुरुको विषयवस्तु ुरातो तलाऊ भन्ने एउटा इरानेली कथा छ । यो कुर्दिस्तानको स्वतन्त्रताको निम्ति जीवन अर्पण गर्ने महिलाको कथा हो । त्यस्तै ुमाया बाहिर निस्कु ुदिदी तिमी उठु जस्ता कविताहरु छन् । महिला सम्बन्धि राजनीतिक र सैद्धान्तिक प्रश्नको उत्तर दिने कोशिस यी पत्रिकाहरुले गरेका छन् । यस्तो स्तम्भको एउटा प्रश्न नेपाली महिलाको सामाजिक अवस्था किन कमजोर छ भन्ने छ । सम्प्ाादिकाका अनुसार नेपालमा महिलाले चुलो चौको बच्चा हुर्काउने र घाँस दाउराको काम गर्छन । ति कामहरु उत्पादनशील काम होइनन् । उत्पादनशील काम त पुरुषले गर्छन । त्यसैले महिला उनीहरुसँग निर्भर हुन्छन् र उनीहरुको आर्थिक हैसियत कमजोर बनेको हो ।ू महिलालाई सम्पत्ति अधिकार र घर बाहिरका कामहरुमा पहुँच हुन सक्यो भने विवाह जस्ता कुराको निर्णय महिला आफैले गर्न सक्छिन र परिवारमा उनको प्रभावकारी स्थान हुन्छ भन्ने तर्क पत्रिकाकी सम्पादीका मुक्ता श्रेष्ठको छ । यसरी माक्स्रवादी ढाँचाबाट म्यागेजिनले प्रश्नोत्तर गरेका छन् । यो म्यागेजिनमा ुसुमित्रा काँढाुले ुएउटी स्वास्नीमान्छेको अन्तर्वार्ताु कविता लेखेकी छन् । पत्रिकाकी सम्पादक मुक्ता श्रेष्ठका अनुसार उनी पारिजात हुन् । यस कवितामा उनले त्यतिबेला महिलाको सामाजिक अवस्थाको बारेमा उल्लेख गरेकी छन् । उनको दुई पेज लामो कवितामा महिलाको सामाजिक अवस्थाको बारेमा थुप्रै विषय भेटिन्छ ः
ज्यू
काम गरेको मात्र थाहा छ
दुःख पाएको मात्र थाहा छ
फाटेको चोलो र जडौरी गुन्यू
लगाएको मात्र थाहा छ
जोवन सोध्नुभएको
त्यो त हजुर आएको गएकै थाहा छैन काँढा २०४० ः १५ ।
यो त कविताको पहिलो अंश हो । अरु अंशमा काँढाले त्यतिबेलाको समाजमा महिलाले लोग्नेलाई जग्गेमा मात्र देख्ने विहेपछि महिलाले पुरुषको गोडाको पखालेको पानी खानुपर्ने महिला आफ्नो पुरुषसाथी सित सिधा आँखा जुधाएर हेर्नु नहुने जस्ता संकेत नेपाली समाजमा भएको कुरा उल्लेख गरेकी छन् । आफ्नो माइती वालककालमा देखेको सपना जस्तै लाग्ने आफ्नो जोवन मुखियाको बारीमा हुर्केको फुलमा हेर्नुपर्ने जस्ता शब्दहरुद्वारा कविता संरचित गरिएको छ । यो कवितालाई त्यतिबेला नेकपा चौमका नेता श्याम श्रेष्ठले पारिजातसँगबाट मागेर नारी मुक्तिमा छाप्न लगाएका थिए । उनका अनुसार त्यतिबेला नारीमुक्ति महिला आन्दोलनको उपज थियो । नेकपा माले र नेकपा चौमका महिलाहरुको सकि्रयतामा नारीमुक्ति निस्किएको थियो ।
२०४६ सालपछिको समयमा नारी आन्दोलनलाई निरन्तर रुपमा कुनै पार्टीको तर्फबाट नभई पत्रिकाको मार्फत झकझकाउने काम चाहिँ अस्मिताले गरेको छ । सुसन मास्के र अाजु क्षेत्रीले अस्मिता २०४५ सालमा सुरुवात गरेका थिए । सुरुमा यसले ुविचारशिल महिलाहरुको विशिष्ट पत्रिकाु भनेर आवरण पेजमा लेखेको थियो । यसले विचारशील महिलाको मात्र पत्रिका भन्ने अर्थ दिन पुग्यो । पाठकले यसलाई विचारसुन्य वा विचारोन्मुख महिलाहरुको बारेमा तपाइँको पत्रिकाले के सोँचेको छ भनेर प्रश्न गरेपछि अस्मिताले अङ्क ७ देखि नै ुनेपाली महिलाहरुको सम्पूर्ण पत्रिकाु भनेर अथ्र्याउन थाल्यो । यसरी अस्मिताले सुरु देखि नै आफू कस्तो पत्रिका हुने भन्ने अभ्यास गर्दै आएको देखिन्छ । विषयवस्तुका आधारमा अस्मिताको परिचय नेपाली पत्रकारिता जगतमा आलोचनात्मक महिलावादी पत्रिकाको रुपमा रहेको छ । तर सुरुका अङ्कहरुमा अस्मिता त्यस्तो देखिँदैन । सुरुका अङ्कहरुलाई अस्मिताले नारीवर्गबारे रुढीवादी स्वरुपलाई तोड्न सजिलै सकेको छैन । सुरुका अङ्कका केही विषयवस्तुलाई हेर्दा त्यो देखिन्छ । अस्मिताको पहिलो अङ्कमा गृहसज्जा गृहणीसित एकछिन खाना÷चमेना सौन्दर्य सम्बन्धी जानकारी सिलाई बुनाई सम्बन्धी स्तम्भ आदि समावेश गरेको छ । मिना आचार्यले अस्मिताको पहिलो अङ्कमा शुभकामना दिँदै लेखेकी छन् यस्ता स्तम्भले चाहिँ नारीवर्गबारे रुढीवादी स्वरुपलाई तोड्न खोज्नुको सट्टा झन त्यसलाई बलियो पार्छू । अस्मिताको पहिलो अङ्कको ुघरेलु उपचारु भन्ने स्तम्भमा लेखिएको छ ूतपाईको श्रीमान बढी पिएर आउनु भो र टाउको दुखाईले पिडित हुन लाग्नु भयो भने रक्सीको धेरै सेवनबाट टाउको दुखेको अवस्थामा तातो दुधमा २ चम्चा मह मिलाएर खान दिएमा तुरुन्त साचो हुन्छू । समयक्रममा अस्मिता बदलिएको छ । अस्मिताको २५औँ अङ्कबाट त नेपालका साचार माध्यमहरुको नारीवादी दृष्टिकोणबाट नियमितरुपमा अध्ययन गर्ने र त्यसलाई नियमित स्तम्भ ुसाचार निगरानीु अन्तर्गत राख्ने गरिएको छ । यस्तो निगरानीमा विभिन्न दैनिक साप्ताहिक मासिक पत्रिकाहरु र त्यसमा लेख्ने लेखकहरुलाई पनि राखिएको छ । जस्तो एकजना प्रसिद्ध स्तम्भकार खगेन्द्र संग्रौला एमाले नेता रघु पन्त आदि यस्तो निगरानीमा परेका छन् । लेखिका माजु थापाका अनुसार राप्रपाको ुअवसरवादीु चरित्रलाई उदाङ्गो बनाउन संग्रौलाले रण्डी रखौटी बुढेशकालकी कान्छी जस्ता शब्द प्रयोग गरेका छन यसले उनमा उन्नत संस्कारको अभाव देखिएको छ थापा २०५७ ः ६६ । यसरी २०४५ सालमा रक्सीसेवन गरेर आउने श्रीमानलाई ओखतीमूलोको बाटो बताइदिने अस्मिता २०५० सालपछि अधिकारवादी पत्रिका भएर निस्किएको छ । त्यसैले पनि आलोचनात्मक पत्रिकाको दर्जा पाएको हो ।
महिला प्रतिभा र स्वास्नीमान्छेले पाचायत पूर्वको महिला म्यागेजिनको अवस्थाको अध्ययन गर्न सकिन्छ । पाचायतकालमा निस्केका चेतना महिला बोल्छिन २०२८ यद्यपि यसको चर्चा यहाँ छैन नारी मुक्ति महिला मुक्ति जस्ता म्यागेजिनका विषयवस्तुले पाचायतकालमा महिला म्यागेजिनको स्थिति र यसले पस्कन खोजेका विषयवस्तुको अध्ययन गर्न सकिन्छ । पाचायत पछिका निस्केका महिला म्यागेजिनलाई नारी आन्दोलनलाई समेटिएको अस्मिता र व्यावसायिक प्रतिनिधित्व गर्ने नारी जस्ता म्यागेजिनको अध्ययन दुई खण्डमा गर्न सकिन्छ ।

जनआन्दोलन डायरी


परिक्षा नजिकै थियो । कोठामा बसेर समाजशास्त्रको किताव हेरीरहेको थिए बाहिर चित्कारहरु सिठीहरु गुाजीए एक्कासी उठेर बाहिरीए । कीर्तिपुरको नयाँबजार र तीनकुने क्षेत्रमा ढुंगा र अश्रुग्यास फालाफाल । जनआन्दोलनको पहिलो दिन थियो । के कम हुने भनेर दुई चार वटा फुटेका ईट्टा बोकेर अघिल्लो पंक्तिसम्म पुगें । हावाले पनि आन्दोलनकारीलाई सहयोग गरिरहेको थियो । अश्रु ग्याँसको धुँवा प्रहरीतिर नै फर्किन्थ्यो । पुलिसहरुको करीव चालिस पचासवटा सेलले हामीलाई केही असर गरेन । नयाँवजार क्षेत्र पुरै हाम्रो कव्जामा थियो । अश्रुग्यासका सेलहरु सिद्धिएपछि पुलिस कीर्तिपुरबाट बल्खुतिर कुलेलम ठोक्यो । स्वतःस्फुर्त जुलुस लिएर हामी नयाँवजार पाँगा नगाउँ बाघभैरव परिक्रमा गर् यौं । आक्रामक साथीहरुले कीर्तिपुरको नगरपालिकाको भवन तोडफोड गरे । बाघभैरव पुग्दा "गाउँ-गाउँबाट उठ चोक-चोकबाट उठ" भन्दै छतबाट हेरिरहेका स्थानियबासी र विद्यार्थीहरुलाई उक्साइरहेका थियौँ । केही समुहले त "हातमा बन्दुक हुनेहरु बन्दुक लिएर उठ" भनेपछि "यी त माओबादी रैछन क्या हो" भन्दै हामी उनीहरुलाई हेर्दै नारा लगाइरहेका थियौ । त्यो समयमा माओबादी भुमिगत थियो । यो जुलुसलाई कांग्रेसका बलबहादुर राईले नयाँबजार चौकमा सम्बोधन गरिसकेपछि तितरबितर भयो ।

दोस्रो दिनको आन्दोलनमा अल्लि ढिला गएँ । साथीहरु त पुलीसका अश्रुग्याँसलाई होडिङ्गबोर्डले छेक्दै नयाँबजारबाट टि।यु। गेटसम्म लखेट्नुलखेटेछन् । भि।सी। कार्यालय तोडफोड भएछ । त्यहाँ रहेको कुन्नी कसको सालिक हो ढलाइदिएछन् । जुलुसमा एउटा हल्ला आयो "पुलीसको भ्यानले टियुको कर्मचारीलाई किच्दै दौड्यो रे" । तर पछि त्यो त जुलुसलाई अझ उत्तेजित पार्नलाई त्यसो भनिएको रहेछ । तर गुल्मीका ध्रुव घिमिरेलाई भने हातमा रवरको गोली लागेको भने रहेछ । पछि थाहा भयो । फेरि कान्तीछात्राबास अघि पुलिसका डिएसपी शरद चन्दको ढाडमा साथीहरु चढेर विजय उत्सव मनाए । विचरा डिएसपी चन्द रक्ताम्य हुँदै ढलीरहेका थिए । आक्रोशित साथीले तहले गोदेपछि उनी उठ्न नसक्ने भएका थिए । अर्को एकजना साथीले ुभयो धेरै नकुटौँु भन्दै के गएका थिए लखेट्दै आएका पुलिसले उसै विचरालाई मरुाजेल कुट्यो । साथीलाई कुटेपछि जुलुस फेरि आक्रोसित भयो । चन्दलाई कुटेर फर्केपछि साँझपख साथीहरुले दुइ जनालाई नयाँबजार चोकमा सिआईडी भन्दै रामधुलाई गरे । तत्कालिन सत्तापक्षका गुप्तचरहरुलाई सिआइडी भनिन्थ्यो । कपडा च्यातेर नाङ्गै घुमाए । बिचरा सिआइडि थिए कि थिएनन् थाहा भएन । तर गोदाई चाहीँ राम्रै खाए । अर्को एकजनालाई फेरि सिआडी भन्दै कीर्तिपुरको फाँटैफाँट भ्याकुर लखेटे झै लखेटे । सिआइडी नै रहेछ नत्र किन भाग्थ्यो र । यताबाट त उ पनि खुव दौड्यो तर भाजङ्गगलबाट झरेको जुलुसले समातेर भकुर्नु भकुरेछन् । पछि विचरालाई स्टेचरमा बोकेर ुरामनाम सत्य होु भन्दै बजार घुमाइरहेका थिए । तर केही उग्र समुह उसलाई फेरि पिट्न चाहन्थे तर अर्को समुहले त्यो रोक्यो । पछि र उसलाई रेडक्रस र स्वास्थ्यकर्मीलाई बुझाइदिइयो । साँझ एक्कासी गरर्र परेको पानीले सवैलाई तितरवितर गर् यो सवै घरतिर लागे ।

जनआन्दोलनको कुनै दिन विहान एघार बजे देखि बेलुका छ बजेसम्म कफ्र्यु थियो । कफ्र्यु तोड्दै चोकमा भद्र अवज्ञा गर्ने क्रममा स्थानिय महिलाले डालाभरी च्युरा र सिन्कीको अचार ल्याइदिए । कफ्र्युको कारणले पसलहरुमा अन्न थिएन । भएको पनि सोस्रपोस्र लगाएर माग्नुपथ्र्यो । त्यसैले आन्दोलनमा च्युरा र सिन्की पानी कीर्तिपुरका स्थानिय महिलाहरुले बाँडिरहेका थिए । भद्र अवज्ञामा अग्रपंक्तिमा बसेका व्यक्तिहरु कृष्ण खनाल सर र अन्य विद्यार्थी तथा स्थानिय नेता थिए । सेना दश मिटरको दुरीमा थियो गनहरु तेसर्ीएका थिए । जुलुसको ठुलो पंक्ति पछाडि उकालोमा तसर्ीत रुपमा नारा लगाइरहेको थियो । आर्मीले फायर ओपन गरेमा अघि बसेको पंक्ति शिकार हुन्थ्यो तर त्यस्तो भएन । सेनाले केही नगर्नेजस्तो देखिएपछि त कीर्तिपुरको उकालोमा नारा लगाइरहेकाहरु पनि तल झरे जुलुस झन ठूलो र आक्रोशित भयो । मणी काफ्ले र साथीहरु कविता गजल भनिरहेका थिए । अगाडि उभिएका पुलिसहरु हाँस्नुपर्दा जुलुसले नदेखिने गरि हाँस्थे । देखिनेगरि हाँस्यो भने जुलुसलाई समर्थन गरे झैँ हुन्थ्यो । हाकीमले हकाथ्र्यो होला । मानौ विचरा जवानहरुलाई नहास्न भनिएको थियो होला । यसरी कफ्र्यु तोडिरहेको बेला सात दलका नेता र आर्मी पुलिसको सम्झौतामा जुलुसलाई कीर्तिपुर परिक्रमा गराइयो । सहभागीहरु त्यसरी ठाउँ छोडेकोमा नेताहरुसँग आक्रोशित थिए । "पुलिस जवरजस्ती अघि बढ्छौ भनेपछि हामी जुलुस लिएर अघि बढेका हौ" जुलुसमा सहभागी एक स्थानिय नेताले भने । साँझपख भइसकेको थियो । कीर्तिपुर माथिको पुरानु बजारमा नारा लगाइरहेको जुलुसले तल नयाँबजारमा थुपुक्क बसेको पुलिसमाथि एक्कासी ढुंगा मुढा गर्न थाल्यो । लौ पुलिस त कालो अिरंगाल आए झै आयो । यो साँझमा त अव केही नगरेपनि हुन्थ्यो भनेको साथीहरुले के छोड्थे छोडेनन् । पुलिस पनि अश्रुग्याँस छोड्दै आयो । जुलुस तितरवितर हुँदा म पनि एक समुहसँग दौड्दै थिएँ । सँगै आएका चिनेका साथी कहाँ गए कहाँ नचिनेका साथीसँग डराएको विरालो झैँ लुक्ने ठाउँ खोज्दै हिडेका थियौँ । माथिबाट स्थानिय महिलाले भनिन् "ओ दाइहरु उताबाट पुलिस आइरहेको छ त्यता नजानुस" भनेपछि उनकै घरभित्र पस्यौं । पुलिसले हामी लुकेको त्यही घरमा घरभेटीलाई "ढोका खोल्नुस नत्र फोड्छौ" भनेपछि हाम्रो सातोपुत्लो उड्यो । त्यसपछि त त्यो घरको पछाडिबाट खुट्टोमुन्टो गर्दै कुलेलम ठोक्यौँ । निकै दौडेर अर्को घरको कोठामा पुगेर एक घण्टाबसेपछि म नचिनेका साथीलाई छोडेर आफ्नो डेरातिर लुरुलुरु लागें । मेरो डेराको अगाडी सेनाको थुप्रो बसेको रहेछ । डेरामा जान सकिन । छिमेकी खनालसरको डेराभित्र पसें । खनाल सरले मकै र अदुवा राखेको कालो चिया खुवाउनु भयो । जनआन्दोलनमा गएको भनेर होला । भोको पेटलाई सेवा गरेकोमा मनमनै धन्यवाद पनि दिएँ । झमक्कै साँझ परेपछि आर्मी यताउती गरिरहेको थियो म लुरुक्क कोठाभित्र छिरें ।

उन्नाइस दिन मध्ये एक दिनको कुरा हो । कीर्तिपुरबाट हज्जारौँको संख्यामा मान्छेहरु कलंकीतिर गए । सधै कीर्तिपुरमा नाचगान गरेर मात्र कति बस्ने गोँगवु कलंकीमा आन्दोलनकारीहरु मरिरहेका छन् । "कीर्तिपुरको भद्र अवज्ञाले मात्र लोकतन्त्र आउँदैन" भन्दै सबै आन्दोलनकारीलाई कलंकी जान हिजै अनुरोध गरिएको थियो । अन्यत्रबाट पनि हज्जारौँ मान्छेहरु आइरहेका थिए । रिङ्गरोडमा कफ्र्यु पनि चलिरहेको थियो । एउटा युवा आफ्नो रातो टिसर्ट फुकालेर कफ्र्युलागेको रिङ्गरोडमा एक्लै राष्ट्रिय झण्डा लिएर दौड्यो । अब उसलाई गोली हान्ने भयो भनेर महिलाहरु "लौ न नि लौ न नि" भनेर चिच्चाइरहेका थिए । मलाई पनि एक्लै के लडेको भागे पनि हुन्थ्यो नि भन्ने लागेको थियो । पन्ध्र वीसजना पुलिसले उसलाई लखेटे । पछि एउटा ढिस्कोमा चढेर एक्लै पुलिसलाई ढुंगाले हानीरहेको थियो । यति ढुंगाहरु वर्षायो । पुलिसहरु अघि बढ्न सकेका थिएनन् । महिलाहरु "भाग न साथी भाग-एक्लै नलड" भनिरहेका थिए । तर ऊ लगातार ढुंगा खोज्दै बर्षाउँदै थियो । एकजना पुलिस अल्लि अगाडि बढ्यो । हेर्दाहेर्दै साथी त जुरेली चरी झैँ झर् यो । गोली लागेछ । पछि घटनास्थलमा गएर हेर्दा ऊ थिएन । उसको रगतको आहाल थियो उसले लगाएको चप्पल पनि थियो । त्यसदिन कलंकीमा घटनास्थलमा नै ३ जना सहिद भएका थिए ।

२०६७ बैशाख १० को अन्नपूर्ण पोष्टमा