संभवभएसम्म छुट्टीका दिनहरुमा भूपी बस्तीहरुमा जाने योजना बनाएको छु । जेठ ९ गते क्षतिग्रस्त लुभुका बस्तीमा गएँ । लुभुसँग मेरो भावनात्मक सम्बन्ध पनि छ । १४ वर्ष अघि त्यहाँको भ्याली पब्लिक स्कूल पढाउँदा बसेको थिएँ । गाडीबाट अोर्लेपछि सरासर स्कूल तिर गएँ । स्कूलको एउटा फोटो खिचेपछि फर्किँए -भूपी बस्तिहरुमा । टेन्टभित्रै बसेर उहाँहरुका कुराहरु सुनेँ । उनीहरुले जे छ खाएर जानुस् भन्थे । लुभुमा केही कारखानाहरु पनि छन् । त्यसैले काठमाडौँ वरिपरीका जिल्लाबाट कामदारहरु आएका छन् । यहाँ कपडा कारखानाहरु छन् । भूकम्पबाट पीडित भएका कोठामा बस्ने कामदारहरु लुभुको पुरानो बस्ती पछाडिको खेतमा एकैठाउँ बसेका छन् भने लुभुका स्थानियहरु भत्केका घर वरिपरीका खुल्ला ठाउँहरुमा रहेका छन् । अन्यत्र जस्तै यहाँ पनि राहत वितरणमा एकरुपता छैन । ४/५ ओटा समुहले विभिन्न ठाउँमा छरिएका भूपी बस्तीहरुलाई सहयोग गरिरहेका छन् । जस्तै चर्च, गाविस, बुद्धिजीवी, रेडक्रस, वित्तिय सँस्था आदि । विभिन्न ठाउँमा छरिएर रहेका पीडितहरुमध्ये भाडामा बसेका पीडितहरुको अवस्था झन दयनिय छ । उनीहरु रामेछाप, काभ्रे आदि ठाउँबाट आएका छन् । त्यहाँका घरहरु पनि भूकम्पले तहस नहस पारेको छ । अर्कोतर्फ राहत पनि व्यवस्थित किसिमले नबाँड्दा उनीहरुको जनजीवन अझ दयनिय छ ।
अस्थायी सौचघर |
![]() | ||
यी ट्रिपरले पनि घरको सहारा दिएका छन् ।
|
![]() |
वालमैत्री घरमा ब्यानर बाहेक केही देखिएन |
![]() |
के हुरी थेग्ला ? |
![]() |
देखिएका घरमा बस्न सकिएन खेतमा बसेका छौँ |
![]() |
आफ्नो भन्दा यी लालाबालाको चिन्ता लाग्छ । टिभी हेर्दै पालभित्रका मान्छे । |
![]() |
घरमा डर लाग्छ चोक चौतारमा काम गर्दै किसान |
![]() |
खेत नबेचिएकाले आश्रय पाइएको छ |
![]() |
काम गर्दै किसान । कपडा कारखानामा काम गर्ने कामदारहरु किसानको बारीमा ज्यालादारी पनि गरिरहेका छन् । |
![]() |
लुभुबाट फर्कँदै गर्दा देखिएको घर । भुइँचालो कस्तो गयो कुन्नी तल्लो तला काम नलाग्ने गरि भत्किएको छ |
![]() |
जेठ ९ गतेको हावाहुन्डरी अत्यास लाग्दो देखियो लुभुको आकाश |
![]() |
भुकम्पले भत्काएको धुलोले ठम्म बसेका पहाडहरु ढाके |
लुभुको बस्तीहरुबाट फर्कँदै थिएँ । गाडि निकै पातलो चलिरहेका थिए । चौतारोमा लगनखेल जाने गाडि कुरेर बसिरहेको बेला एक्कासी धुलैधुलो बोकेर हुन्डरी आयो । निकै अत्यास लाग्यो । चारैतिर धुलैधुलो बाहेक केही देखिँदैनथ्यो । चौतारो नजिकै सानो मन्दिर थियो त्यसभित्र बसेँ । रामराम त भनिन तर निकै अत्यास लाग्यो । धुलो रोकिएन । पाल भित्रका मान्छेहरु चिच्चाइरहेका सुनिन्थ्यो । घरमा बसेकाहरु अत्यास मानेर बसेका थिए । झन्न लगनखेल जाने गाडि आयो । भित्र कोचिएँ । गाडिभित्र यात्रुहरु डरले 'दाई अलि खुला ठाउँमा गाडि रोक्नुस् न' भनिरहेका थिए । भूकम्पको डर पनि थियो । ड्राइभरले मानिरहेको थिएन । धुलोको भोँरीले झ्वाप्प अगाडिको बाटो छोपेपछि बल्ल डरायो र गाडि रोकियो । वरिपरी कुहिरीमन्डल भएको थियो । नजिकै बसेका केटाहरु जोक्स गरिरहेका थिए । "२०७२ सालले त गज्जब वेलकम गर्यो यार" । अर्कोले भन्दै थियो "अब त बाग्मतिमा बाढी आउँछ होला" । पछाडिको सिटमा बसेका मान्छेले "हे आपत" भनेको सुनेँ । महिलाहरु अत्यासले चिच्चाउँदै थिए । "कोही नडराउनुस् भुकम्पको धुलो हुरीले उडाउँदा यस्तो भएको हो" भनेर एकजना पुरुष सम्झाउँदै थिए । वास्तवमा भुकम्पले अत्यासिलो बनाइरहेको जनजीवनमा हुरी हुन्डरीले झन अत्यायो । पालबासीलाई बेहाल बनायो । बाटोमा हेर्दै आउँदा पाल र मान्छेहरु देखिँदैनथे बाँसका भाटाहरुमात्र थिए । श्री स्वस्थानीकी चन्द्रावतिको जस्तो हालत बनाइदियो भुकम्प र हुन्डरीले । घर चर्किएर भत्किएर पालमा बसेकाहरुलाई हुन्डरी र पानीले विजोग बनाइदियो ।
No comments:
Post a Comment