२०७२ वैशाख १२ गते महाभुकम्पको महाविपद भोग्ने १४ जिल्ला मध्ये भक्तपुर पनि एक थियो । पुराना घरका संरचना, साँगुरो गल्ली भएको भक्तपुरमा भूकम्पको कल्पना पनि कहालीलाग्दो हुनसक्थ्यो । तर त्यस्तो भयो ।
विपद व्यवस्थापन तथा संभारको सामाजिक मूल्यांकनका स्वयंसेवकसँग २०७२ वैशाख २४ मा म पनि भक्तपुर गएको थिएँ । टाढैबाट हेर्दा पनि देखिन्थ्यो "भत्किएको भक्तपुर" । नजिकै जाँदा लाग्यो "भयावह भक्तपुर" । घर खोस्रँदै गरेका मान्छेसँग कुरा गर्न समय थिएन । सबैले सबैलाई हेरिरहन्थे, केही बोल्दैनथे । त्यसैले मसँग पनि शब्द छैनन् ।
केही भेटिन्छ कि ?
सबै ढले एक्लै घाइते भएर उभिएको छु
कता भागे होलान् ति मान्छेहरु
भन्नुस् त बैनी कहाँ बसौँ ? आफ्नै घरमा आउँदा डर लाग्छ ।
"यसपाली त मनै फाट्यो केल्ले सिउने केल्ले टाल्ने हो"
कस्तो विपद न खाना न पानी
खाटमुनी छिरेपनि मेरी आमा बाँच्नुभएन सँगै भएकी मलाई टुहुरी पारेर जानुभयो
धन्यवाद छिमेकी, हामीलाई पर्दा सहयोग गर्यौ
जस्को पनि आयु हुँदो रहेछ । भीमकाय प्राणीले नि जोगाउन सकेनन्
उमेर नपुगी मरिँदो रहेनछ : केहीले छोडी गए पनि पाँचतले एक्लै बाँचीरहेछु
धन्यवाद् ।
No comments:
Post a Comment